बागलुङ- जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरुको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा जान बाध्य भयो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीककृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मध्यरातमा गठबन्धनको टुंगो लगाएर निर्वाचनमा गए पनि बागलुङमा पाँच दलीय गठबन्धनले राम्रो नतिजा निकालेको छ ।
बागलुङमा रहेको १० पालिकामध्ये ९ पालिकामा गठबन्धन आवद्ध दलका उम्मेदवारले प्रमुख पद जितेका छन् भने १० वटै पालिकामा उपप्रमुख पद जितेका छन् । बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको विद्रोही समुहलाई साथमा लिएर निर्वाचनमा गएको नेकपा एमालेले ढोरपाटन नगरपालिकामा मात्रै नगर प्रमुख जितेको छ । यस पटक गठबन्धन दलहरु स्थानीय निर्वाचनमा हाबी हुँदा एमालेले भने ठूलो क्षति व्यहोरेको छ । एमालेले यसअघि नगरप्रमुख जितेको बागलुङ नगरपालिका, गाउँपालिका अध्यक्ष जितेको काठेखोला, बडिगाड गाउँपालिका, उपप्रमुख जितेको जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिका यस पटक गुमाएको छ ।
अघिल्लो पटक निर्वाचनमा प्रमुख उपप्रमुख दुबै एमालेले जितेको ढोरपाटन नगर एमालेले प्रमुख मात्र जित्न सक्यो । यस अघि एमालेले प्रमुख जितेको बागलुङ नगर, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा यस पटक गठबन्धनबाट नेपाली काँग्रेसले प्रमुख पद जितेको छ । यस अघि काँग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको जैमिनी नगरपालिकामा काँग्रेसले यस पटक प्रमुख राष्ट्रिय जनमोर्चालाई छोडेर उपप्रमुख जितेको छ । एमालेले प्रमुख उपप्रमुख दुबै जितेको ढोरपाटनमा यस पटक काँग्रेसले उपप्रमुख जितेको छ । बागलुङका १० पालिका र ८५ वडामध्ये नेपाली काँग्रेसले ६ पालिका प्रमुख÷अध्यक्ष, ५ पालिका उपप्रमुख÷उपाध्यक्ष र ३७ वडामा वडाध्यक्ष जितेको छ ।
राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख÷अध्यक्ष, २ पालिका उपप्रमुख÷उपाध्यक्ष र ११ वडाध्यक्ष जितेको छ । ११ वडाध्यक्षमध्ये एक जना एमालेसंग मिलेर निर्वाचन लडेका विद्रोही जनमोर्चाका नेता छन् । नेकपा माओवादी केन्द्रले एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वटा वडा जितेको छ । नेकपा एमालेले एक पालिका प्रमुख र १६ वडा जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले ३ वडाध्यक्ष जित्दा एक जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन् । बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठले प्रमुख जित्दा माओवादी केन्द्रका राजु खड्का उपपं्रमुखमा विजयी भएका छन् । गलकोट नगरपालिकामा नेपाली काँग्रेसका भरत शर्मा गैरे प्रमुख र नेकपा माओवादी केन्द्रका फमलाल निउरेले उपप्रमुख जिते ।
जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले प्रमुख र नेपाली काँग्रेसका हरिहर शर्माले उपप्रमुख हात पारे । ढोरपाटन नगरपालिकामा एमालेका देवकुमार नेपाली मेयर निर्वाचित हँुँदा नेपाली काँग्रेसका धनबहादुर कायत ‘कल्याण’ उपप्रमुख बने । ६ गाउँपालिकामध्ये काठेखोला गाउँपालिकामा काँग्रेसका राजु थापा अध्क्षक्ष, राजमोका तेजबहादुर थापा ‘तिलक’ उपाध्यक्ष, बडिगाड गाउँपालिकामा काँग्रेसकी गण्डकी थापा अधिकारी अध्यक्ष र राजमोका भीमसेन वन उपाध्यक्ष निर्वाचित भएका छन् ।
ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ अध्यक्ष, काँग्रेसका भीमबहादुर रोका उपाध्यक्ष, बरेङ गाउँपालिकामा राजमोका कृष्णप्रसाद शर्मा अध्यक्ष र काँग्रेसका दिलीप पुन उपाध्यक्षमा विजयी भएका छन् । निसीखोला गाउँपालिकामा काँग्रेसका सूर्यबहादुर घर्तीले गाउँपालिका अध्यक्ष हुँदा माओवादी केन्द्रका प्रेमबहादुर घर्ती उपाध्यक्ष बन्न सफल भए । तमानखोला गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै नेपाली काँग्रेसले जितेको छ । अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भए । जिल्लाको ९ पालिकामा पाँच दलीय गठबन्धन भए पनि तमानखोलामा भने गठबन्धन भएको थिएन ।
जसको प्रत्यक्ष फाईदा नेपाली काँग्रेसले उठाएको छ । गठबन्धनबाट प्रत्यक्ष फाईदा पनि काँग्रेसलाई बढि भएको देखिन्छ । अघिल्लो निर्वाचनमा एक्लै होमिएको काँग्रेसले बागलुङका चार वटा पालिका प्रमुख÷अध्यक्ष र चार उपप्रमुख÷उपाध्यक्ष जितेको थियो । यस पटक त्यो संख्या बढाएर ६ प्रमुख÷उपाध्यक्ष र ५ उपप्रमुख÷उपाध्यक्ष पु¥याएको छ । अघिल्लो निर्वाचनमा चार प्रमुख÷अध्यक्ष र २ उपप्रमुख÷उपाध्यक्ष जितेको एमाले एउटा मात्रै प्रमुख पदमा चित्त बुझाउन बाध्य भएको छ । १४ वडा रहेको बागलुङ नगरपालिकामा ७ काँग्रेस, ३ एमाले २ समाजवादी र १ माओवादी तथा १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा बागलुङ नगरमा तीन वटा वडामा खुम्चिएको काँग्रेसले अरु चार वडा थप्दा एमालेले ५वटा जितेका वडा गुमाएको छ । बागलुङ नगरपालिका १ मा काँग्रेसका जयबहादुर केसी, वडा नम्बर २ मा नेकपा एसका सुरज बोसेल, वडा नम्बर ३ मा काँग्रेसका शनि केसी लक्ष्मण, वडा नम्बर ४ मा माओवादीका कुमार क्षेत्री निर्वाचित भए । वडा नम्बर ५ मा एमालेका हरिप्रसाद शर्मा, वडा नम्बर ६ मा एमालेकै रुद्र केसी र वडा नम्बर ७ मा पनि एमालेका नै मेगनाथ गैरे विजयी भए । वडा नम्बर ८ मा काँग्रेसका छमबहादुर कार्की, वडा नम्बर ९ मा काँग्रेसकी राजु थापा विजयी हुँदा वडा नम्बर १० मा नेकपा एसका तिलबहादुर थापाले बाजी मारे ।
२०४९ को स्थानीय निर्वाचनदेखि एमालेको एकलौटी वर्चश्व रहेको वडा नम्बर १० भकुण्डे यस पटक गठबन्धन मार्फत नेकपा एसले जितेको हो । वडा नम्बर ११ मा काँग्रेसका ज्ञानेन्द्र गौतमले जित्दा वडा नम्बर १२ मा स्वतन्त्रबाट कोपिलामणि शर्माले जिते । गठबन्धन गर्दा वडा नम्बर १२ जनमोर्चाको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा नम्बर १३ मा काँग्रेसका नारायण शर्मा पौडेल र वडा नम्बर १४ मा काँग्रेसकै चक्रबहादुर खत्री विजयी भए ।
५ वटा वडा रहेको बरेङ गाउँपालिकामा वडा नम्बर १ मा राजमोका नरसेङ पुन, वडा नम्बर २ मा राजमोकै हिराबहादुर थापा, वडा नम्बर ३ मा एमालेका शेरबहादुर खनाल, वडा नम्बर ४ मा काँग्रेसका किसनबहादुर खत्री र वडा नम्बर ५ मा काँग्रेसकै अमरबहादुर शेरवुजाले जित हात पारे । १० वटा वडा रहेको जैमिनी नगरपालिकामा वडा नम्बर १ मा काँग्रेसका विष्णु आचार्य, वडा नम्बर २ मा काँग्रेसकै प्रेमप्रसाद सापकोटा, वडा नम्बर ३ मा माओवादीका कृष्ण भुजेल र वडा नम्बर ४ मा नेकपा एसका चक्रबहादुर थापाले जिते ।
वडा नम्बर ५ मा नेपाली काँग्रेसका ठकबहादुर थापा, वडा नम्बर ६ मा माओवादीका कृष्णबहादुर थापा, वडा नम्बर ७ मा काँग्रेसका केन्द्रबहादुर सुनार, वडा नम्बर ८ मा काँग्रेसका बिमल श्रीस, वडा नम्बर ९ मा एमालेका सन्दिप थापा र वडा नम्बर १० मा राजमोका श्रीप्रसाद शर्माले वडाध्यक्षमा बाजी मारे । ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा वडा नम्बर १ मा काँग्रेसका खडक थापा, वडा नम्बर २ मा एमाले विद्यापति शर्मा, वडा नम्बर ३ मा एमालेकै कुलबहादुर विक, वडा नम्बर ४ मा राजमोका लक्ष्मण पुनले जित निकाले ।
