• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • कला/मनोरञ्जन

जनगायक जीवन शर्मा ‘बाबुराम–सरस्वती बज्राचार्य' स्मृति पुरस्कार

  • जेठ २७, २०७९

जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन । शुक्रबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई २० हजार नगर पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । 

सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए । 

“पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”,  शर्माले भने, “कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।” सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी’ सुनाएका थिए । 

बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्छ । रक्तिम सांस्कृतिक अभियानका संस्थापक समेत रहेका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।

स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ । नगद २० हजार रुपैयाँ सहित  विहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो ।

कलाकार बाबुराम बज्राचार्य र उनकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए । कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार बिक्रम श्रेष्ठ, लक्ष्मण शाक्य लगायत पुरस्कृत भइसकेको कोषका संरक्षक राजन शाक्यले जानकारी दिए । 

प्रतिक्रिया