बागलुङ नगरपालिकाको बजेट १ अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपैयाँ (पूर्णपाठ सहित)

  • असार १७, २०८३

बागलुङ,। उत्पादन, रोजगारी, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १९औँ नगरसभामा नगर उपप्रमुख राजु खड्काले बजेट प्रस्तुत गर्दै सीमित स्रोत–साधनका बाबजुद उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय सेवा, दिगो पूर्वाधार, सामाजिक सुरक्षा तथा स्थानीय रोजगारी विस्तारलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए।

नगरपालिकाले आगामी वर्ष नगरको अर्थतन्त्रलाई चलायमान बनाउने, श्रम बैंक स्थापना गरी स्थानीय श्रमिकलाई रोजगारीसँग जोड्ने, कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्ने, पर्यटन पूर्वाधार विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

बजेटमा नगर उपप्रमुख पर्यटन विकास तथा साना पूर्वाधार कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। होमस्टे प्रवर्द्धन, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, राँयाराँयकोटमा रक क्लाइम्बिङ परियोजनाको पहल, ब्लुहिल पर्यटन आयोजना, कृषि बजार व्यवस्थापन तथा बजार क्षेत्रको पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिएको छ।

कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न पकेट कार्यक्रम, पाडा–पाडी संरक्षण, निःशुल्क पशु स्वास्थ्य सेवा, कृषि परामर्श, कृषि यान्त्रीकरण, मौरीपालन, तरकारी तथा सुन्तला उत्पादन प्रवर्द्धन, स्थानीय मदिराको ब्रान्डिङ तथा बजारीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा वडा नं. १३ पैयुँपाटामा निर्माणाधीन १५ शैयाको नगर अस्पताल सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, स्वास्थ्यकर्मीको क्षमता विकास, निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड, विद्यालय नर्स कार्यक्रम, पूर्ण खोप, एचआईभी तथा लागुऔषध दुर्व्यसन नियन्त्रण, मनोसामाजिक परामर्श र स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ।

शिक्षातर्फ विद्यार्थी छात्रवृत्ति, प्रधानाध्यापक क्षमता विकास, करियर काउन्सिलिङ, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको सुविधा वृद्धि, नमूना विद्यालय तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम समेटिएका छन्।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन, लैङ्गिक हिंसा प्रभावितलाई मनोसामाजिक सेवा, 'नगरकी छोरी' कार्यक्रमको निरन्तरता, विपन्न नागरिक दाहसंस्कार सहयोग, ज्येष्ठ नागरिक सम्मान तथा योग र प्राकृतिक चिकित्सा कार्यक्रमलाई समेत बजेटले समेटेको छ।

सुशासनतर्फ नगर प्रमुख स्वरोजगार कार्यक्रम, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, डिजिटल सेवा विस्तार, बजार सुरक्षाका लागि ड्रोन प्रणाली सञ्चालन, बजार अनुगमन तथा न्यायिक समितिको कार्यलाई थप प्रभावकारी बनाउने कार्यक्रम अघि सारिएको छ।

पूर्वाधारतर्फ वडा तथा नगरस्तरीय सडक, अधुरा आयोजना सम्पन्न गर्ने, दाबगरा बसपार्क व्यवस्थापन, फुटपाथ, नाली, कृषि बजार तथा नगर गौरवका आयोजनाका लागि करोडौँ रुपैयाँ विनियोजन गरिएको छ। वडा नम्बर १ देखि १४ सम्मका वडा स्तरीय कार्यक्रमका लागि ६ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ भने नगरस्तरीय पूर्वाधार निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पत्ति कर तथा व्यवसाय कर समयमै बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, व्यवसाय दर्तालाई अभियानका रूपमा सञ्चालन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने तथा नदीजन्य पदार्थको वैज्ञानिक उपयोगमार्फत आन्तरिक राजस्व वृद्धि गर्ने नीति पनि लिएको छ।

नगर उपप्रमुख खड्काले चालु आर्थिक वर्षमा राजस्व संकलन अपेक्षाअनुसार हुन नसक्दा वित्तीय व्यवस्थापनमा चुनौती देखिएको उल्लेख गर्दै आगामी वर्ष आन्तरिक स्रोत परिचालन, उत्पादन वृद्धि र प्रभावकारी खर्च व्यवस्थापनमार्फत नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे। बजेटको पूर्णपाठ सहित

 

