बागलुङ, - जनताको बहुदलीय जनबादले नेकपा एमाले जनताको लोकप्रिय पार्टी भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको जनताको बहुदलीय जनबाद र अभिव्यक्ती स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकाशं बत्ताहरुले सो कुरा बताएका हुन । उनिहरुले नेकपा एमाले स्व. नेता भण्डारीको निति र सिद्धान्तका कारण जनताको लोकप्रिय पार्टीको रुपमा स्थापित भएको दाबी गरे ।
अन्तरसंवादमा सहभागी अधिकाशं नेताहरुले हिजो कुनै बेला एक भएका केही कम्युनिष्ट पार्टी अहिले फेरी फुट्ने र टुट्ने हुँदा नेपालको कम्युनिष्ट आन्दोलनले सार्थकता नपाउनेमा दुःख व्यक्त गरेका थिए । उनिहरुले नेपालमा कम्युनिष्ट एक भएर मुलुकको विकासका निम्ती अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । नेताहरुले नेकपा एमाले भित्रै केही नेता कै कारण पार्टी विभाजन हुन पुगेको र पार्टीले जनताको मतको कदर गर्न नसकेको प्रति गुनासो पोखेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद मन कुमारी केसीले मदनभण्डारीले लिएका नीति र सिद्धान्तलाई जनताले मार्गदर्शनका रुपमा बताईन । उनले जनताको बहुदलीय जनवादले एमाले जनताको मनमुटुमा बस्न सफल भएको भन्दै मदन भण्डारीको भाषण र उनले औलाएका सिद्धान्तका कारण एमालेप्रति जनलहर बढेको बताईन । अझैपनि उहाँको सिद्दान्त, विचारका कारण प्रभावितहुनेहरु धेरै छन्, केसीले भनिन्,–‘मुलुकमा परिवर्तन ल्याउने अठोटका साथ राजनितिमा होमिएका नेता भण्डारीलाई लामो समय बाच्न लेखेन । देशका लागि केही परिवर्तन गर्छु भनेर लाग्नुभएको थियो । तर उहाँका सोच पुरा हुन सकेनन् । उहाँका विचार र सिद्धान्तलाई नेकपा एमालेले पुरागर्नुपर्दछ । उनले अभिव्यक्ति स्वतन्ताका पक्षमा समेत भण्डारीको सिद्दान्तले सहयोग गरेको बताईन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले मदन भण्डारीको सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी बढ्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलनमा केही ठेस लाग्न पुगेको बताए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरीनारायण गौतम, एमाले जिल्ला सचिव विष्णु भूषाल, प्रेस चौतारीका केन्द्रिय सदस्य तारानाथ आचार्य, प्रेस सेन्टरका केन्द्रिय सदस्य मुकेश राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, उपाध्यक्ष सृजना पन्तको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।