बागलुङ- बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी अभियान बागलुङ नगरपालिका–३ का विभिन्न वडामा चलाइएको छ ।
बागलुङ नगरपालिका–३ को मुलपानी, तातोपानी र भलाटाकुराका लगायतका विभिन्न स्थानमा घरदैलो तथा जभेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न स्थानमा आयोजना गरिएको कोणसभामा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमखुका उम्मेदवार जनकराज पौडेलले हाम्रै कार्यकालमा मुलपानीमा कालोपत्रे र ढलान सडक निर्माण भएको बताए ।
यस्तै पिछाडिएको तातोपानी गाउँको दैलोमा पक्की सडक आउनु सुखद् भएको भन्दै बाँकी रहेका वडाका काम गर्न पुन निर्वाचनमा आएको जानकारी दिए ।
यस्तै उपप्रमुखका उम्मेदवार सन्जय खड्काले नगरको विकासका लागि युवा नेतृत्व आवश्यक रहेको र युवालाई रोजगराी दिने योजना ल्याउन आफूलाई जिताउन आग्रह गरे ।
यस्तै बागलुङ नगरपालिका–३ का वडा अध्यक्षका उम्मेदवार कमल खड्काले बागलुङ नगरपालिकाको तातोपानी र मुलपानीमा मात्रै चालु आर्थिक वर्षमा ९३ लाखको काम भएको बताए । उनले आफू वडा सदस्यको रुपमा जनतासामु पाँच वर्ष काम गरेको र आगमी दिनमा पुन सेवा गर्नका लागि निर्वाचनमा आएको बताए । एमाले–राप्रपाको घरदैलो बानपा–३ स्थित खहरे, रातमाटा, बोक्से र सेरा लगायतमा सम्पन्न भएको छ ।