पत्रकार राना माथिको आक्रमण प्रति महासंघ र अन्य पत्रकार संगठनद्धारा भर्सना

  • पुस २२, २०८०

बागलुङ -  नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि शनिबार राती प्रहरीले गरेको आक्रमण  माथि  महासंघ बागलुङ शाखा सहित जिल्लामा क्रियाशिल अन्य पत्रकार सम्बद्ध  संगठनहरुले भर्त्सना गरेको छ । सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट राना घाइते भएका थिए ।  रानाको हात र शरीरका विभिन्न अंगमा निलडाम बसेका छन् ।

प्रहरीले महोत्सवमा सहभागी भएर फर्किदै गरेका नागरिकमाथि निमर्म कुटपिट गरि रहेको र पत्रकार रानाले त्यसको तस्बिर र भिडियो खिच्दा उल्टै मोबाइल खोसेर उनलाई लाठी प्रहार गरेको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति,  जिल्ला शाखा बागलुङ, नेपाल प्रेस युनियन बागलुङ र प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार संघले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् ।

No description available.

महासंघ र संगठनहरुले रानामाथि ज्यादती गर्ने प्रहरीमाथि कारबाही र उहाँको निःशुल्क उपचार गर्न माग गरेका छन् । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै लेखिएको देशमा यस्तो घटना हुनु निन्दनीय बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संगठनहरुले आग्रहसमेत गरेको छ । प्रहरीले रानासहित अन्य कयौँ नागरिकलाई निर्मम कुटपिट गरेको थियो ।

No description available.No description available.

No description available.No description available.

प्रतिक्रिया