निसीखोलामा ६२ तमानखोलामा ७१ ताराखाेलामा ६४ र बरेङमा ५८ प्रतिशत मत खस्यो 

  • ब‌ैशाख ३०, २०७९

बागलुङ- स्थानिय तहको निर्वाचन २०७९ आज देशभर सम्पन्न भएको छ । देशका केहि मतदान स्थलमा छिटफुट घटना बाहेक सामान्यतया सान्त पुर्वक मतदान सम्पन्न भएको हो । बागलुङ जिल्लाको १० वटै स्थानिय तहमा मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको हो । 
निर्वाचन अवधिभर मौसमले समेत साथ दिएका कारण मतदातालाई मतदान प्रकृयामा सहजता भएको हो ।
जिल्लाको निसीखोला गाउँपालिकामा १५ हजार ९१२ मतदाता मध्ये ९ हजार ९२६ मत अर्थात ६२ दशमलब ३९ प्रतिशत खसेको छ । जसमा वडा नं. १ मा १२७२, वडा नं. २ मा २७१० मतदाता मध्ये १६२८ मत खसेको हो वडा नं. ३ मा १३८४, वडा नं. ४ मा १८४८ मध्ये १२७२ , वडा नं. ५ मा १५८४, वडा नं. ६ मा २४४०, वडा नं. ७ मा १२४९ मत खसेको हो ।  जसमा महिला ५४६४ र पुरुष ४४६२ ले मतदान गरेका छन निसीखोला गाउँपालिकाको मतगणना समेत आज रातीदेखिनै हुने जनाइएको छ । 
तमानखोला गाउँपालिका ७० प्रतिशत मत खस्यो 
तमानखोला गाउँपालिकामा निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । ६ वटै वडामा निर्धारीत समयमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल ७७८८ मतदाता मध्ये ५ हजार ५२५ अर्थात झण्डै ७१ प्रतिशत मत खसेको छ । 
जसमध्ये वडा नं. १ मा १३६३, वडा नं. २ मा १३०५, वडा नंं. ३ मा ९७५, वडा नं. ४ मा ६०६, वडा नंं. ५ मा ७८०,र वडा नं. ६ मा ४९४  मत खसेको हो ।   तमानखोला गाउँपालिकामा आज राती देखिनै मतगणनाको तयारी रहेको बताइएको हो । 

ताराखोला गाउँपालिकामा निर्वाचन सम्पन्न, ५ हजार ४ सय ६४ मत खस्यो
बागलुङको ताराखोला गाउँपालिका शान्पिूर्ण निर्वाचन सम्पन्न भएको छ । ५ हजार ४ सय ६१ मत खसेको ताराखोला गाउँपालिका निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले बताए । गाउँपालिकाको कुल मतदाता संख्या ८ हजार ५ सय ६४ रहेको छ । मतदान केन्द्रबाट मतपेटीका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको भन्दै ढकालले सर्वदलिय बैठक बसेर मतगणना सुरु गर्ने बताए । 

बरेङमा ६हजार २ सय ५३

बागलुङको बरेङ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । ६ हजार २ सय ५३ मत खसेको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताउँनुभयो । गाउँपालिकाको कुल मतदाता संख्या १० हजार ६ सय १९ रहेको छ । ज्ञवालीका अनुसार कुल मतदाता संख्याको ५८.८९ प्रतिशत मत खसेको हो ।
 

प्रतिक्रिया