मानव सेवा आश्रमद्धारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई

  • जेठ १३, २०७९

मानव सेवा आश्रम बागलुङ शाखाले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा बोल्दै बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जनताको चाहना अनुसार विकासको बाटोमा नगरलाई तीव गतिमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले मानव सेवा आश्रम जस्ता धेरै सामाजिक संस्थाहरु जनताको सेवामा समर्पित हुने हुनाले यस्ता संस्थाहरुलाई नगरपालिकाले विशेष जोड दिने बताउनुभयो । श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रमा बागलुङलाई बालमैत्री नगर बनाउने बताए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख, नगर उपप्रमुख र १४ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षहरुले गमलामा वृक्षारोपण गर्दै जनता र समाजको कार्यमा इमान्दारिता, सिर्जनशिलता, निरन्तरताका साथ सरिक हुने, काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्का, समाजसेवी देव बहादुर श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम मानव सेवा आश्रम बागलुङ शाखाका अध्यक्ष शिव खड्काको अध्यक्षता, आश्रमका अभिभावक निर्मल श्रेष्ठ र सरिता गौतमको संचालन र अभिभावक शिव के.सीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया