मुक्तिनाथमा नेपाली सेनाद्धारा स्वास्थ्य उपचार कक्ष र शौचालय निर्माण

  • असोज १६, २०८०

बागलुङ- नेपालकै प्रमुख शक्तिपिठको रुपमा रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पुर्वाधार निर्माण गरेको छ ।

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थी मैत्री विश्रामस्थल निर्माण गरेको छ । झण्डै ६ महिनाको अवधिमा निर्माण सम्पन्न गरिएको संरचना सोमबार मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरको करिव ८ सय मिटर तलको रेलिङसहितको सिढिंबाटोको दक्षिणतर्फ करिव १ रोपनी सार्वजनिक खाली जग्गामा नेपाली सेनाले उक्त संरचना निर्माण गरेको हो । 
सेनाद्धारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले एक समारोहकाबीच उद्घाटन गरेका छन । नेपाली सेनाको शिघ्रप्रवाही योजना अन्तरगत उक्त संरचनाको निर्माण गरिएको पृतनापती उपरथी बाँनियाले जानकारी दिए । नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्र्तगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिबाट मुक्तिक्षेत्रमा दर्शन गर्न आउने दशनार्थीको हितका लागि मध्यनजर गर्दै स्थानियको सहकार्यमा मुत्तिनाथ क्षेत्रमा संरचना निर्माण गरिएको हो । 
नेपाली सेना हेडक्वाटरबाट  विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङको ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख  रुपैयाँ गरी कुल ६७ लाख २७ हजार बजेट लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपरथी बाँनियाले उल्लेख गरे ।
नेपाली सेनाद्धारा निर्मित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दशनार्थीमैत्री बिश्रामस्थल अन्र्तगत २ वटा मेडिकल बेडसहितको कक्ष,महिला र पुरुष दशनार्थीहरुका लागि अलग अलग २÷२ वटा शौचालय र २३ वटा फलामे बेञ्चसहितको बिश्रामस्थल निर्माण भएको सेनाले बताएको छ ।
पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन यसप्रकारको सामाजिक कार्यले दिगोपनाको सुनिश्चिता हुँने उल्लेख गरे । नेपालकै एक महत्वपूर्ण पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध रहेको मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आउने आन्तरिक तथा बाह्य धार्मिक तिर्थयात्री तथा पर्यटकहरुलाई प्रत्यक्ष रुपमा लाभ पु¥याउने उद्देश्यका साथ यहाँ आवश्यउक पुर्वाधार निर्माण गरिएको बानियाँले बताए । 
मुक्तिक्षेत्रमा सेनाद्धारा निर्मित भौतिक संरचनाको रेखदेख, व्यवस्थापन,प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । नेपाली सेनाले आफ्नै जनशक्ति परिचालन गरी थोरै लागतमा भव्य प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र तथा शौचालयसहितको दशनार्थीमैत्री बिश्रामस्थल संरचना निर्माण हुनु गर्वको विषय भएको प्रजिअ पन्तले बताए ।  मुक्तिक्षेत्रमा निर्मित दशनार्थीमैत्री पूर्वाधारका लागि मुक्तिनाथ विकास समिति र सम्वन्धित स्थानीयतहले अपनत्व ग्रहण गर्ने भएका हुन् । समिति र स्थानीय तहले मुक्तिनाथ दर्शन गर्ने दशनार्थीहरुका लागि २ जना अनमी तहको स्वास्थ्यकर्मी करारमा भर्ना गरी प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्रको संञ्चालन तथा व्यवस्थापन गर्ने बताईएको छ ।
नेपाली सेनाद्धारा निर्मित पूर्वाधारको उद्घाटन तथा हस्तान्तरणका अवसरमा मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक तिर्थालुलाई निशुल्क भोजनको व्यवस्था समेत मिलाएको थियो । पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले सेनाद्धारा निर्माण गरिएको पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताए ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । 
कार्यक्रममा श्री सैनिक अस्पताल पोखरा, श्री नं.द्दघ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्तिक्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 
वार्षिक रुपमा नेपाली सेनाद्वारा संचालन गरिने यस प्रकारका जनहितका कार्यहरुले सामाजिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक, रणनैतिक महत्वका स्थानहरुको संरक्षण र सम्बर्द्धन गर्न थप टेवा पु¥याएका छन । यसका साथै नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न तथा स्वदेशी तथा विदेशीहरु बीच नेपाली सेनाको छवि उच्च राख्न महत्वपूर्ण भूमिका समेत निर्वाह गर्ने गरेको पाईन्छ । 

प्रतिक्रिया