• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

आगामी बैशाख १० सम्म गण्डकी प्रदेश सरकार परिवर्तन हुन्छ : सुरेन्द्रराज पाण्डे

  • चैत १६, २०७९

बागलुङ -  नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० गते सम्म गण्डकी प्रदेश सरकार परिवर्तन हुने बताएका छन । नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनको शिलन्यास कार्यक्रममा बोल्दै पाण्डेले आगामी बैशाख १० गते सम्म प्रदेश सरकार परिवर्तन हुने र त्यो पनि काँग्रेसकै नेतृत्वमा निर्माण हुने बताए । मुख्यमन्त्रीको दाबेदार समेत रहेका पाण्डेले संविधानको मर्म अनुसार नै आगामी बैशाख सम्म प्रदेशमा नयाँ नेतृत्व आउने बताए । ‘केन्द्रको सत्ता समिकरण परिवर्तन सँगै प्रदेशमा पनि यसको प्रभाव स्वत रहन्छ । पाण्डेले भने –‘सरकारमा सहभागी दलले सर्मथन फिर्ता लिई सकेको अवस्थामा संविधान अनुसार सत्तासिन दल अगाडी बढ्नुपर्छ , वर्तमान मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार छैनन् त्यसका कारण सरकार परिवर्तन हुने छ ।’ सरकार परिवर्तन भयो भने सम्भवत काँग्रेसकै नेतृत्वमा आउने उनले बताए ।  नेकपा एमालेबाट मुख्यमन्त्री भएका खगराज अधिकारी नेतृत्वको सरकारलाई नेकपा माओबादी केन्द्रले समर्थन फिर्ता लिए सँगै सरकार नै परिवर्तन हुने अवस्थामा आएको हो । 
पाण्डेले सरकार परिवर्तन हुनु मात्र ठुलो कुरा नभएको बताए । ‘सरकार परिवर्तन होला काँग्रेसकै नेतृत्वमा आउला म मुख्यमन्त्री बनुँला पाण्डेले भने,–‘ तर अवसर र चुनौती दुवै छन । हामीले जनतालाई प्रदेश सरकारको औचित्य बारे प्रष्ट पार्न सकेका छैनौं । जनताले प्रश्नै प्रश्न अगाडी ल्याएका छौं । हामीलाई अवसर आए सँगै चुनौती पनि सँगै रहेका छन । यदी हाम्रो नेतृत्वमा सरकार बन्यो अबको पाँच वर्षमा गौरब गर्ने गरी कम गछौं ।’ उनले आगामी दिनमा आउने काँग्रेसको नेतृत्व सरकारलाई सवैले साथ दिनका लागि आग्रह समेत गरेका थिए  
पाण्डेले नेपाली काँग्रेस बागलुङको अभियानलाई अन्य जिल्लाले पनि सिको गर्नुपर्ने बताए । उनले भवन निर्माण सँगै काँग्रेस बागलुङको संगठन झनै मजबुद भएर अगाडी बढनेमा विश्वास गरे । उनले भवन निर्माणका निम्ती सवैको सहयोगमा मात्र सम्भव रहेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतले भवन निर्माणमा निम्ती सवै तहबाट सहयोगको आवश्यकता परेको बताए । 
 काँग्रेस बागलुङले भवन निर्माणका लागि बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा खरिद गरी निर्माण कार्य सुरु गरेको छ । पाँचतला सम्मको बनाउने लक्ष्य लिएको भवन अन्डरग्राउण्ड पार्किङ सहित निर्माण गरिने काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । । भवनको ग्राउण्ड फोलरमा सचिवालय, प्रतिक्षालय कक्ष, पहिलो तलामा स्टोर्स, कन्ट्रोल रुम, बैठक हल र सभापति कक्ष, दोस्रो तलामा पुस्तकालय, भातृ तथा शुभेच्क्षुक संघ संस्था कक्ष निर्माण हुनेछ ।  भवनको तेस्रो तलामा गेष्ट रुम, भिआईपी रुम, लिभिङ रुम, चौथो तलामा मल्टिप्रपोज हलहरु र पाँचौ तलामा सभाहल निर्माण गरिने सचिव शर्माले जानकारी दिए । 
भवन निर्माण र जग्गा खरिदका लागि काँग्रेसको शुभेच्छुक, नेता तथा कार्यकर्ताहरु बाट हाल सम्म करिब १ करोड रुपैयाँ संकलन भएको काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले जानकारी दिए ।  भवन निर्माणका लागि करिब ७ करोड लाग्नु अनुमान गरिएको छ भने आगामी १ वर्षमा भवन निर्माणका काम पुर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको हुँदा आफ्नै घर निर्माण गर्न लागिएको सभापति शेरचनले बताए । 
    जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन्। नेकपा (एमाले) ले  भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन। 
शिलन्यास कार्यक्रम काँग्रेस बागलुङका सभापति एवं भवन निर्माया समितिका संयोजक संयोजक जित बहादुर शेरचनको अध्यक्षता सहसंयोजक सहदेव राजभण्डारीको स्वागत र सचिव गण्डकी थापा अधिकारीको संचालनमा सम्पन्न भएको थियो । 
May be an image of 11 people, people standing, people sitting and outdoors

प्रतिक्रिया