बागलुङ- दृष्टिविहीन अमिट केसीले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन । यस अघि दुई पटक सम्म सगरमाथा चढ्ने प्रयास गर्दा पनि विभिन्न कारणले असफल भएका केसी यस पटक भने आरोहण गर्ने अठोट लिएका छन । केसीले आईतबार बागलुङमा पत्रकार सम्मेलन गरि यस पटकको प्रयासमा आफु शिखरमा पुग्न सफल हुने दाबी गरे । बाग्लुङको जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले अघिल्लो दिनमा सपल हुन नसकेको बताए । उनले यस पटको अभियानलाई सहयोग गरिदिनका निम्ती सवैलाई सहयोग गर्न अपिल गरेका छन ।
केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएका थिए । केसीले विश्वकै दोस्रो दोस्रो दृष्टिविहिन आरोही बन्ने अठोटका साथ आफुले सगरमाथ आरोहण गर्ने लागेको बताए । उनले आरोहण गरे सँगै गिनिज बुकमा पनि नाम लेखाउने बताएका छन । आँट भए सम्भव छ भन्ने सोचलाई स्थापित गर्नका निम्ती पनि आफुले सगरमाथा चढन खोजेको बताए । उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।