नगरसभाका अध्यक्ष महोदय,
नगरसभाका सदस्यज्यूूहरु
१. बागलुुङ नगरपालिकाको नगर उप–प्रमखको हैसियतले आर्थिक बर्ष २०८३।०८४ को बजेट तथा कार्यक्रम, आ.व. २०८२।८३ को प्रगति समिक्षा सहित १९ औं नगरसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० बमोजिम स्थानीय तहलाई दिइएको अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम उपस्थित भएको छु । बागलुङ नगरपालिकाले हालसम्म हासिल गरेका सबै प्रकारका उपलब्धिहरुलाई संस्थागत गर्दै थप उपलब्धी प्राप्तीका लागि यो बजेट र कार्यक्रम फलदायी हुने विश्वास लिएको छु । 
२. सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दश वर्षे जनयुुद्ध,  जेनजी आन्दोलन, राजनैतिक क्रान्ति, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै जिवन उत्सर्ग गर्ने अमर शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धासुुमन अर्पण गर्दछुु । साथै बेपत्ता परिवार, घाइते तथा अपांगता भएका व्यक्ति लगायत सम्पूर्ण जनसमुदायहरुप्रति हार्दिक अभिनन्दन सहित उच्च सम्मान प्रकट गर्दछुु ।
३.  बागलुुङ नगरपालिकाको पहिलो जननिर्वाचित नगर प्रमुुख स्व.ऋृषीराम शर्मा तथा नगर उप–प्रमुुख पद्मचन्द्र राजभण्डारी लगायत अग्रज नेतृत्वहरुको महत्वपूुर्ण योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछुु ।
४. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो स्थानीय तहको निर्वाचनबाट हामीले यस नगरपालिकाको निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी ग्रहण गरेको चार वर्ष पुुरा भईसकेको छ । यस चार वर्षमा नगरवासीहरुप्रति पूूर्ण रुपमा उत्तरदायी बनेर कार्य गरिरहेका छौं र सबै नगरवासीहरुबाट पाएको आत्मिय माया तथा प्राप्त सल्लाह, सुुझाव एवं स्वच्छ आलोचनाका लागि हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछुु ।
५.  नेपालको संविधानले मुलुकमा दिगो शान्ती, सुशासन, विकास र समृद्धिको आकांक्षा राखेको छ । संविधान बमोजिम मौलिक हकको कार्यान्वयन गर्दै सोह्रौ योजना तथा हामिले लिएका सोच लक्ष्य र उद्देश्य हासिल गर्न समन्यायिक र दिगो आर्थिक वृद्धि मार्फत आम नागरिकको जीवनमा गुणात्मक सुधार ल्याउन, निरपेक्ष तथा बहुआयमिक गरिबिको अन्त्य गरी नागरिकको परिस्कृत एवं मर्यादित जिवनयापनको वातावरण सिर्जना गर्न र सामाजिक सुरक्षा तथा संरक्षण गर्दै न्यायपूर्ण समाजको निर्माण गर्नु आजको आवश्यकता हो । स्थानीय अर्थतन्त्रका कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादन तथा उत्पादकत्वका साथै श्रमको उत्पादकत्व अभिवृद्धि एवं उत्पादनसिल र मर्यादित रोजगारी सृजना गर्नु, आर्थिक श्रेत्रमा देखिएको असरलाई सम्बोधन गर्दै उत्पादन, बचत तथा लगानी अभिवृद्धि गर्नु, उपयोगमुखी आयात न्युनिकरण गरी व्यापार असन्तुलन घटाउदै बाह्य क्षेत्रलाई स्थायित्व प्रदान गरि दीगो बनाउनु, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा लगाई अर्थतन्त्रलाई चलायमान बनाउनुु, विपद जोखिम न्यूनिकरणका क्षेत्रमा उत्थानशीलता र जलबायु अनुकुलनशीलता कायम गर्नु र नगरलाई आधारभूत उत्पादनमा आत्मनिर्भर बनाउन यो नगरसभा एक ढिक्का भएर लाग्न पर्ने आवश्यकता देखिन्छ । यो अवस्थामा पनि सन्तुुलित एवं समावेशी विकास, आर्थिक बृद्धि, सुुशासन, दिगो पूर्वाधार विकास, बालमैत्री स्थानीय शासनको दिगोपना, रोजगारी तथा शिपमुुलक तालिम, पर्यटन विकास र सामाजिक विकासको कार्यमा बजेट लक्षित गर्ने भरपुर प्रयास गरेको छुु ।
६. नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, नेपालको दीगो विकास लक्ष्य, सोह्रौ योजना, नेपाल सरकारको नीति तथा कार्यक्रम, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, मध्यकालिकन खर्च संरचना, आवधिक योजना र बागलुङ नगरपालिकाको आवधिक योजना, मध्यमकालिन खर्च संरचनाले निर्दिष्ट गरेका योजना तथा बजेट सहित स्थानीय राजनैतिक दलहरु, स्थानीय विज्ञ, नागरिक क्षेत्रका अगुवा, विषयगत समिति लगायत सरोकारवाला संघ सस्थाहरुको सुुझाव, वडा समिति र टोल भेला तथा नागरीकबाट प्राप्त भएका सुझावलाई समेत ग्रहण गर्दै बजेट तर्जुुमाको मार्गदर्शनको रुपमा लिएको छुु । साथै यस गरिमामय नगरसभामा नगर प्रमुुखज्यूूबाट प्रस्तुुत आ.ब २०८३÷०८४ को नीति तथा कार्यक्रमलाई प्रमुुख आधार बनाई सिमित श्रोत र साधनबाट अधिकतम आवश्यकता सम्बोधन हुने गरी यो बजेट तथा कार्यक्रम बनाएको छुु । 
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अव म बागलुुङ नगरपालिकाको गत आर्थिक बर्ष २०८१÷०८२ को वित्तिय विवरणको यथार्थ अवस्था संक्षेपमा प्रस्तुुत गर्न चाहन्छुु ।
आर्थिक वर्ष २०८१।०८२ मा प्रस्तावित आय अनुमान रु. १,७४,५८,०४,३५७। (एक अर्व चौरत्तर करोड अन्ठाउन्न लाख चार हजार तीन सय सन्ताउन्न रुपै“या) भएकोमा नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm १४,५६,२३,१२०। (चौध करोड छपन्न लाख त्याइस हजार एक सय विस रुपै“या मात्र), सशर्त अनुदान चालु तर्पm रु ५१,३६,६५,७०९। (एकाउन्न करोड छत्तीस लाख पैसठ्ठी हजार सात सय नौ रुपै“या मात्र), सशर्त अनुदान प“ुजीगत तर्पm रु ४५,९८,४४,१०६। (पैतालिस करोड अन्ठानब्बे लाख चौवालीस हजार एक सय छ रुपै“या मात्र), समपुरक अनुदान पु“जीगत तर्पm रु ३,३९,६७,४९७। (तीन करोड उन्चालीस लाख सठसठ्ठी हजार चार सय सन्तानब्बे रुपै“या मात्र) गरी जम्मा रु १,१५,३१,००,४३२ (एक अर्ब पन्ध्र करोड एकतीस लाख चार सय बत्तीस रुपैया“ मात्र), प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्पm रु २,२६,७६,०००। (दुई करोड छब्बीस लाख छयात्तर हजार रुपैया“ मात्र), समपुरक अनुदान रु. ४०,१२,६००। चालीस लाख बाह्र हजार छ सय रुपैया“ मात्र) र विषेश अनुदान पु“जीगत तर्फ २८,५३,०००। (अठ्ठाइस लाख त्रिपन्न हजरा रपै“या मात्र)  गरी प्रदेश तर्फ जम्मा रु २,९५,४१,६००। (दुई करोड पन्चानब्बे लाख एकचालिस हजार छ सय रुपैया“ मात्र) त्यसै गरी संघ, प्रदेश र स्थानीय तहको राजस्व बांडफांड तर्पm रु १४,६४,८८,१११। (चौध करोड चौसठ्ठी लाख अठासी हजार एक सय एघार रुप“ैया) र आन्तरिक आय तर्पm अल्या सहित रु १०,०७,३४,०६७। (दस करोड बयानब्बे लाख पचासी  हजार एक सय छ्यात्तर रुपैया“ मात्र) गरी जम्मा रु १,४२,९९,६४,२११। (एक अर्ब बयालीस करोड उनान्सय लाख चौसठ्ठी हजार दूई सय एघार रुपैया“ मात्र) यथार्थ आय प्राप्त भई लक्ष्यको ८१.९ प्रतिशत मात्र यथार्थ आय भएको ब्यहोरा गरिमामय सभामा जानाकारी गराउदछु । 
त्यसै गरी खर्च तर्पm आर्थिक विकासका लागि रु ४,३६,७०,५३२। (चार करोड छत्तीस लाख सत्तरी हजार पाच सय बत्तिस रुपैया“ मात्र), सामाजिक विकास तर्पm रु ५६,५०,६३,६४०। (छपन्न करोड पचास लाख त्रियासी हजार छ सय चालिस रुपैया“ मात्र), पूूर्वाधार विकास तर्पm रु ५४,६८,३७,६३१। (चौवन्न करोड अठसठ्ठी लाख सैतिस हजार छ सय एकतीस रुपैया“ मात्र), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्पm रु १०,०४,१३,७५८। (दस करोड चार लाख तेह्र हजार सात सय अन्ठाउन्न रुपैया“ मात्र) र कार्यालयको सञ्चालन तर्पm रु १५,७१,२६,७३७। (पन्ध्र करोड एकहत्तर लाख छब्बीस हजार सात सय सैतिस रुपैया) गरी जम्मा रु १,४१,३२,३२,२९९÷– (एक अर्व एकचालीस करोड बत्तीस लाख बत्तीस हजार दुई सय उनान्सय रुपैया“ मात्र) खर्च भई कुल बजेट को ७०.९५ प्रतिशत खर्च भएको ब्यहोरा सम्मानित नगरसभा मा जानाकारी गराउन चाहान्छु । 
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
    अव म चालु आ.व.२०८२।०८३ को आषाढ २ गते सम्ममा वजेट योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका तथ्यहरु र वजेटको स्वरुपलाई प्रस्तुुत गर्ने अनुुमति चाहन्छु । 
नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु. १५,३७,००,०००। (पन्ध्र करोड सैतीस लाख) अनुमान भएकोमा रु. १४,०५,५८,६५०। (चौध करोड पा“च लाख अन्ठाउन्न हजार छ सय पचास रुपैया“ मात्र) प्राप्त भएको, सशर्त अुनदान चालु रु. ५५,१८,२०,०००। (पच्पन्न करोड अठार लाख बीस हजार रुपैया“ मात्र) आय अनुमान भएकोमा रु. ४९,२३,५५,००० (उन्पचास करोड त्याइस लाख पच्पन्न हजार रुपैया“ मात्र) प्राप्त भएको, सशर्त अुनदान पु“जीगत रु. १७,८४,००,०००। (सत्र करोड चौरासी लाख रुपैया“ मात्र) आय अनुमान भएकोमा रु. १३,९१,६४,५७० (तेह्र करोड एकानब्बे लाख चौसठ्ठी हजार पा“च सय सत्तरी रुपैया“ मात्र) प्राप्त भएको, समपुरक अनुदान रु. २,२४,००,०००। (दुई करोड चौबिस लखा रुपैया“ मात्र) अनुमान भएकोमा रु. १,३३,००,०००। (एक करोड तेत्तीस लाख रुपै“या मात्र) प्रँप्त भएको, प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान, समपुरक र सर्शत अनुदान तर्पm रु. ३,१८,८२,०००। (तीन करोड अठार लाख बयासी हजार रुपैया“ मात्र) आय अनुमान भएकोमा रु. २,६७,८२,०००। (दुइ करोड सठ्सठ्ठी लाख बयासी हजार रुपै“या मात्र) प्राप्त भएको, राजस्व वांडफांड तर्पm रु. १६,१२,६०,८०८। (सोह्र करोड बाह्र लाख साठी हजार आठ सय आठ रुपैया“ मात्र) आय अनुमान भएकोमा रु. १२,२९,७५,९८८। (वाह्र करोड उन्तीस लाख पचहत्तर हजार नौ सय अठासीे रुपैया“ मात्र) प्राप्त भएको छ ।आन्तरिक राजस्वको आय र गत बर्षको बैंक मैज्दात सहित रु. २०,२९,१५,७६०। (बिस करोड उन्तीस लाख पन्ध्र हजार सात सय साठी रुपै“या मात्र) आय अनुमान भएकोमा खुद आय रु ७,१३,२५,५९३। (सात तेह्र लाख पच्चीस हजार सात सय साठी रुपै“या मात्र) प्राप्त भई जम्मा रु १,०१,६२,११,८०२÷– (एक अर्ब एक करोड बैसठ्ठी लाख एघार हजार आठ सय दुई रुपै“या मात्र) आर्थात ७७.३७ प्रतिशत वास्तविक आय प्राप्त भएकोले कुल आय अनुमानमा अझै रु. २९,७१,६६,७६७।–(उन्तीस करोड एकहत्तर लाख छैसठ्ठी हजार सात सय सठ्सठ्ठी रुपै“या मात्र) प्राप्त हुन बा“की रहेको छ । यस अवधि सम्म चालु खर्च ६७.९ प्रतिशत,  पूजिगत खर्च ५२.३६ प्रतिशत र बित्तिय ब्यवस्था खर्च ५०.९ प्रतिशत खर्च भई औसत जम्मा खर्च प्रतिशत ६२.३४ भएको व्यहोरा जानाकारी गराउन चाहान्छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
चालु आ.व.२०८२।०८३ का विद्यमान आर्थिक गतिविधिहरु एवं बजेट कार्यान्वयनको सन्दर्भमा देखिएका केहि चुनौतीहरुलाई समीक्षात्मक रुपमा प्रस्तुुत गर्दछुु ।
१. आन्तरिक श्रोतमा अपेक्षित उपलव्धी नहुनु । 
२. आर्थिक श्रोत साधनको सीमितता र स्थानीय असिमित आवश्यकता रहनु ।
३. केन्द्र तथा प्रदेश सरकारवाट प्राप्त हुनुुपर्ने राजस्व वांडफांड र बित्तिय समानीकरण अनुदान शर्त बमोजिम प्राप्त हुन नसक्नु । 
नगरसभाबाट स्वीकृत योजना तथा कार्यक्रमहरु धेरै जसो सम्पन्न भइसकेको र केही सम्पन्न हुन अन्तीम चरणमा पुगेका छन् । जसले गर्दा कार्य सम्पन्नताका आधारमा भुक्तानी दायित्व श्रृजना हु“दै गएको तर अपेक्षित आयको लक्ष्य हासिल गर्न नसकिएकाले वित्तिय व्यवस्थापनमा चुनौती थपिएको छ । यसैगरी संघ, प्रदेश र स्थानीय तहको विकास सम्बन्धि नीति तथा योजना तर्जुमा र कार्यान्वयन, राजस्व बा“डफा“ड  र अधिकार क्षेत्रमा समन्वय र सहजिकरणको आवश्यकता महसुस गरेको छु  ।
सभाका अध्यक्ष महोदय, 
चालु आ.व. २०८२/०८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा श्रोतगत चुनौतीहरुका बावजुद पनि भए गरिएका उपलव्धीहरुलाई संक्षेपमा उल्लेख गर्ने अनुमति चाहन्छु । 
१.     १७ आ“ै र १८ औ“ नगर सभाबाट स्वीकृत भएका योजना तथा कार्यक्रमहरु मध्ये ३९९ योजना तथा कार्यक्रमहरु उपभोत्ता समिती÷संस्था मार्फत सम्झौता गरि कार्य थालनी भएकोमा हाल सम्म ३३० योजना तथा कार्यक्रमहरु सम्पन्न भइ ८३ प्रतिशत भौतिक प्रगति भएको छ भने ठुला प्रकृतिका १८ वटा आयोजनाहरु निर्माण ब्यवसायी मार्फत संचालन गरि ६५ प्रतिशत भौतिक प्रगती सहित निर्माण कार्य भैरहेको छ । 
२.    बागलुङ नगरपालिकामा उपभोक्ता समिति मार्फत संचालित महत्वपूर्ण आयोजना मध्ये नमुना विद्यालयका लागि स्वीकृत गणेश मा.वि. बा.न.पा. १४ को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसै गरी बागलुङ नगरपालिका वडा न.ं ३ मा वि.पी स्मृती भवनको निर्माण कार्य सम्पन्न भएको । मालिका पर्यटकीय क्षेत्र सुधार एवं मन्दिर निर्माण अन्तर्गत मालिका भगवतीको मन्दिरको अगाडी बाघको टाउकाको मुर्ति निर्माण कार्यले अन्तिम रुप लिन लागेको छ । पञ्चकोटमा अतिथि भवन, मालढुङ्गा खुदुर्केघाटमा लक्ष्मीनारायण मन्दिर, मानव सेवा आश्रम भवन निर्माण तथा घेराबार कार्य चलिरहेका छन् ।  बा.न.पा. ४ कुडुलेमा जमिन मुनीको भुमिगत पानी लिप्mटिङ प्रविधि मार्फत बोरीङ कार्य सम्पन्न हुन लागेको छ । डि.सी.आर.डी.सी. पछाडी देखी गौरीधाम सडक, माझिवस्ती सडक विस्तार, लम्गाउ माझघर मोटरबाटो, लामिचौर खोनपानी धारा निर्माण १४ नं. वडा कार्यालय देखी हटिया सडक जस्ता ठुला आयोजनको स्तरउन्नती कार्य सम्पन्न भएका छन् । 
३.  ठेक्का प्रक्रिया मार्फत संचालनमा रहेका शालिग्राम संग्रहालय देखी अधेरीखोल खेल मैदान सम्म करिब १३५ मि पक्की सडक, वडा नं. ५ का विभिन्न सडकहरुको करिब १२५ मि नाली ७६ मि पक्कि सडक, वडा नं. १० को खेल मैदान देखी व्याड सम्म करिब १३५ मि पक्की सडक, वडा नं. ९ को अदुवाबारी टीमुरे शिस्नेरा १०० मि पक्की सडक निर्माण कार्य सम्पन्न भएको छ । संघीय समानिकरण अनुदान अन्तर्गत बा.न.पा. १४ मा रु ४ करोड ३५ लाखको सडक निर्माण कार्यको सम्झौता प्रकृया सम्पन्न भई निर्माणको चरणमा छ, बजार क्षेत्र भित्रका विभिन्न सडकहरुको स्तरोन्नती कार्य करीब ७० प्रतीशत पुगेको छ, सडक बोर्ड संगको सहकार्यमा बा.न.पा. ४ तिरुपती चोक देखी बा.न.पा. छ पञ्चकोट सम्मको रु ६० लाख बराबरको सडक मर्मत कार्य सम्झौताको प्रकृया रहेको छ । 
४.    नेपाल शहरी शासकिय सुधार तथा पूर्वाधार कार्यक्रम (ल्ग्न्क्ष्ए) अन्तर्गत मुलपानी स्कूल–हर्राचौर–कालीमाटी–तितौरे सडक वडा न.ं ७, वडारचौर–ढोडेनी–फोर्से सडक स्तरोन्नती वडा न.ं ४ र माझीबस्ती–निरहेघाट सडक स्तरोन्नती वडा न.ं १ का सडक आयोजनाहरुको १२ कि.मी सडक कालोपत्रे सम्पन्न भई सोही आयोजनाबाट थप सडकहरु स्तरउन्नतीको कार्य भइरहेको व्यहोरा यस गरिमामय सभामा जानकारी गराउदछु ।
५.     हामी निर्वाचीत भए संगै लक्ष्य लिइएको वालमैत्री स्थानीय शासन घोषणा ले पुर्णता प्राप्त गरे संगै नगर क्षेत्रभित्र निर्माण हुेन आयोजनाहरु बालमैत्री हुनेगरी अगाडी बढाइएका छन् । 
६.     १० लाखभन्दा माथिका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन नगरस्तरीय समितिबाट र सो भन्दा कम बजेटका योजना वडास्तरीय समितिबाट र अन्य महत्वपूर्ण योजनाहरु जिल्ला स्तरीय अनुगमन समितिबाट गरी काम गरेका योजना तथा कार्यक्रमको सम्बन्धित फिल्डमा पुगी नापजाँच गरी भुक्तानीका लागि सुझाव सहित नगरपालिकामा सिफारिश गर्ने कार्य गरिएको छ । काम अधुरो र कमजोर निर्माण गरेका योजनाको हकमा सुधार समेत गर्न लगाई भए गरेका कार्यहरुको यथार्थ मूूल्याङ्कन गरी भुक्तानीका लागि सिफारिश गर्ने गरिएको छ ।
७.     बागलुङ नगर क्षेत्रभित्र अन्य कार्यालयबाट संचालन गरिएका ठूला पूर्वाधार आयोजनामा दोहोरो पर्न नदिन अनुगमन गर्ने क्रममा तत्काल सम्बन्धित कार्यालयसंग समन्वय गरिएको छ ।
८.     जुनसुकै मौसम र समयमा नगर क्षेत्रभित्र नियमित यातायात संचालनका लागि सम्बन्धित फिल्डमा गई तत्काल बाटो खुलाउने कार्य निरन्तर गरिएको छ ।
९.     निर्माण व्यवसायीबाट निर्माण भएका योजनाहरुको हकमा फिल्डमा निर्माण कार्य राम्रो गरेकाको हकमा मात्र सिफारिश गर्ने गरिएको, केहि रुग्ण आयोजनाहरुको हकमा नगर कार्यपालिकाको बैठकमा छलफल गर्ने कार्य अगाडि बढाईएको छ ।
१०. बागलुङ नगरपालिकाको पहलमा जिल्ला स्तरीय निकायका प्रमुख सहितको टिमबाट क्रसर उद्योग, सडक निर्माण लगायत ठूला पूर्वाधार आयोजनाहरुको अनुगमन गराउने कार्य गरिएको छ । कानून बमोजिम नगर क्षेत्रभित्र पर्ने बगरहरुको एकिकृत आय ठेक्का प्रक्रिया यस बर्ष पनि अगाडी बढाउने तयारी गरीएको छ । 
११. दावगरामा बसपार्क दिर्घकालीन रुपमा सञ्चालनमा ल्याउनका लागि २५ बर्षको ठेक्का पश्चात नियमित सञ्चालनमा आइरहेको अवस्थामा पहु“च मार्ग स्तरोन्नती तथा आवश्यक मर्मत कार्य सञ्चालन भइरहेको छ । 
१२. बागलुङ नगरपालिकालाई पर्यटन क्षेत्रमा पहिचान गराउने  उद्धेश्यका साथ बागलुङ नगरपालिकाको पर्यटन नारा र लोगो समेत निर्माण गरिएको छ भने नगरका सम्पुर्ण सामुदायिक माध्यमिक विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लव पुनःर्गठन गरी नगरस्तरीय पर्यटन विद्यार्थी क्लव गठन गरिएकोे छ । बागलुङ नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन विकासमा टेवा पुग्ने गरी मठ, मन्दिर तथा सांस्कृतिक महत्वका विषयमा लगानी गरिएको छ ।
१३. बागलुङ नगरपालिका र हेफर ईन्टरनेशनल नेपाल संगको सहकार्यमा संचालन रहेको आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तरगत बागलुङ नगरपालिकाको वडा नं. ५ देखि १४ मा कृषि तथा पशु विकासका कार्यक्रम सञ्चालन भई नगर क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको महशुस गरेको छु । 
१४ मुख्यमन्त्रि नव प्रवद्र्धन कार्यक्रम संगको साझेदारीमा निर्माण कार्य सुरु भई बागलुङ नगरपालिकाको थप लागतमा बा.न.पा. ३ मा कुकुर सेल्टर हाउस (डग होस्टेल) को पूर्वाधार निर्माण कार्य सम्पन्न भई हाल सञ्चालनमा आएको छ । ५० कुकुर व्यवस्थापन गर्न सक्ने क्षमता रहेको यस सेल्टर हाउमा हाल दुई दर्जन बढी सामुदायिक अति आक्रामक र रोगी कुकुरहरुको हेरचार भइरहेको व्यहोरा यस गरिमामय सभामा जानकारी गराउदछु ।
१५ प्रचुर पर्यटकिय सम्भाबना बोकेको बा.न.पा. ९ डोय स्थित ब्लु हिल पर्यटकिय पुर्वाधार निर्माण कार्यले हाल प्रगति लिइरहेको छ भने थप विस्तार र त्यहा“ सम्म पुग्ने सडकको स्तरोन्नतीको लागि थप आवश्यक पहल भइरहेको छ ।

आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म आन्तरिक तथा बाह्य राजस्व परिचालनको क्षेत्रतर्फ भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
राजस्व परिचालन तर्पm 
नगरपालिकाको आ.व. २०८२।८३ को लागि १ अर्ब ३१ करोड ३३ लाख ७८ हजार ५ सय ६९ संशोधित अनुमान स्वीकृत गरिएकोमा २०८३ आषाढ २ गते सम्म १ अर्ब १ करोड ६२ लाख ११ हजार ८ सय २ रुपैयाँ अर्थात कुल अनुमानको ७७.३७ प्रतिशत संकलन भएको व्यहोरा पेश गर्दछु । 
बजेट तथा खर्चको विवरण ः–
चालु खर्चतर्फः
चालु खर्च शिर्षक अन्तर्गत ८४ करोड ५८ लाख २७ हजार ८ सय ३० रुपैँया संशोधित विनियोजन स्विकृत गरिएकोमा २०८३ आषाढ २ गते सम्म ५७ करोड ४३ लाख ५६ हजार ३ सय ३२ रुपैँया अर्थात कुल स्विकृत विनियोजनको ६७.९% खर्च भएको छ । 
पुँजीगत खर्चतर्फः
पुंँजीगत खर्च शिर्षक अन्तर्गत ४४ करोड ४४ लाख ५२ हजार २ सय ४० रुपैँया संशोधित विनोयोजन स्विकृत गरिएकोमा २०८३ आषाढ २ गत सम्म २३ करोड २६ लाख ९९ हजार ८ सय १२ रुपैँया  अर्थात कुल स्विकृत विनियोजनको ५२.३६% खर्च भएको व्यहोरा जानकारी गराउँदछु ।
वित्तीय व्यवस्थातर्फः
वित्तिय व्यवस्थापन खर्च शिर्षक अन्तर्गत २ करोड २० लाख ९८ हजार ४९९ विनोयोजन स्विकृत गरिएकोमा १ करोड १३ लाख ४२ हजार ४ सय ८२ रुपौँया खर्च भई कुल स्विकृत विनियोजनको ५०.९% वित्तीय प्रगती हासिल भएको व्यहोरा प्रस्तुत गर्दछु । 
चालु आर्थिक बर्ष ०८२।०८३ को कुल स्वीकृत संशोधीत अनुमान १ अर्ब ३१ करोड ३३ लाख ७८ हजार ५ सय ६९ रुपैँया मा खर्च रु. ८१ करोड ८८ लाख १२ हजार १ सय ६१ खर्च अर्थात ६२.३४% वित्तीय प्रगती हासिल भएको व्यहोरा पेश गर्दछु । चालु आ.व. का स्वीकृत योजनाहरु सम्झौता तथा कार्यान्वयन भई भुक्तानी हुने क्रममा रहेकोले यसको वित्तीय प्रगती आर्थिक वर्षको अन्त्य सम्ममा ८० प्रतिशत सम्म पुग्ने अपेक्षा गरेको छु ।
आदरणीय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु,
अब म चालु आ. व. २०८२।८३ मा नगरपालिकाको विषयगत क्षेत्रतर्फ मिति २०८३ आषाढ १६ गते सम्म भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आ.व. २०८।८३ मा आर्थिक विकास क्षेत्रका लागि २ करोड ७३ लाख १० हजार रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हाल सम्मा ९७ लाख १५ हजार ६ सय ३३ रुपैयाँ अर्थात कुल अनुमानको ३५.५८ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
सामाजिक विकास क्षेत्र
आ. व. २०८२।८३ मा सामाजिक विकास क्षेत्रका लागि ६५ करोड ६४ लाख ४७ हजार ८ सय ९० रुपैया“संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म ५५ करोड ८३ लाख ६३ हजार ६१ रुपैयाँ अर्थात कुल अनुमानको ८५.०६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
पूर्वाधार विकास क्षेत्र
आ.व. २०८२।८३ मा पूर्वाधार विकास क्षेत्रका लागि ३७ करोड ६२ लाख ८७ हजार ५ सय २० रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म २३ करोड ७९ लाख १७ हजार ६ सय नौ रुपैयाँ अर्थात कुल अनुमानको ६३.२३ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
आ. व. २०८२।०८३ मा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ७ करोड ६८ लाख ७२ हजार ६ सय २९ रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म ३ करोड ५८ लाख २६ हजार १ सय २७ रुपैयाँ अर्थात कुल अनुमानको ४६.६ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी गराउछु ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र
आ. व. २०८२।८३ मा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १७ करोड ६४ लाख ६० हजार ५ सय ३० रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हाल सम्म १२ करोड ९ लाख ७० हजार १ सय ७७ रुपैयाँ अर्थात कुल अनुमानको ६८.५५ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।

