लोकमार्गको बागलुङ–गलकोट खण्ड अवरोध, नरेठाँटीका ३५ घर जोखिममा

  • जेठ २६, २०७९

बागलुङ -  बुधबार राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग बागलुङ–गलकोट खण्ड अवरोध भएको छ । 
वर्षा सँगै आएको बाढि र पहिरोले दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्रमा पर्ने लोकमार्ग खण्डमा दर्जन बढि स्थानमा माथिबाट आएको बाढिका कारण सडक अवरुद्ध भएको यात्रुहरु बताउँछन । ‘ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । रुख ढलेका छन । बागलुङ बजार बाट गलकोट हिँडेका पत्रकार राम थापा अविरलले भने,– जिल्लाको पश्चिम जाने सवारी साधन र बागलुङ बजार आउने सवारी साधन विचमै रोकिएका छन । यात्रुहरु अलपत्रमा परेका छन ।’ थापाका अनुसार घोडाबाँधे तर्फबाट जेसिबीले पहिरो हटाउन लागे पनि अझै केही घण्टा लाग्ने छ । गलकोट नगरपालिकाले नरेठाँटी तर्फबाट र घोडाबाँधे तर्फबाट दुईवटा जेसिबी प्रयोग गरी ठाउँठाउँका पहिरो हटाउन लागिएको गलकोट नगरपालिकाका प्रवत्ता एवं वडा नं. २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिए । सडकमा रुखहरु पनि ढलेका कारण पहिलो हटाउन केही समय लाग्ने भण्डारीले बताए । अहिले बागलुङ सदरमुकाम आउने यात्रु र गलकोट,बुर्तिबाङ निसी तमान जाने यात्रुहरु विचबाटोमै रोकिएका छन । 
नरेठाँटीका ३५ घर उच्च चोखिममा 
बाढीकै कारण गलकोट नगरपालिका २ नरेठाँटी बजार उच्च जोखिममा परेको छ । बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।
जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाई छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए ।

‘नरेठाँटी बजारनै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घरहरु जोखिममा परेका छन्, एक घर परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ’ अध्यक्ष भण्डारीले भने ‘अरु परिवारलाई पनि सार्नु पर्ने देखिन्छ ।’ बाढीका कारण घर डुवानमा परेपछि दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीले नरेठाँटीको महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए । रातभर स्थानीय र मेसिनको प्रयोग गरि बाढी तर्काउने कोसिस गरेको उनको भनाई छ । अध्यक्ष भण्डारीले रातभर मेसिन लगाएर बाढी नतर्काएको भए बजारनै डुवानमा पर्ने खतरा रहेको बताए ।
‘माथि जसपुरमा पहिरो गएछ, त्यसबाट नकटेखोलामा ठूलो बाढ आयो, बाढीले खोला छेउँका घरहरुमा क्षति पु¥याएको छ, हामी रातभरी मेसन लगाएर बाढी तर्काउने प्रयास ग¥यौँ,’ उनले भने ‘मेसिन लगाएर बाढी नर्तकाएको भए बजारनै डुब्ने थियो, केही हदसम्म भए पनि बजारमा बाढी पस्न पाएन ।’ वर्षा लागे सँगै यस खण्डमा प्रत्येक वर्ष सडक अवरुद्ध हुनेगर्दछ । 
 

प्रतिक्रिया