तेस्रो मेयरकपको उपाधी आयोजक बागलुङ नगरपालिकालाई

  • मङ्सिर १८, २०८२

बागलुङ, - बागलुङ नगरपालिकाको आयोजनामा आयोजित तेस्रो मेयरकप फुटबलको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ । बागलुङले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोलले पराजित गर्दै उपाधी जितेको हो । 
विहिबार भएका फाईनल खेलमा बागलुङ नगरपालिकाको तर्फबा मनिष ठकुरीले खेलमा ह्याट्रिक गरे । मनिषले पहिलो हाफको ३८ औं मीनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोश्रो हाफको ४२ औं मिनेट र इन्जुरी टाइममा गोल थपेर मनिष उत्कृष्ठ खेलाडी समेत घोषित भए । इन्जुरी समयमै बागलुङका राजिव श्रीषले पनि गोल थपेर खेललाई ४–० मा पु¥याएर पैयुँ गाउँपालिकालाई स्तब्ध बनाए । 
खेल जितेर बागलुङले ३ लाख ३३ हजार रुपैयाँ हात ट्रफि मेडल र प्रमाणपत्र हाता पा¥यो भने पैयुँले २ लाख २२ हजारमा चित्त बुझायो । १० टिमले भाग लिएको प्रतियोगितामा नेपाली सेना र प्रहरीले पनि खेलेको थियो । दुवै टिम सेमी फाइनल प्रवेशमै पराजित भएका थिए । प्रतियोगितामा विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गरेका छन । मेयरकप फुटबल प्रतियोगिताले विभिन्न पालिका र विभागिय टिम बिच मैत्रीपूर्ण वातावरण सिर्जना गरेको बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । उनले नगरपालिकाले यो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने समे उद्घोष गरे । श्रेष्ठले सहभागी सवै पालिका र विभागिय टिमलाई धन्यवाद प्रकट गर्दै आगमी दिनमा अझै सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे । 

प्रतिक्रिया