आदरणीय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु,
अब म नगरपालिकाको विकासका चुनौती र अवसरहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
माथि प्रस्तुत गरिएको चालु आ. व.२०८२।८३ को हाल सम्मको अवधिको वित्तीय तथा भौतिक प्रगती विवरणको आधारमा तयार गरिएको संक्षिप्त समिक्षाको प्रवृत्ति विश्लेषण गर्दा आ. व. २०८२।०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न केहि चुनौती तथा अवसरहरु रहेको देखिएको छ । नगरपालिकाको विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै गर्दा देखा परेका चुनौतीहरुलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
चुनौतीहरुः
१.    नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन सहित) बमोजिमका व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
२.    सीमित स्रोत र साधनबाट असिमित जनचाहना तथा सबै तर्फका आवश्यकताहरुलाई एकमुष्ट रुपमा तत्कालै सम्बोधन गर्ने,
३.    विभिन्न सात तहसम्मको योजना प्रक्रिया पूरा गरी योजना माग, छनौट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरुपको उत्तरदायित्व पूरा गर्न स–साना योजनाहरुलाई वडा तहबाट सम्बोधन गर्न लगाई मझौला आकारका योजनामा नगरपालिकाको बजेटलाई केन्द्रित गर्ने,
४.    उपभोक्ता समितिको काम कारवाहिमा पारदर्शिता, जवाफदेहिता र अर्थपूर्ण जनसहभागीता कायम राख्ने,
५.    ठेक्का तथा उपभोक्ता समिति मार्फत गरिने कार्य समयमा सम्पन्न गर्ने,
६.    गैर सरकारी संस्था क्षेत्रको बजेट, कार्यक्रमलाई नगरपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने, 
७.    दिगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरुलाई स्थानीयकरण गर्ने, 
८.    आन्तरिक राजस्व संकलनको लक्ष्यलाई हासिल गर्न स्थानीय नागरिक तथा स्थानीय सरकारप्रति एक अर्काका पूरकका रुपमा रहेको आभाष दिलाउँदै घरदैलोको सरकारका रुपमा आशा र भरोसाको सञ्चार गर्ने,
९.    आर्थिक संकटका कारण नेपाल सरकार तथा प्रदेश सरकारबाट अनुमान गरिएको राजस्व तथा अनुदानको रकम सबै प्राप्त हुने अवस्थाको सुनिश्चितता नहुँदा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनमा द्विविधा हुने गरेको ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
माथि उल्लिखित चुनौतीहरु विद्यमान हुँदाहुँदै पनि यस नगरपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताका कारण हामीसंग उपलब्ध अवसर र सम्भावनालाई नगरको विकासका लागि संम्पत्तिको रुपमा लिई हाम्रा कार्यहरु अघि बढाउनु पर्ने छ ।
अवसर तथा सम्भावनाहरुः
१.    मुलुकको गौरवको योजनाका रुपमा रहेका मध्य पहाडी राजमार्ग र कालिगण्डकी करिडोर जस्ता महत्वपूर्ण राजमार्गहरुको सहज पहुँच,
२.    साविक धौलागिरी अञ्चलकै सदरमुुकाम तथा जिल्ला सदरमुकाम नै बागलुङ नगरपालिकामा अवस्थित भएको कारण विभिन्न सरकारी कार्यालय, निजि तथा गैर–सरकारी संघ संस्था तथा नेपालको उच्च तह सम्म पहुँच राख्ने विशिष्ट व्यक्तिहरुसँगको आवश्यकता बमोजिमको पहुँच तथा उपलब्धता
३.    हावापानी तथा जलवायुको दृष्टिबाट आवासीय सहरको सम्भावना भई तिव्र शहरीकरण हुँदै गरेको,
४.    विभिन्न स्थानीय स्रोत र साधनहरुको परिचालन गरी स्थानीयस्तरमा उद्योग, पर्यटन तथा अन्य व्यवसाय सञ्चालनमा सहजता देखिएको,
५.    नगरपालिका र वरिपरिका क्षेत्रलाई प्याकेजको रुपमा धार्मिक, ऐतिहासिक सम्पदा एवम् उष्णदेखि शितोष्ण जलवायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्य भएका स्थानहरु समेटी उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने, 
६.    स्थानीय स्तरमा उपलब्ध भएका खनिज तथा नदीजन्य पदार्थको व्यवस्थित उत्खनन् र उपयोग गरी नगरपालिकाको विकास निर्माण तथा आयस्रोत बढाउन सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । 
७.    संघ÷प्रदेशबाट नगरपालिकाको लागि पर्यटन, यातायात लगायतका पूर्वाधारहरुमा बजेट सम्बोधन हुने गरेको छ । 
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अब म आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटका उद्धेश्य र प्राथमिकताहरु प्रस्तुुत गर्ने अनुमति
चाहन्छुु ।
क) नगरको अर्थतन्त्रलाई चलायमान बनाइ उच्च एवं समावेशी आर्थिक बृद्धि हासिल गर्ने ।
ख) बालमैत्री स्थानीय शासन नगर घोषणा भए संगै यसको दिगोपनाको सूचिश्चितता गर्ने ।
ग) शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता नागरिकका अत्यावश्यकीय सेवालाई गुुणस्तरीय र आम नागरिकको पहुच सहजरुपमा पु¥याउने ।
घ) सुुशासन र नागरिक मैत्री सेवा प्रवाह गर्ने ।
ङ) फोहोर मैलाको उचित व्यवस्थापन तथा वातावरण संरक्षणमा सहयोग पुु¥याउने ।
च) नगर क्षेत्र भित्र रहेका श्रमिकहरुको सीप, अनुभव, र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी श्रमबैंक स्थापना गरी श्रमबैंकमा आवद्ध श्रमिकहरुलाई रोजगारको अवसरहरु सृजना गर्ने र समान कामको लागि समान ज्यालाको सिद्धान्तलाई कडाईका साथ कार्यान्वयनमा जोड दिइने ।
छ) कृषि पशुु तथा पर्यटन विकास जस्ता आर्थिक विकासका क्षेत्रहरुमा टेवा पुु¥याउने ।
ज) योजना निर्माण, विकास र समृद्धिमा सार्वजनिक नीजि र सहकारी क्षेत्रको साझेदारीलाई उच्च प्राथमिकता दिने ।
झ) उत्पादनशील गतिविधि सञ्चालन गरी, उद्यमशीलता तथा स्थानीय रोजगारी श्रृजना गर्ने ।
ञ) अनुुसन्धान र सामाजिक विकासका कार्यलाई प्राथमिकतामा राख्ने  ।

सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
  अब म आर्थिक बर्ष २०८३÷८४ का लागि लिईएको राजस्व सम्बन्धी नीतिहरु प्रस्तुुत गर्दछुु ।
    ज्ञ. बागलङ नगरपालिकाले स्वीकृत गरेका मौजुदा करका श्रोतहरुमा आवश्यक परिमार्जन गरी सोही आधारमा स्वीकृत राजस्व असुलीलाई प्रभावकारी बनाई स्थानीय श्रोत साधनको समुचित उपयोगको नीति लिईएको छ । 
    द्द. नगरका विभिन्न वडामा रहेका स्थानीय श्रोतहरुको अध्ययन गरी अवस्था र आवश्यकता अनुसार कानून निर्माण गरी सम्भाव्य श्रोतहरुको समुचित उपयोग गर्ने नीति लिईएको छ ।  
    घ. राजस्व संकलनका लागि सार्वजनीक नीजि साझेदारीको सम्भावनाको खोजि गर्ने । साझेदार संस्थालाई राजस्व संकलनको तुलनात्मक रुपमा कार्यक्रम अनुदान प्रदान गर्ने नीति लिईएको छ । 
    द्ध. नगर क्षेत्र भित्र सञ्चालित ठुला आयोजनाको निर्माणका कारण सडक जिर्ण हुने अवस्था आएमा त्यस्तो जिर्ण अवस्थाको मुल्यांकनका आधारमा स्थानीय सडक उपयोग सम्बन्धी शुल्क लगाउन आवश्यक नीति निर्माण गरिने छ । 
    छ. कालिगण्डकी, काठेखोला लगायतका सम्भाव्य स्थलको प्रारम्भिक वातावरणीय अध्ययन गरी प्रतिवेदनका आधारमा नदी खोलाको पर्यवरणीय सन्तुुलन नविग्रने गरी नदी जन्य पदार्थको उत्खनन गरी आन्तरिक श्रोत बृद्धि गरिने छ ।
    ट. नगर क्षेत्र भित्र दर्ता नगरी संचालनमा रहेका पेशा व्यवसाय तथा फर्महरुलाई आगामी असोज मसान्तसम्म दर्ता गर्न समय दिइएको छ । उक्त अवधि भित्र दर्ता नगरेमा नियमानुुसार कारवाहीको प्रकृया अगाडी बढाइने छ ।
    ठ. बजारलाई मर्यादित, स्वच्छ, प्रतिस्पर्धी र उपभोक्ता मैत्रि बनाउनलाई बजार अनुुगमन कार्यलाई सरोकारवालाहरुको समेत सहभागितामा प्रभावकारी बनाइने छ ।
    ड. नगर क्षेत्रको जग्गा वर्गिकरण गरी सम्पत्ति करलाई समय सापेक्ष बनाइने छ ।
    ढ. नगर क्षेत्रमा रहेका पार्क तथा सार्बंजनिक स्थलहरुलाई आवश्यक कार्यविधिका आधारमा करार गरी निजी क्षेत्रको माध्यमद्धारा संचालन गर्ने व्यवस्था मिलाईने छ । साथै व्यवसाय करका सम्बन्धमा बागलुङ उद्योग बाणिज्य संघ, बागलुङ संग सहकार्य गर्ने नीति लिईने छ ।
    ज्ञण्. सम्पत्ति कर सोही आ.व.को पौष मसान्त सम्म बुझाउने करदाताहरुलाई १० प्रतिशत छुट दिइनेछ र सो आ.व.मा सो कर नबुझाउने करदाताहरुलाई तोकिए बमोजिम जरिवाना लगाइनेछ । सो आ.व. भित्र नबुझाएमा गतबर्षको करमा १० प्रतिशत र विगत बर्षहरुको हकमा करको दरमा एकमुष्ठ २० प्रतिशत जरिवाना लाग्नेछ ।  
    ज्ञज्ञ. व्यवसाय कर प्रत्येक आ.व.को श्रावण १ गते देखी असार मसान्त सम्म अनिवार्य भुक्तानि गर्नुपर्नेछ । आ.व. २०८३।०८४ को व्यवसायको हकमा २०८३ साल आश्विन मसान्त सम्म बुझाएमा १० प्रतिशत छुट हुनेछ । विगत बर्षको करमा एकमुष्ठ २० प्रतिशत जरिवाना लाग्नेछ । चालु आ.व. २०८३।०८४ मा नयाँ दर्ता हुने व्यवसायको हकमा छुटको व्यवस्था लागु नहुने प्रस्ताव पेश गरेको छु । 
   . अत्यावश्यकीय बैठक, तालिम तथा कार्यक्रम वाहेकका अन्य बैठक तथा गतिबिधिहरुका लागि मितव्ययीताको सिद्धान्त अवलम्वन गर्ने नीति लिइएको छ ।
    . स्थानीय करलाई राजस्व विज्ञ परामर्शदाताको माध्यमवाट राजस्व सम्बन्धी अध्ययन गराई प्राप्त तथ्य र प्रतिवेदनका आधारमा सरोकारवालाहरुको सहभागितामा स्थानीय करको पहिचान तथा करलाई परिभाषित गरी नगरवासीहरुलाई उत्तरदायी बनाईने छ ।  
     . आ.व. २०८३।०८४ को सरसफाई शुल्क २०८३ आश्विन मसान्त सम्म अग्रिम बार्षिक रकम भुक्तानी गरेमा १ महिना बराबरको सरसफाई शुल्क मिनाहा गर्ने व्यवस्था मिलाइएको छ । 
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
अब म आगामी आर्थिक बर्ष २०८३।८४ को नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि बजेट श्रोत अनुमान तथा खर्च प्रस्ताव सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छुु । 
नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm १५,६५,००,०००। (पन्ध्र करोड पैसठ्ठी लाख मात्र) सशर्त अनुदान तर्पm रु ५९,१६,००,०००। (उन्साठी करोड सोह्र लाख रुपैया“ मात्र), समपुरक अनुदान तर्पm रु १,६१,००,०००। (एक करोड एकसठ्ठी लाख रुपैया“ मात्र), विशेष अनुदान तर्फ रु १,८०,००,०००। (एक करोड असी लाख रुपैया“ मात्र), प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्पm रु २,१७,४२,०००। (दुुइ करोड सत्र लाख बयालीस हजार रुपैया“ मात्र), समपुरक अनुदान तर्फ ६०,००,०००। (साठी लाख रुपैयामात्र) र बिशेष अनुदान तर्फ ३९,९५,०००। (उन्चालीस लाख पन्चानब्बे हजार रुपैया“ मात्र) संघ, प्रदेश र स्थानीय तहको राजस्व बा“डफा“ड रु १५,५५,४६,०००। (पन्ध्र करोड पच्पन्न लाख छ्यालीस हजार रुपैया“ मात्र) त्यसै गरी आन्तरिक राजस्व र अनुमानीत बैंक मौज्दात सहित रु. १८,००,००,०००। (अठार करोड रुपैया“ मात्र) समेत गरी जम्मा रु १,१४,९४,८३,०००। (एक अर्ब चौध करोड चौरानब्बे लाख त्रियासी हजार रुपैया“ मात्र) आय अनुमान गरि पेश गरेको छु ।
सभाका अध्यक्ष महोदय
चालु आ.व. २०८३।०८४ को कुल आय अनुमान रु १,१४,९४,८३,०००। (एक अर्ब चौध करोड चौरानब्बे लाख त्रियासी हजार रुपैया“ मात्र) लाई देहाय वमोजिम वांडफांड गरी प्रस्ताव पेश गरेको छु । 
नगर सभाका अध्यक्ष महोदय,
नगर सभा सदस्यज्यूहरु,
अव म यस गरिमामय सभामा क्षेत्रगत विनियोजन प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
१.आर्थिक विकास समिति तर्फ ः
बागलुङ नगरपालिकालाई पर्यटन मैत्री नगरपालिका बनाउन नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने । कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर बनाउन पकेट कार्यक्रम, पाडा–पाडी संरक्षण, स्थानीय मदिरा उत्पादन तथा ब्रान्डीङ, कृषि बजार व्यवस्थापन, सहकारी, जलस्रोत, सिंचाई, लघुउद्यम तथा रोजगारी सृजना लगायतका कार्यक्रमहरुमा आवश्यक रकम विनियोजन गरेको छु ।
२.पूर्वाधार विकास समिति तर्फ ः
वडा तथा नगरस्तरीय योजना, चालु आ.व.का क्रमागत योजनाहरु, समपुरक आयोजनाहरुमा लागत साझेदारी, कार्यालय भवन व्यवस्थापन, आकस्मिक सडक सञ्चालन, नगरस्तरका निर्माणाधीन आयोजना सम्पन्न गर्न, आकस्मिक योजना लगायतका कार्यक्रमहरुका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३. सामाजिक विकास तर्फ ः
आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट बन्चित नगर क्षेत्रका नागरिकहरुका लागि अािर्थक सहायता, थप आवासीय विद्यालय सञ्चालन, नगरस्तरीय खेलकुद कार्यक्रम, विद्यालय शिक्षा अनुदान तथा कार्यक्रम, नगरकी छोरी कार्यक्रम, कुकुर सेल्टर हाउस सञ्चालन, होमस्टे सञ्चालन, नगर अस्पताल संचालन, दिवा खाजा, आधारभुत स्वास्थ्य सेवा लगायतका कार्यक्रमका आवश्यक रकम विनियोजन गरेको छु । 
४. कार्यालय संचालन तथा प्रशासनिक खर्च, कार्यालयको समग्र कर्मचारी, पदाधिकारी, कार्यालय सञ्चालन तथा व्यवस्थापन गर्न प्रयाप्त रकम विनियोजन गरेको छु । 
५. सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ः
नगर प्रमुख स्वरोजगार कार्यक्रम, विपद् व्यवस्थापन, उद्धार राहत कार्यक्रम, फोहोरमैला व्यवस्थापन, बालमैत्री स्थानीय शासन दिगोपना, ड्रोन मार्फत बजार सुरक्षा लगायतका कार्यक्रमका लागि यथेष्ट रकम विनियोजन गरेको छु ।
नगर सभाका अध्यक्ष महोदय
नगर सभा सदस्यज्यूहरु,
अव म आगामी. आर्थिक बर्षको नीति तथा कार्यक्रमले जोड दिएका प्राथमिकताहरुलाई आधार मानी तयार गरिएको चालु वजेटका मुख्य विशेषता संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
    ज्ञ. चालु आ.व.मा नियमित तर्फका कार्यक्रम तथा खर्चमा मितव्ययीताको सिद्धान्त अवलम्वन गर्ने नीति लिएको छुु ।
    द्द. बागलुङ नगरपालिकाको पशुपंक्षी विकास कार्यक्रम अन्तरगत निशुल्क पशु परामर्श तथा औषधि उपचार सेवा, निशुल्क दिसा–पिसाव परिक्षण, पशु वधशाला व्यवस्थापन, कुकुर सेल्टर हाउस सञ्चालन, पशु स्वास्थ्य शिविर, बहुबर्षिय घासको विउ वेर्ना वितरण जस्ता कार्यक्रमहरुमा बजेट विनियोजन गरेको छु । 