वडा नम्बर ५ मा काँग्रेसका ज्ञामनाथ कँडेल, वडा नम्बर ६ मा काँग्रेसकै बृहस्पती कँडेल, वडा नम्बर ७ मा एमालेका प्रेमबहादुर लामिछाने र वडा नम्बर ८ मा परमानन्द कँडेल विजयी भएका छन् । ११ वडा रहेको गलकोट नगरपालिकाको वडा नम्बर १ मा राजमोका लालबहादुर राना, वडा नम्बर २ मा काँग्रेका हिमबहादुर भण्डारी, वडा नम्बर ३ मा काँग्रेसकै फमबहादुर खत्री, वडा नम्बर ४ मा काँग्रेसका बलबहादुर खत्री, वडा नम्बर ५ मा काँग्रेसकै पवन हमाल विजयी भए ।
वडा नम्बर ६ मा माओवादी रामप्रसाद कँडेल र वडा नम्बर ७ मा माओवादीका राजबहादुर थापा, वडा नम्बर ८ मा काँग्रेसका रेमलाल सापकोटा, वडा नम्बर ९ मा काँग्रेसका तेजबहादुर थापा, वडा नम्बर १० मा काँग्रेसका भक्तबहादुर काउचा र वडा नम्बर ११ मा एमालेका डम्बरबहादुर श्रीसले जित हात पारे । १० वटा वडा रहेको बडिगाड गाउँपालिकामा वडा नम्बर १ मा राजमोका बोमबहादुर थापा, वडा नम्बर २ मा एमालेका ढालप्रसाद शेरचन, वडा नम्बर ३ मा एमालेकै खडकबहादुर पुन, वडा नम्बर ४ मा माओवादी मिलन रेश्मी, वडा नम्बर ५ मा एमालेका विष्णु आचार्य विजयी भए ।
वडा नम्बर ६ मा काँग्रेसका वीरबहादुर खत्री, वडा नम्बर ७ मा काँग्रेसका दीपेन्द्र प्रताप केसी, वडा नम्बर ८ मा राजमोका जंगबहादुर बलाल, वडा नम्बर ९ मा काँग्रेसका कृष्णबहादुर केसी र वडा नम्बर १० मा माओवादीका वीरेन्द्र बुढा वडाध्यक्ष निर्वाचित भएका छन् । ९ वटा वडा रहेको ढोरपाटन नगरपालिकामा वडा नम्बर १ मा काँग्रेसका बानबहादुर छन्त्याल, वडा नम्बर २ मा राजमोका भेगबहादुर खत्री, वडा नम्बर ३ मा एमालेका खिमबहादुर विक, वडा नम्बर ४ मा विद्रोही राजमोका तिलक पुन वडाध्यक्ष बने ।
वडा नम्बर ५ मा एमालेका दीपेन्द्र बुढा, वडा नम्बर ६ मा एमालेका उमेश बुढा, वडा नम्बर ७ मा राजमोका धनबहादुर अदै, वडा नम्बर ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र वडा नम्बर ९ मा एमालेका खिमबहादुर घर्तीले जित हात पारे । ६ वडा रहेको तमानखोला गाउँपालिकामा वडा नम्बर १ मा माओवादी थमबहादुर रोका, वडा नम्बर २ मा माओवादीकै नारायण सुनार, वडा नम्बर ३ मा काँग्रेसका झकबहादुर बुढा, वडा नम्बर ४ मा माओवादीका छबि सिर्पाली, वडा नम्बर ५ मा काँग्रेसका हिराबहादुर सिर्पाली र वडा नम्बर ६ मा काँग्रेसकै चित्रबहादुर छन्त्याले विजयी भएका छन् । ५ वडा रहेको ताराखोला गाउँपालिकामा पाँच वटै वडा माओवादी केन्द्रले जितेको छ ।
वडा नम्बर १ मा यामबहादुर श्रीस, वडा नम्बर २ मा भद्रबहादुर रोका, वडा नम्बर ३ मा कर्णबहादुर कार्की, वडा नम्बर ४ मा जितबहादुर खत्री र वडा नम्बर ५ मा मनबहादुर रोका विजयी भए । ७ वटा वडा रहेको निसीखोला गाउँपालिकामा वडा नम्बर १ मा काँग्रेसका चन्द्रसिंह राम्जाली, वडा नम्बर २ मा माओवादीका कविर विश्वकर्मा, वडा नम्बर ३ मा राजमोका रमेशविक्रम शाही, वडा नम्बर ४ मा काँगेसका टीकानिधि पौडेल, वडा नम्बर ५ मा काँग्रेसका हर्कमान घर्ती, वडा नम्बर ५ मा काँग्रेसका हेमबहादुर बुढा र वडा नम्बर ७ मा काँग्रेसकै दीपक कुँवर वडाध्यक्ष निर्वाचित भए ।
७ जना एमालेका केन्द्रीय सदस्य रहेको बागलुङमा अधिकाँस पालिका र वडामा समेत नराम्ररी पराजित भएपछि एमालेका केन्द्री नेताहरुको कार्यकर्ताबाट चर्को आलोचना भएको छ । गठबन्धन र उम्मेदवार छनोटप्रति असन्तुष्टी जनाउँदै काँग्रेका केही नेता कार्यकर्ता एमालेमा गएर उम्मेदवार बने पनि यो निर्वाचनमा भने काँग्रेसलाई खासै ठूलो असर पारेन । गठबन्धन गर्दा अहिले काँग्रेसले उपलब्धी हाँसिल गरे पनि आगामी दिनमा एक्लै निर्वाचनमा होमिनुपर्दा अहिलेको सांगठनिक क्षतिको भने ठूलै मूल्य चुकाउनुपर्ने काँग्रेस कार्यकता बताउँछन् ।