जसले बाबुसँग हारेको हिसाब किताब छोरालाई चुक्ता गरिन

  • जेठ ५, २०७९

बागलुङ-   स्थानिय तहको निर्वाचन सकिए सँगै बागलुङका सवै स्थानिय तहको निर्वाचन परिणाम पनि आई सक्यो । जिल्लाका १० स्थानिय तह मध्ये ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली बाहेक सवै स्थानिय तहमा गठबन्धकै उम्मेदवार विजयी भए । पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै जिल्ला मै एक मात्र महिला अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले नेकपा एमालेका राजन पाईजालाई पछि पार्दै गाउँपालिका अध्यक्ष विजयी भएकी छन ।  
०७४ सालमा राजनका बाबु मेहरसिंह पाईजा सँग पराजय भोग्न पुगेकी अधिकारीले यस पाली छोरालाई हराएकी छन । उनले एक हजार पाँच सय ७२ मतान्तरले पाईजालाई पराजित गरेकी छिन् । थापाले ७ हजार तीन सय ८६ मत ल्याउँदा पाईजाले ५ हजार ८ सय १४ मत पाएका थिए। त्यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर निर्वाचनमा गएका थिए । 
बाबुसँग हारेको हिसाब किताब छोरालाई चुक्ता 
    अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा भिन्दा भिन्दै चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचनमा मेहरसिंह पाईजासंग ५ सय २२ मतान्तरले पराजित भएकी अधिकारीले यो पटक उनकै छोरालाई त्यसको तीन गुणा मतान्तरले पराजित गरेर हिसाब किताब चुक्ता गरेकी छिन । विद्यार्थी राजनिति हुँदै नेपाल शिक्षक लगायतका काँग्रेसको विभिन्न भातृ सुभेच्छुक संस्थाको नेतृत्व समालेकी अधिकारी हाल नेपाली काँग्रेस बागलुङकी जिल्ला सचिव हुन् । 
बाबु चडने गाडी हाक्ने राजन गाउँपालिका हाक्ने मौका पाएनन
खेलकुद क्षेत्रमा क्रियाशिल पाईजा बाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सामाजिक राजनीतिक रुपमा सक्रिय भएका थिए । कोभिड संक्रमणका बेला उनले कमाएको लोकप्रियता देखेर नेकपा एमालेले गाउँपालिका अध्यक्षको टिकट दिए पनि पाँच दलीय गठबन्धनले उनको लोकप्रियतालाई वास्ता गरेन ।  बाबु गाउँपालिका अध्यक्ष हुँदा सवारी चालक भएर काम गरेर पाईजालाई जनताले भने गाउँपालिकाको चालक बनाउन असमर्थ जनाएर भोट अधिकारीलाई हाले । सवारी चालक हुँदा पालिकाको भित्री कुरा बुझेका पाईजा आफ्नै बाबुले हराएकीलाई अहिले हराउन सकेनन् । बाबु भन्दा तिन गुणा पछि परे । 
स्थायी शिक्षकबाट राजनामा दिएर पाँच वर्ष कुर्नुप¥यो
०७४ मा स्थायी शिक्षकबाट राजिनामा दिएर गाउँपालिका अध्यक्षको टिकट लिएर गएकी अधिकारी त्यो बेला पराजय व्यहोर्नुप¥यो । स्थायी शिक्षकको सेवामा जोडिएको १० वर्ष पनि नपुगेकी उनि जागिरै छाडेर अध्यक्षमा उम्मेदवार भईन अपसोच  पराजित भए पनि अहिले उनले त्यसको भर्पाई गरेकी छिन । 
उपाध्यक्षमा राजमोका वन रुख चिन्हबाट विजयी
गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट राष्ट्रिय जनेमार्चाका भीमसेन वन विजयी भएका छन् । उनी नेपाली काँग्रेसको चुनाव चिन्ह रुख नै लिएर चुनावी मैदानमा होमिएका थिए । महिला अध्यक्ष भए पछि उपाध्यक्षमा पुरुष हुँदा एउटै चिन्ह लिएर चुनावमा होमिएका थिए । वनलmेनेकपा एमालेकी मिनकुमारी माझीलाई एक हजार चार सय ३१ मतले पछि पारेका छन ।  वनले कुल ७ हजार दुई सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माझीले ५८ सय मत पाईन्।
भीमसेन वन पनि गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका प्रत्यासी थिए। त्यो बेला उनले एक हजार २ सय ५८ मत पाएका थिए । अहिले गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित भएमा छन ्। गत निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा एमालेका मेहरसिंह पाईजा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर श्रीष विजयी भएका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे पनि एमालेको भोट माओवादी केन्द्रका नेता राजिव घिमिरेमा ट्रान्सफर नहुँदा उपाध्यक्षमा पराजित भएका थिए ।  
बडिगाड गाउँपालिकाका १० वडामध्ये वडा नम्बर १ र ४ गरी दुई वटा राष्ट्रिय जनमोर्चा, वडा नम्बर २, ३ र ५ गरी तीन वटा नेकपा एमाले र वडा नम्बर ४ र १० गरी दुई वटा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६, ७ र ९ गरी तीन वटा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन । 
 

प्रतिक्रिया