    घ. महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुका लागि आवश्यक सहयोग गर्न अल्पकालिन महिला सेवाकेन्द्र मार्फत कार्यक्रम संचालन गर्नको लागि आवश्यक पर्ने बजेट विनियोजन गरिएको छ । हिंसा प्रभावित महिला संगै प्रभावित बालबालिकाहरुलाई समेत सेवा दिनेगरी व्यवस्था मिलाइने छ । 
    द्ध. स्थानीय आपतकालिन सेवा सञ्चालनको कार्यलाई थप व्यवस्थित गदै क्षेत्र विस्तार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    छ. पछिल्लो समय दुव्यसनिमा परेका र लैंगिक हिंसाका पिडक तथा पिडित बालबालिका तथा पुरषहरुलाई आवशिय मनोविमर्ष सेवा सञ्चालन र व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइने छ । नगरपालिकामा यसै बर्ष मनोविमर्ष सेवा कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । इच्छुक मानिषहरुलाई मनोविमर्ष तालिम सञ्चालन गरिने छ । 
    ट. छोरी प्रति फरक दृष्टिकोण, भ्रुण हत्या र लैंगिक विभेदलाई न्यूनिकरण गर्न विगतका आ.व. देखी शुरु गरिएको नगरको छोरी कार्यक्रम अन्तर्गतको आर्थिक सहायतालाई सत प्रतिशत वृद्धि गर्ने गरी  बजेटमा निरन्तरता दिएको छु । 
    ठ. बागलुङ नगरपालिका क्षेत्र भित्रका सहकारीहरुको नियमीत नियमन र सुदृढिकरणको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
    ड. कार्यालयमा कार्यरत कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षाकोषको सुरुवातका लागि आवश्यक बजेट विनियोजन गरेको छु  ।
    ढ. कर्मचारी तथा जनप्रतिनिधीहरुका लागि क्षमता विकास तथा सेवाकालिन तालिम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु । 
     . नगर उप–प्रमुख पर्यटन विकास तथा साना पूर्वाधार कार्यक्रम लागु गरी विभिन्न पर्यटकिय गतिविधि संचालन गर्न तथा भौतिक पूर्वाधारको विकास गर्नको लागि १ करोड बजेट विनियोजन गरेको छु । साथै होमस्टे सञ्चालन तथा प्रवद्र्धन गर्न बजेट व्यवस्था मिलाएको छु । 
     . निजी क्षेत्र संगको साझेदारी र सहयोगमा पर्यटन संग सम्बन्धित आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । बागलुङका पर्यटकीय गन्तव्यहरुको नियमित प्रचार प्रसार तथा प्रवद्र्धनका लागि नगरका उपयुक्त स्थानमा डिस्प्ले बार्डको व्यवस्था गरिने छ । 
     . सरकार तथा निजी क्षेत्रस“गको साझेदारी तथा सहयोगमा नव युवा मार्फत आर्थिक विकास, उत्पादन, शिप र उत्पादन बृद्धिका लागि युवा स्वरोजगार कार्यक्रम माफर्त पहल गरीने छ ।
     . विकासमा जनसहभागीता सुनिश्चित गर्ने नीति बमोजिम सहज जनसहभागीता अभिवृद्धिका लागि योजना व्यवस्थापन प्रणाली सञ्चालन तथा उपभोक्ता प्रशिक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
      बागलुङ बजार सहित १४ वटै वडाहरुमा सञ्चालित व्यावसाय तथा पसलहरुको सघन अनुगमन गरि तोकिएको मापदण्ड भित्र रही पसल सञ्चालनमा सहयोग र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ । सबै पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न लागउने गरी कार्यक्रम सञ्चालन गरिने छ साथै नियमित तथा चाडपर्व लक्षित खाद्यान्न सहजता तथा मल विउको उपलब्धताका लागि आवश्यक पहल गरिने छ  । 
     न्यायिक समितिबाट सम्पादन हुने हरेक कार्यलाई प्रभावकारी बनाउदै समयमै न्याय निरुपण गर्ने कार्यलाई निरन्तरता दिईने छ  । 
     . नगर क्ष्ँेत्रभित्र उत्पादन हुने मौसमि फलपूmल तथा तरकारी विक्रि तथा प्रवद्र्धनका लागि अवाश्यक बजेटको प्रवन्ध मिलाएको छु भने किसान सुचिकरण तथा, तथ्यांक अध्यावधिक कार्यलाई नतिजाउन्मुख बनाउदै लगिनेछ । 
     . लघुउद्यम विकास कार्यक्रम संगको सकार्यमा लघुउद्यम विकास मोडेलमा उद्यमीको स्तरोन्नती तथा नयँ लघु उद्यमी सिर्जना गरिनेछ । 
     . आप्रवासि स्रोत केन्द्र तथा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत रोजगारी सृजना, न्यूनतम रोजगारी प्रत्याभूती, सिप विकास, सुरक्षित बैदेशिक रोजगारी, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । 
    ज्ञढ. नेपाल पत्रकार महासंघ संगको सहकार्यलाई निरन्तरता दिदै महासंघको क्षमता विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाईएको छ । 
    द्दण्. बजार क्षेत्रको सुरक्षाकालागि नेपाल प्रहरी संगको सहकार्यमा ड्रोन मार्फत बजार सुरक्षा प्रणाली सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । 
    द्दज्ञ. स्थानीय मदिरा उत्पादनलाई स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन र बजारीकरणमा सहयोग गर्ने र मदिराको आयातलाई निरुत्साहित गर्न तथा गा“जा तथा भा“गो खेती मार्फत आयआर्जन गर्नको लागि गण्डकी प्रदेश सरकार स“गको सहकार्यमा स्थानीय मदिरा उत्पादन तथा ब्राण्डिङका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । 
    द्दद्द. स्वदेश तथा विदेशवाट फर्केका युुवाहरुलाई स्वदेशमै उद्यमशिल वनाई उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने प्रोत्साहनको नीति अनुरुप नगर प्रमुख रोजगार कार्यक्रमको निरन्तरताका लागि बजेट व्यवस्था गरेको छु । आप्रवासि स्रोत केन्द्र तथा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत रोजगारी सृजना, न्यूनतम रोजगारी प्रत्याभूती, सिप विकास,सुरक्षित बैदेशिक रोजगारी, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । 
    द्दघ. वालमैत्री नगर घोषण गर्ने कार्यको सम्पन्न भए पश्चात यसको दिगोपना र स्थायीत्वका लागि पूर्वाधार निर्माण तथा अन्य कार्यक्रम संचालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    द्दद्ध. महिला स्वास्थ्य स्वयंसेविका सम्मान र प्रोत्साहन, स्वास्थ्य कर्मीहरुको क्षमता विकास साथै जेष्ठ नागरिक, बृद्ध, रोगी र आर्थिकरुपमा विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा संगै योग प्राकृतिक चिकित्सा र स्वास्थ्य परामर्शसेवा संचालनका लागि आवश्यक कार्यक्रम तय गरी बजेटको व्यवस्था गरिएको छ । साथै जेष्ठ नागरिकको उत्कृष्ट पालनपोषण परिवार सम्मान कार्यक्रम सञ्चालन गरिने छ ।
    द्दछ. अनमी, अहेव, सहायक ल्याव टेक्नीसियन लगायतका स्वास्थ्य कर्मीहरुको यथोचित मात्रमा तलब बृद्धिका लागि अवाश्यक रकम विनियोजन गरेको छु ।
    द्दट. बागलुङ नगरपालिका वडा न.ं १३ स्थित पैयुुँपाटामा १५ शैयाको नगर अस्पतालको भवन निर्माण सम्पन्न गर्न संघ सरकार संग समन्वय गरि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । उक्त अस्पतालको भवनबाट सेवा संचालन गर्न समेत आवश्यक बजेटको व्यवस्था गरेको छु । 
    द्दठ. विद्यालय नर्स कार्यक्रम, एच.आई.भि. विरुद्ध सचेतना कार्यक्रम, लागू औषध दुुव्र्यशनी तथा लैंगिक हिंसा नियन्त्रण कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको छु । 
    द्दड. बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरुको विद्यमान तलब व्यवस्थामा नगरपालिकाको तर्फ बाट व्यवस्था भइरहेको बजेटमा आवश्यक बृद्धिका लागि बजेट विनियोजन गरेको छु ।
    द्दढ.  बालबालिकाहरुलाई पूर्णखोप पाउने अधिकारको सुनिश्चित गर्दै अन्य नियमित खोप कार्यक्रमलाई प्राथमिकता दिई आवश्यक बजेट व्यवस्था गरेको छु । 
    घण्. आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकता दिई नगर क्षेत्रका सबै वडामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ । प्रजनन रुग्णता, किशोरकिशोरी स्वास्थ्य, पोषण प्रवद्र्धन, आमा सुरक्षा, मातृ तथा नवशिशु कार्यक्रम मार्फत आमा तथा शिशु स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ । 
    घज्ञ. स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक बजेट विनियोजन गरेको छु । 
    घद्द. बागलुङ नगरपालिका मातहतका सबै स्वास्थ्य संस्थाहलाई बालमैत्री, पोषणमैत्री र किशोरकिशारी मैत्री स्वास्थ्य संस्थाका लागि संघिय सरकार, विशेष अनुदान अन्तर्गत पोषण प्रवर्धन तथा विपन्न परिवार स्वास्थ्य सुधार कार्यक्रलाई कृषि तथा पशु उपज, महिला तथा बालबालिका तथा बालमैत्री स्थानीय शासन जस्ता विषयमा सहकार्य गरि एकिकृत लक्ष प्राप्तीका लागि क्रियाकलाप सञ्चालन गरिनेछ । 
