बागलुङ - अगामी स्थानिय तहको निर्वाचनमा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा गठबन्धनका दलहरुले नेकपा एमालेलाई पाँच हजार बढि मतान्तरले जित्ने दाबी गरेका छन । निर्वाचन लक्षित संयुक्त गठवन्धनको कार्यालय उद्घाटन तथा युवा प्रशिक्षण कार्यक्रममा गठबन्धनमा सहभागी दलका नेताहरुले एमाले सँग सजिलै निर्वाचन जित्ने बताएका छन ।
आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दे विभिन्न पाँचदलीय गठवन्धनले आफनो निर्वाचनको कार्यक्रमलाई थप शसक्त बनाउँदै कार्यालय उद्घाटन तथा ९ वटै वडाका युवालाई समेट्दै प्रशिक्षण मुलक कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा सहभागी नेताहरुले गठवन्धनको जित सुनिश्चत भइसकेका कारण ढोरपाटन नगरपालिकाको ९ वटै वडामा नेकपा एमाले पराजित हुने र कम्तीमा पाँचहजार मतान्तरले नेकपा एमाले पराजित बताएका हुन ।
कार्यक्रमका नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले ढोरपाटन नगरपालिका विकास र समृद्धिका हिसावले खराव पात्रकै कारण १० बर्ष पछि परिसकेको बताउँदै अझै जनता सचेत नभए नगरपालिका ठुलो दुर्घटनामा फस्ने बताए । उनले नगरपालिकामा जनताको सरकारको रुपमा काम र विकास नभई भ्रष्ट्राचार, बेतिथी, अनियमीतता र आफनो चाकडीवाज गर्ने व्याक्तिलाई पाल्दैमा नगरप्रमुख देवकुमार नेपालीको कार्यकाल सकिएको बताए ।
नयाँ शहर आयोजनामा उस्तै बेतिथी छ राज्यको करोडौँ रुपैयाँको बजेट जनताको आवस्यकता र यहाँको परिवेश अनुसार हुनुपर्नेमा मेयरले एकलौटी ढंगले योजना अगाडी बढाएको बताए ।
कार्यक्रमकै अवसरमा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले ढोरपाटन नगरपालिकामा गठवन्धन विथोलिनेमा कुनै आसंका नगर्न कार्यक्रतालाई आग्रह गर्दे ४७ वटै पदमा गठवन्धन विजयी हुने गरी निर्वाचनमा होमीन आग्रह गरे । जुन पार्टीले जुन पदमा टिकट पाएपनी कुनै आसंका नगरी विजयी गराउने गरी लाग्न निर्दशन दिँदै नेकपा एमालेलाइ हराउन कम्तीमा पनी ५ हजार मत अन्तरले गठवनधनको जित हुने दावी गरे ।
नेपाली काँग्रेसका युवा नेता तथा महादिवेशन प्रतिनिधी दोर्ण कुमार कुवँरले गरिव, दुःखी, दलीत जनताको आँखामा हिलो छ्यापेर जनताको दुःख, खुन पसिनामा रजाई गर्ने मतियारलाई पाखा लगाउन गाउँ गाउँमा सक्रिय पुर्वक उत्साहका साथ जुट्न युवा कार्यक्रतालाई आग्रह गरे । ढोरपाटन कृर्षि, प्रर्यटन, स्वास्थ्य, शिक्षा जस्ता विकासको आवस्यकता र प्रसस्त सम्भावना हुँदै गर्दा जनताका आधारभुत आवस्कताबाट वर्तमान नेकपा एमालेको सरकारले पछाडी परिसकेका कारण जनताको निराशालाई आशामा वदल्न गठवन्धन आवस्यक रहेको बताउँदै गठवन्धनको भारीतमतले जित सुनिश्चतका लागी थप सक्रियपुर्वक जुट्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले वोल्दै तानाहास र जनताको मत पाएर छोटे राजा बनेका कु–तत्वलाई परास्त गर्नका निम्ती गठवन्धन भएको बताउँदै जुन कुनै हालतमा लोकतन्त्रमा आएका छोटे राजा हटाउनका निम्ती सक्रिय पुर्वक अगाडी बढ्न कार्यक्रतलाई आग्रह गरेका थिए । उनले थप वोल्दै आफुहरुको गठवन्धन विगत २ बर्षदेखि भएको र अव पनी पाँच बर्षसम्म निरन्तर चल्दै जाने बताए ।
कार्यक्रमका अवसरमा एकिकृत समाजवादी पार्टी ढोरपाटन नगर अध्यक्ष हरिबहादुर घर्तीले नेकपा एमालेले मानसिक रुपमा हार व्यहोरीसकेका कारण निर्धक्क भएर आफना उमेद्वारलाई भारी मतले जिताउने गरी लाग्न आग्रह गर्नुभयो । जनता समाजवादी पार्टी गण्डकी प्रदेश सचिव संकर कुवँरले जनताका हक अधिकार सुनिश्चित गर्दे खराव पात्रलाई हटाउनका निम्ती गठवन्धन भएको बताउँदै आ–आफनो ठाउँबाट अवको २५ दिनमा निर्वाचन मुलक कार्यक्रममा जुट्न आग्रह गरे । कार्यक्रममा समाजवादी गण्डकी प्रदेस सदस्य असोक विकले वोल्दै ढोरपाटनमा नगर प्रमुख नेपालीले दलीतको बुई चढेर अहंकारको राजनिती गरेको बताउँदै यसपटक दलीतहरुबाटै गलत्याउने गरी अगाडी बढिएको बताए । स्थानिय तह निर्वाचन भएको पाँच बर्षमा दलितको हक अधिकार उनिहरुको शिक्षा, चेतना तथा समग्र ढोरपाटन नगरपालिकाको विकास र समृद्धिमा कुनै काम गर्न नसकेका कारण यस्ता खराव पात्रलाई पाखा लगाउनुको विकल्प नरहेको बताए । कार्यक्रमममा नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, राष्ट्रिय जनमोर्चा अखिल नेपाल युवक संघका भिमशेन वन, नेकपा माओबादी केन्द् प्रदेश सदस्य थमप्रकाश पुन , नगर उपाध्यक्ष सुमित पुन लगाएतले आफनो प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।
ढोरपाटनमा उमेद्वारको केहि दिनभित्रै टुँगो लाग्ने गरी गृहकार्य भइरहेका कारण सक्रिय पुर्वक आ– आफनो टोल र वडामा जुटन कार्यक्रतालाई आग्रह गरीएको छ । नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायतको अध्यक्षता, नेकपा माओबादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमको स्वागत, सचिवलाय सदस्य गोपाल महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।