बागलुङ- जिल्ला समन्वय समिति बागलुङको प्रमुख उपप्रमुख र सदस्य पदमा गठबन्धनका दलका उम्मेदवारले मात्र आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेको कुनै पनि उम्मेदवारी दर्ता नभएपछि समन्वय प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा र उप–प्रमुखमा नेकपा एकिकृत समाजबादीका होमनाथ शर्मा सर्वसम्मत निर्वाचित भएका छन । सत्ता साझेदारी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका थापा र शर्मा सर्वसम्मत निर्वाचिन भएका हुन । थापाले राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका थिए भने शर्माले नेपाली काँग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।
निर्वाचनको कार्यतालिका अनुसार विहिबार दिउँसो दुई बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि पाँच दलीय गठबन्धन बाहेक अन्य कुनै पनि दलका उम्मेदवारहरुको उम्मेदवारी दर्ता हुन आएको थिएन । बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उम्मेदवारी दिएको थिएन । गठबन्धका दलका उम्मेदवारको मात्र उम्मेदवारी परेपछि प्रमुख उपप्रमुख सहित अन्य सदस्य पनि गठबन्धनकै दल उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भएका छन । निर्वाचनका कार्यतलिका अनुसार आगामी ३१ गते मतदानको कार्यक्रम रहेता पनि आवश्यक भन्दा बढि कुनै पनि पदमा उम्मेदवारी नभएका कारण निर्वाचन कार्यालयलले समय मिलाएर औपचारिक घोषणा गर्ने सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । सापकोटा अनुसार उम्मेदवारी नै दर्ता नभए पनि निर्वाचनको मिति सम्म कुर्नुनपर्ने र औपचारिक घोषणा गरिने छ ।
समन्वय समितिको सदस्यहरुमा महिला सदस्यमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट नेकपा माओबादी केन्द्रकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।
अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कौशीला बिक निर्वाचित हुँदा खुल्ला सदस्यतर्फ माओबादी केन्द्रका तर्फबाट हर्क बहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रकृया पुरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।
जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामका अमरबहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन । उनि काठेखोला गाउँपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । राजमोको चौथो कार्यकाल अध्यक्ष भएका थापाले यसपाली जिल्ला समन्वय समितिको प्रमुख नै भए । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको बहुमत रहेता पनि पुर्व सहमतीलाई कार्यान्वय गर्दै काँग्रेसले प्रमुख उपप्रमुख सवै छाडेको हो । जिल्लाका दश स्थानिय तह मध्ये काँग्रेसका ११ जना प्रमुख उपप्रमुखले जितेता पनि समन्वयमा पुर्व सहमती नै कार्यान्वय गरेको छ । काँग्रेसको यो इमान्दारीताले जिल्लामा गठबन्धनलाई अझै थप बलियो बनाएको छ ।