महिलाहरुका लागि नेतृत्व विकास तालिम

  • चैत १३, २०७८

गलकोट- घरबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ गलकोटमा १ दिने महिला सचेतना तथा नेतृत्व विकास र आमा समुहहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गलकोट नगरपालिकाको आयोजना तथा गलकोट नगरपालिका वडा नं ३ को सह–सहयोग आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले समाज परिवर्तनको लागि महिलाहरुले नेतृत्व गर्नुपर्ने बताए । उनले जुनसुकै क्षेत्रमा पनि महिलाहरुको समान सहभागिता भएमा मात्र महिलाहरुको क्षमता विकास हुने बताउदै नेतृत्व लिनका लागि महिलाहरु तयार हुनुपर्ने बताए । 

 कार्यक्रममा गलकोट नगरपालिकाका नगर उप– प्रमुख रेनुका काउचा मगरले कसैले पनि हिंसा गर्न नहुने भन्दै हिंसा सहेर बस्न नहुने बताईन । 

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्ज् शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य गरेका थिए । 

कार्यक्रममा प्रत्रकार राम थापा अविरल नारायण रिजाल, संगम घर्ति, मेरिस्टोभका शोभा काउचाले उद्घोषणकला, नेतृत्व विकास र महिला स्वास्थ्य सँग सम्बन्धित विविध विषयमा सहजीकरण गरेका थिए । 

कार्यक्रम महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नं ३ का अध्यक्ष दिल कुमारी खत्रीको अध्यक्षता, उपाध्यक्ष कमला गौतमको स्वागत र सह–सचिव सरस्वती कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया