यही हो राजनिति संस्कार जित्ने हार्ने विच खुसी साटासाट

  • जेठ ७, २०७९

बागलुङ- बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम राखेको थियो । कार्यक्रममा निर्वमान नगरप्रमुख जनकराज पाैडेल र नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठ सँगै थिए ।

०७४ सालमा पनि पौडेल र श्रेष्ठ बिच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि दुवै जनाले दोहोराए  पौडेल नेकपा एमाले बाट थिए भने श्रेष्ठ नेपाली काँग्रेसबाट थिए । पौडेलले श्रेष्ठलाई २ हजार २ सय मतान्तरले पराजित बनाएका थिए । यस पटक भने नतिजा उल्टियो । श्रेष्ठले पौडेललाई  ५ हजार ८५७ को मतान्तरमा विजयी भएका छन । अघिल्लो निर्वाचनमा जसरी श्रेष्ठले पौडेललाई बधाई दिएका थिए यसपटक पनि पौडेलले एक कार्यक्रमका बिच बधाई ज्ञापन गरे ।  उनले खुसीका साथ अ‌कमाल नै गरेर सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा उपस्थित सवैले यसलाई राजनिति संस्कार भनेर व्याख्या गरेका थिए ।  नगरपालिकाले  निर्वाचित पदाधिकारी, वडा अध्यक्ष र सदस्यलाई स्वागत तथा कार्यकाल सकेका जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बसन्तकुमार श्रेष्ठले संस्थापक नगरप्रमुख ऋषिराम शर्माले देखेका सपना पुरा गर्ने लक्ष राखेको बताए । उनले निर्वतमान प्रमुख जनक पौडेलको कामलाई निरन्तरता दिंदै पुरा गर्ने देखि नगरका जनताको मुहारमा खुसी ल्याउने काम गर्ने बताए । ‘नगरपालिकामा छिर्ने प्रत्येक नागरिकले सम्मान पाउनु पर्छ, उनीहरुले गुनासो गर्ने अबस्था आउन दिंदैनौं’ श्रेष्ठले भने, ‘सुशासनको प्रत्याभूति हाम्रो पहिलो काम हुनेछ ।’ आर्थिक प्रलोभनमा नपरी काम गर्दा सफल भइने उनको भनाइ थियो ।

निर्वतमान प्रमुख जनक पौडेलले संघियताले दिएको जनताको नजिकको सरकार भएकोले जनताको सुखदुःखमा काम गर्नुपर्ने सुझाव दिए । पहिलो पटक भएकोले कानून बनाउन समेत धेरै समय लागेको उनले बताए । अब भने काममा आगाडि बढ्न सहज हुने भन्दै श्रेष्ठको कार्यकालमा नगर अझै बिकसित बन्ने बताए । उनले कतिपय योजनाको थालनी भएकोले पुरा गर्न पहल गर्नुपर्ने पनि सुझाए । कार्यक्रममा निर्वतमान कार्यपालिका सदस्यलाईपनि बिदाइ गरिएको थियो ।

 

प्रतिक्रिया