छोरीको न्यायका लागि रुकुम देखी बागलुङ सम्म

  • कार्तिक १४, २०७८

बागलुङ- आईतबार विहानै देखी जिल्ला प्रहरी कार्यालय बागलुङ परिसरमा ठुलो  भिड थियो । भिडमा अधिकाशं महिलाहरु थिए । तिनै महिलाहरुको विचमा थिईन धनकुमारी कठायत आँखा भरी आसु झार्दै आफ्नी छोरीलाई न्याय दिलाईदिन उनि आग्रह गरेकी थिईन । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ घर भएकी धनकुमारी आफ्नै छोरीको न्याएको लागि आफन्त सहित बागलुङ आएकी थिईन । धनकुमारीको छोरी जिरामायाको रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का २३ वर्षीय दिनेश बाबु रोका सँग विवाह भएको थियो ।  जिरामायाँ आफ्ना श्रीमान सँग बागलुङको गलकोटमा बस्दै आएकी थिईन । श्रीमान गलकोट नगरपालिकामा अमिन पदमा कार्यरत थिए सरकारी जागिरे थिए । जिरामायाँले पनि लोकसेवाको तयारी गरेकी थिइन । दुबै जना गल्कोट नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । अपसोच गत असोज १९ गते  जिरामायाँ भने आफै बस्ने घरको छतमा झुण्डीएको अवस्थामा फेला परिन । गल्कोट नगरपालिकामा अमिन पदमा कार्यरत थिए । केहि समय देखि  प्रेम सम्बन्धमा रहेका कठायत र रोकाले गत माघ महिनादेखि वैवाहित सम्बन्धमा थिए । उनीहरुले भागी विवाह गरेका थिए । बिवाह पहिले बेला बखतमा रोकाले सासु आमालाई सम्पर्क गर्थे । तर, विबाह पछि भने रोकाले ससुरालीमा सम्पर्क नगरेको र ससुरालीबाट सम्पर्क गर्दा पनि खासै चासो दिएर नबोल्ने गरेको कठायतकी आमा धनकुमारी कठायतले जानकारी दिईन । ‘विवाह अगाडी प्रेम सम्बन्धमा रहेको समयमा ज्वाँईले बेलामा बेलामा सम्पर्क गर्थे, तर उनीहरु भागेपछि हामीसंग खासै सम्पर्क भएन । हामीलाई फोन पनि गर्नुभएन, हामी फोन गर्दा पनि खासै चाँसो दिएर बोल्नु हुदैनथ्यो ।’ मृतककी आमा कठायतले भनिन् ‘मैले थाहा पाए अनुसार ज्वाँईले सधैँ सात लाख रुपैँया दाईजो दिनु पर्छ भन्दै मानसिक तथा शारिरिक यातना दिने गरेका थिए । त्यतीमात्र नभई, बिभिन्न सानासाना कुरामा पनि तनाब दिएको भन्दै छोरीले रुदै फोन गर्थि ।’  दुबै जना गल्कोट नगरपालिका वडा नम्बर ६ स्थित नरबहादुर बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । 
आत्महत्या भनिएको भएपनि मृतक रोकाको शव भुईमै रहेको मृतकका दाई ज्ञाम बहादुर कठायतले बताए । उनले भने ‘आत्महत्या भनिएको छ, आत्महत्यानै हो भन्ने सबुत चित्तबुझ्दो छैनन ।’
रोकाले छोरी कठायतलाई कर्तव्य गरि मारेको मृतक परिवारले आरोप लगाएका छन् । मृतक कठायतलाई आरोपित रोकाले बिभिन्न समयमा यातना दिने गरेको परिवारको भनाई छ । यस्तै, मृतकका परिवार न्याय माग्दै रुकुमबाट बागलुङ आएका छन् । सत्यतथ्य छानविन गरि दोषीलाई कडा कारबाही गर्न अनुरोध गर्नका साथै हाल सम्म जिल्ला प्रहरी कार्यालय बागलुङले कसरी अनुसन्धान गरिरहेको छ भन्ने बुझ्नको लागी रुकुमबाट बागलुङ आएको पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । पत्रकार महासंघको टोली सहित जिल्ला समन्वय समितीका उपप्रमुख, त्रिवेणी गाउँपालिकाका उपप्रमुख, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र पीडित परिवार संगै बागलुङ आएका छन् । 
यही असोज २२ गते मृतकका दाई प्रज्वल कठायतले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्र्धा दर्ता गराईसकेको छन् । आरोपित दिनेशलाई असोज २१ गतेनै प्रहरीले नियन्त्रणमा लिईसकेको थियो । 
यता जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बिजय भण्डारीले अनुसन्धान माथी शंका नगर्न आग्रह गरेका छन् । निरीक्षक भण्डारी भन्छन् ‘ जिल्ला फरक परेपछि प्रहरीले खासै चाँसो दिएर काम गर्दैन की भन्ने शंका लाग्नु स्वाभाविक हो, तर, प्रहरीले कहिल्यै पनि पीडित वा आरोपित अन्य जिल्लाको भनेर पक्षपात गर्दैन ।’ घटनास्थलको मुचुल्का संकलन देखी मृतकको शव उठाउने कार्य माईती पक्षकै रोहवरमा गरिएको भण्डारीले बताए । ‘सबै कार्य प्रहरीले पीडित परिवारको रोहवरमा गरेको छ । प्रकृयागत कार्य प्रमाण जुटाउने देखि वयान लिने कार्य सम्पन्न भैसकेको छ । अब अदालतमा प्रणाम अनुसारको फैसला आउछ,’ भण्डारीले भने ।

प्रतिक्रिया