रेडक्रस बागलुङको सभापतिमा जगन्नाथ आचार्य

  • माघ २८, २०७९

बागलुङ- नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य निर्वाचित भएका छन । शनिबार सम्पन्न रेडक्रसको ३३ औं जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन । 

अधिवेशनबाट उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कँडेल ,कोषाध्यक्षमा जिवनाथ शर्मा ,उपमन्त्रीमा ढालेन्द्र गौतम, उपकोषाध्यक्षमा तेज प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा कृष्णप्रसाद आचार्य, गोविन्द प्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सुवेदी, धनमाया खड्काथोकी, माया कुमारी केसी र त्रिकला थापा चयन भएका छन् ।

सभापतिका लागि जब्बर बहादुर लामिछाने र जगन्नाथ आचार्यको उम्मेदवारी परेको थियो । तिन कार्यकाल सभापति भएका लामिछानेले उम्मेदवारी फिर्ता गरेपछि आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । आर्चाय यस अगाडी रेडक्रस बागलुङको सदस्यको रुपमा थिए । शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशिल आचार्यको विभिन्न संस्थाको नेतृत्व लिएको लामो अनुभव रहेको छ । 

प्रतिक्रिया