    घघ. स्वास्थ्य संस्थामा वर्ष भरी औषधी, औजार र उपकरण अभाव हुन नदिनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 
    घद्ध. महामारी तथा विपद् व्यवस्थापन सम्बन्धि प्रतिकार्य योजनालाई कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । प्राकृतिक प्रकोप, भौपरी आउने परिस्थीती तथा आकस्मिक आयोजनाहरुका लागि आवश्यक बजेट विनीयोजन गरेको छु ।
    घछ. विपन्न परिवारको दाहसंस्कारमा सहयोग पु¥याउने उद्देश्यले विपन्न नागरिक दाहसंस्कार सहयोग कार्यक्रमकालागि आवश्यक बजेट विनियोजन गरेको छु ।  
    घट. बारुणयन्त्र, एम्बुलेन्स तथा जेसीभी सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
    घठ. नगरका उपयुुक्त स्थानहरुमा खेल पूूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन, राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता, नगर स्तरीय खेलकुद कार्यक्रम तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सम्मान कार्यक्रमका लागि अवाश्यक बजेट बिनियोजन गरिएको छ ।
    घड. राष्ट्रिय फल सुन्तला विषेश कार्यक्रम, कृषि यन्त्रिकीकरण कार्यक्रम, कृषकहरुको सुविधाका लागि निशुल्क कृषि परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने, तरकारी आत्मनिभर कार्यक्रम, मौरीपालन प्रवद्र्धन कार्यक्रम, गोठ तथा खोर सुधार कार्यक्रम, कृषि प्रदर्शनी कार्यक्रम, फलफुल प्याकेजिङ कार्यक्रम, बिपन्न कृषक आय आर्जन कार्यक्रम का साथै एक पालिका एक भेटेरिनरी डाक्टर कार्यक्रम मार्फत पशु स्वास्थ्य, महामारि नियन्त्रण, नश्ल सुधार जस्ता क्षेत्रमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गरीनेछ । 
    घढ. दुग्ध तथा मासु जन्य उत्पादनमा बृद्धि, पशुहरुमा नश्ल सुधार तथा किषान प्रोत्साहन गर्नका लागि पाडा–पाडी संरक्षण कर्याक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    द्धण्. विगत तीन बर्ष देखि सञ्चालनमा रहिआएको आत्मनिर्भर कार्यक्रमको उपलब्धी मापन गरी थप एक बर्षका लागि समिक्षा सहित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
    द्धज्ञ. विद्यार्थी शिक्षक प्रतिभा पहिचान, क्षमता विकास र पुरस्कार तथा प्रोत्साहन कार्यक्रम, अति विपन्न दलित तथा सिमान्तकृत बालबालिकाहरुलाइ शिक्षामा पहुच अभिबृद्धिको लागि छात्रबृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    द्धद्द. विद्यालयमा प्र.अ. हरुको महत्वपूर्ण भूमिकालाई मुल्यांकन गर्दै प्र.अ.हरुको क्षमता विकास तथा प्रोत्साहनका लागि यातायात तथा सञ्चार खर्च उपलब्ध गराउने गरी रु. १८ लाख बजेट विनियोजन गरेको छु । 
    द्धघ. किशोरकिशोरीहरुका लागि मनोविमर्श तथा करियर काउन्सिलिङका लागि मनोविमर्श कक्ष स्थापना गर्न रु १५ लाख बजेट विनियोजन गरेको छु । 
    द्धद्ध. मालढुङ्गामा प्रहरी विट तथा सूचना बोर्डको लागि जग्गा व्यवस्थापन तथा निर्माण कार्यको सुरुवात गरि समयमै कार्य सम्पन्न गर्नका लागि संघ तथा पदेश सरकार सँग आवश्यक सहकार्य गरिने छ । 
    द्धछ. नगरपालिकाका विभिन्न कार्यक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका नगर प्रहरीहरुको राशन भत्ताको लागि आवश्यक बजेट विनयोजन गरेको छु । साथै आवश्यक मात्रामा नगर प्रहरीको संख्या बृद्धि गर्ने गरी बजेट विनियोजन गरेको छु । 
    द्धट. बागलुङ नगरपालिका वडा ७ रायँरायँकोटमा प्रचुर सम्भावना रहको साहसिक रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्नका लागि साझेदार संस्था सँग सहकार्य गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु । 
    द्धठ. बजार क्षेत्रमा दोहोरो नाली र फुटपाथ सहितको सडकको लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    द्धड. संघीय सरकार शसर्त अनुदान तर्फ शैक्षिक पहुँच, सुशासन, गुणस्तर प्रबद्र्धन, विद्यार्थी प्रयोगात्मक कार्यक्रम, मेन्टरीङ (नयाँ शिक्षकलाई अनुभवी शिक्षकद्धारा शिक्षण गर्न सिकाउने) कार्यक्रम, छात्रबृत्ति, नमूना विद्यालय संचालन लगायतका कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । 
    द्धढ. बागलुङ नगरपालिका वडा न.ं ११ भौगोलिक दृष्टिकोणबाट दुर्गम क्षेत्र मानियकोले विगत वर्षमा जस्तै यस वर्ष पनि रायडा“डा विशेष कार्यक्रमलाई निरन्तरता दिई बजेट विनियोजन गरेको छु । 
    छण्. बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेका बागलुङ नगरपालिका वडा न.ं ९ स्थित ब्लुहिल आयोजना, कृषि बजार व्यवस्थापन, बजार क्षेत्रभीत्रको कालोपत्रे, फुटपाथ र ढुङ्गा छपाई, पोषण प्रवद्र्धन, कुकुर सेल्टर हाउस सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
    छज्ञ. नगर क्षेत्रका अधुरा आयोजनालाई पुर्णता प्रदान गरी सञ्चालनमा ल्याउनकालागि आवश्यक बजेट विनियोजन गरेको छु । 
    छद्द. नगरको यातायात व्यवस्थापनमा दिगो समाधानकालागि सञ्चालन गरिएको दाबगरा बसपार्क सञ्चालनबाट राजस्व बृद्धि, बजार व्यवस्थापन, यात्रु सुरक्षाको प्रत्याभुति हुने विश्वास लिएको छु साथै नगर विकास कोष साँवा व्याज भुक्तानिका लागि रु तीन करोड पचास लाख विनियोजन गरेको छु । 
    छघ. १ नं. वडा देखी १४ नंं. वडा का साना पुर्वाधार निर्माण तथा वडा स्तरीय कार्यक्रम सञ्चालनका लागि रु ६ करोड ४० लाख रुपैँया विनियोजनको व्यवस्था मिलाएको छु । 
    छद्ध. सामुहिक लक्ष्य प्राप्तीका लागि कार्यालयको विभिन्न शाखाहरुमार्फत कार्यक्रम सञ्चालन हुने गरी तीन करोड भन्दा बढी रकम विनियोजनको व्यवस्था मिलाएको छु । 
    छछ. नगरस्तरीय पुर्वाधार निर्माणका लागि एकमुष्ठ रु. चार करोड रुपैँया विनियोजन गरेको छु । साथै चालु आ.व.मा भुक्तानी गर्न बाँकी रहने दायित्व आगामी वर्षमा भुक्तानी गर्नुपर्ने भएकोले सोको लागि समेत बजेट विनियोजन गरेको छु ।
    छट. केन्द्र तथा प्रदेश बाट समपुरक लागनीका लागि स्वीकृत आयोजनाहरुका लागि साझेदारी बापत लाग्ने आवश्यक बजेट विनीयोजन गरेको छु  । 
नीति, कार्यक्रम र बजेटले व्यवस्था गरेको प्राथमिकता र मुख्य विशेषताको सार निम्नानुसार प्रस्तुत गर्ने अनुमती चाहन्छु । 
क) सुशासन प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, समावेशीकरण र सन्तुलित विकास ।
ख) आत्मनिर्भर हुदै उत्पादकत्व बृद्धि र व्यवसायीकरण
ग) उपलव्ध मानव संशाधन तथा आन्तरिक स्रोतको परिचालन
घ) दीगो विकासका लक्षहरुको प्राप्ती र बातावरणिय सन्तुलनमा जोड
ङ) नगरका आधारभूत आवश्यकताको पहिचान र सामाजिक परिचालन मार्फत विकासमा जनसहभागिताको सूनिश्चितता
च) आन्तरिक रोजगारी बृद्धि र सुरक्षित बैदेशिक रोजगार संग गरिवी न्यूनिकरण 
छ) सूचना प्रविधिको प्रयोग, निजी क्षेत्र संग सहकार्य गर्दै आर्थिक विकासमा टेवा

अन्तमा, आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि विनियोजित बजेट तथा प्रस्तावित कार्यक्रमहरुको कार्यान्वयनका लागि स्थानीय आन्तरिक कर दस्तुर, संघ तथा प्रदेश सरकारवाट प्राप्त हुुन सक्ने सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान समेतका श्रोतका आधारमा विनियोजनको व्यवस्था मिलाएको छुु । वजेटले लक्षित गरेका योजना तथा कार्यक्रमहरुको लक्ष्य प्राप्तीका लागि संघ तथा प्रदेश सरकार, स्थानीय आम नगरवासीहरु, स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुवाट अधिकतम सहयोग र सुुझावका लागि हार्दिक अनुरोध गर्दछु । बजेट निर्माणका क्रममा साथ र सहयोग गर्नुहुने नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू ,वडा अध्यक्ष एवं कार्यपालिकाका सदस्यज्युहरु, वडा सदस्यज्यूहरु, नागरिक समाज, उद्योगी, व्यवसायी तथा समाजसेवीहरु र संलग्न कर्मचारीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । 

धन्यवाद ।
राजु खड्का 
नगर उप प्रमुख 

प्रतिक्रिया