जनताका समस्या बुझ्दै मत माग्दै घरदैलोमा- भीम श्रीस

  • फाल्गुण ८, २०८२

बागलुङ -प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ । बागलुङ क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार भीम श्रीस पनि यतिबेला मतदाताको घरदैलो गर्दै मत माग्दै र जनताको समस्या बुझ्दै आफ्नो चुनावी अभियानलाई तिब्र बनाएका छन ।
बिहानैदेखि साँझ अबेरसम्म उनी मत माग्न मात्रै होइन, स्थानीयका समस्या प्रत्यक्ष सुन्ने र टिपोट गर्ने अभियानमा छन् ।  उनी काँग्रेसका नेता तथा स्थानिय कार्यकर्तासँग जिल्लाको जैमिनी नगरपालिका– ८ छिस्ती र वडा नं. ७ जैदीका मतदाताको घरमा पुगेका छन । वृद्ध आमा बाबुहरूसँग आँगनमा बसेर स्वास्थ्य सेवाको पहुँचबारे चासो राख्छन ्। बढ्दो बसाईसराई समस्यालाई औलाउँदै यसलाई रोक्न सक्ने कस्तो निति ल्याउनुपर्छ भन्नेमा सल्लाह लिन्छन ।  युवाहरूसँग वैदेशिक रोजगारी र सीप विकासका विषयमा संवाद गर्छन् ।  किसानसँग स्थानिय आवश्यकता सिँचाइ र बजार व्यवस्थापनका समस्या सोध्छन् ।
“मत त चुनावको दिन रुखमा नै हाल्नुहुन्छ, तर अहिले आफ्नो गुनासा भन्नुहोस्,” श्रीसले मतदातासँग भने, “हामीले बनाउने नीति तपाईंको घरको समस्याबाटै सुरु हुन्छ । आफ्ना समस्याहरु राख्ने हामीलाई नै हो । म तपाईको प्रतिनिधि भएपछि ति समस्याको समाधानको बाटो खोज्ने छु ।” उनका यी कुरामा स्थानीयवासीहरू पनि खुलेर आफ्ना समस्या राखिरहेका छन, सुझाव दिएका छन ।  कतै सडक स्तरोन्नति अधुरो, कतै खानेपानीको समस्या, कतै बाँदर आतंकको कुरा त गाउँ रित्तो भयो जमिन बाँझो रहयो यसलाई कसरी प्रयोग गर्ने हो समाधानको बाटो खोज्न आग्रह । यस्ता सुझाव उनी र उनि सँगै गएका नेताहरुले पनि टिपोट गर्छन र सँगैका समानुपातिक उम्मेदवार शकुन्तला शर्मालाई पनि सुनाउँछन । ।
घरदैलोका क्रममा श्रीसले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा सुधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । “बागलुङको सम्भावना पर्यटन, कृषि र साना उद्योगमा छ,” उनले भने, “युवालाई यहीँ अवसर दिन सकियो भने वैदेशिक पलायन कम हुन्छ । दक्षिण बागलुङको जैदि छिस्तीमा बढ्दो बसाईसराई छ यसको रोक्ने उपाय खोज्ने छौ, बाँदर आतंक रोक्नका नित्ती केही निती सुधार गर्नुपर्ने छ त्यसमा काँग्रेसले नै नेतृत्व लिनेछ ” उनले सडक सञ्जाल सुधार, सिंचाइ विस्तार, स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्ने योजनाबारे पनि चर्चा गरेका छन । 
घरदैलो कार्यक्रम केवल राजनीतिक कार्यक्रम नभई भावनात्मक भेटघाट पनि बनेको  समानुपातिक उम्मेदवार शकुन्तला शर्मा बताउँछिन । अभियानमा कतै वृद्ध बुवाले पुराना दिन सम्झिए, कतै महिलाले घरको आर्थिक अवस्था सुनाए । श्रीस र शर्माले सबैलाई धैर्यपूर्वक सुनेर “हामी तपाईंकै बीचका छौँ निरन्तर साथमा रहने छौँ भने ।
निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवार पनि सक्रिय छन् । घरदैलो अभियानले गाउँ–टोलमा राजनीतिक बहस बढेको छ ।  घरदैलो अभियानले चुनावी माहोललाई थप बढाएको छ । उम्मेदवारसँगै काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य किरणराज पौडेल, पुर्व पार्टी सभापति दिपेन्द्रबहादुर थापा, जिल्ला सचिव हरिहर शर्मा क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल, महासमिति सदस्य सिताराम रसाईली, पुर्व महाधिवेशन प्रतिनिधि हरि आचार्य लगायतका नेताहरु साथमा रहेका छन । शुक्रबार विहान जैमिनी ८ छिस्तीको केवैखानी, नेपाने, गाँओ,  भडकुवा, धुसेनी, मर्ना, वाईनकुना रिठावट  पुगेका थिए । दिउँसो जैमिनी ७ जैदीको बेलबगर, रोटे, सतिढुंगा, बतासेडाँडा, भेडिखाल्टा हुँदै कुईधाङ घरदैलो अभियान संचालन गरिएको नेविसंघका केन्द्रीय सदस्य सुजन सापकोटाले जानकारी दिए ।  

No photo description available.

May be an image of one or more people and people studying

May be an image of one or more people, fog and tree

 

 
 

प्रतिक्रिया