पुस्तकालयलाई डिजिटलाइज गर्नु पर्दछ - सांसद पाठक

  • भदौ १६, २०८१

बागलुङ- गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रविधिको विकासले पुस्तकालयको महत्व घट्दै गएकाले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले पुस्तकालयलाई डिजिटलाइज गर्न सघाउने प्रतिबद्धता जनाए ।   १७ औँ राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा बागलुङको सवै भन्दा पुरानाे पुस्तकालय  विद्यामन्दिर पुस्तकालयले आयोजना गरेकाे मुल समारोहमा बाेल्दै उनले पुस्तकालयलाई समाजसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै उनले प्रविधियुक्त र व्यवस्थित पुस्तकालयकालागि गण्डकी प्रदेश सरकारबाट सहयोगकालागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षाको विकास बिना हरेक क्षेत्रको विकास असम्भव रहेकाले पठनसंस्कृतिको बिकासमा जोड दिए ।

निरन्तर शिक्षाकालागि पुस्तकालय भन्ने नाराका साथ भदौ ११ गतेदेखि १५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमका पुस्तकालयले दिवस मनाएकाे थियाे । 

कार्यक्रममा पुस्तकालयका प्रमुख कार्यवहाक संरक्षक लालचन्द्र राजभण्डारी, पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठ, शुशिला श्रेष्ठ, एनप्याव्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, बिद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, पत्रकार महासंघका सचिव विजय राना र गंगाप्रसाद स्मृति कोषका संस्थापक एवँ पुस्तकालयका निवर्तमान अध्यक्ष रामप्रसाद शर्माले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुस्तकालयका पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दिर्घ सेवा पुरस्कार प्रदान गरिएको थियो भने विदाई भएर जान लागेका पुस्तकाध्यक्ष शुशिला श्रेष्ठ र बागलुङ जेसीजका अध्यक्ष गणेश महतोलाई सम्मान तथा दिवसको अवसरमा आयोजित निवन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई गंगाप्रसाद स्मृति कोषबाट पुरस्कार प्रदान गरिएको थियो ।

पुस्तकालयका सल्लाहकार सदस्य श्याम श्रेष्ठले बालबिकास केन्द्रकालागि शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरेका थिए । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

दिवसको अवसरमा शनिवार बिहान बालबिकास केन्द्रका बालवालिका, सहजकर्ता, पुस्तकालयका पदाधिकारी, सदस्य, कर्मचारी, पत्रकार गरि १ सय बढिको निशुल्क आँखा जाँच पनि गरिएको थियो ।

May be an image of 5 people, violin, guitar and text

प्रतिक्रिया