बागलुङ- प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले स्थापना गरेर हरेक वर्ष वितरण गर्दै आएको ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट बागलुङका तीन पत्रकार पुरस्कृत भएका छन् । बागलुङ शाखाको छैठौँ अधिवेशनका अवसरमा पत्रकार रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल ‘चन्द्र’लाई नगद रु १० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।
कोरोनाका कारण विगत ३ वर्ष देखी रोकिएका पुरस्कार यस पटक एकै साथ प्रदान गरिएको प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमाकान्त शर्माले जानकारी दिए । पुरस्कार नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकार त्रयलाई संयुक्त रुपमा नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन ।
पुरस्कत पत्रकार शर्मा प्रेस चौतारीको केन्द्रीय सचिव, बोहोरा र पौडेल केन्द्रीय सदस्य हुन । तीनै जना बागलुङको पत्रकारितामा लामो अनुभव सँगालेका छन् । बोहोरा अहिले ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रहेका छन ।
पौडेल गोरखापत्र संस्थान, गण्डकी प्रदेश कार्यालयको निवर्तमान संयोजक भएर काम गरेका थिए । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भई सकेका छन । २०७२ सालको भुकम्प पश्चाता गोरखा भूकम्प बनेको ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्रको व्यावसायिक प्रदर्शन गरेर पुरस्कारको अक्षयकोष खडा गरिएको थियो । चौतारीले हरेक वर्ष जिल्लामा क्रियाशिल चौतारीमा आवद्ध पत्रकारहरुलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।