• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • समाज ,
  • ट्रेन्डिंङ ,
  • समाचार

धवलागिरी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा -डा.थापा

  • असोज १७, २०७८

धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा डा. दिनबहादुर थापा चयन भएका छन । त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार क्याम्पस सञ्चालक समितिमा थापा चयन भएका हुन । थापाको नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । 
समितिको सदस्यहरु विभागीय प्रमुखको तर्फबाट गोविन्द प्रसाद कँडेल, डा. सुदर्शन सिलवाल, विलभ शर्मा, बुद्धिजिवी टिकाराम सापकोटा, जगन्नाथ आचार्य, समाजसेवी रमेश राजभण्डारी, सहदेव राजभण्डारी, जनप्रतिनिधिको तर्फबाट बागलुङ नगरपालिका –२ का वडा अध्यक्ष जीवन आचार्य, अभिभावक विष्णु भुषाल र जयराम भारी चयन भएको छन् ।
समितिमा शिक्षक प्रतिनिनिधबाट हिरालाल रेग्मी र भक्तीराम न्यौपाने, विद्यार्थीको तर्फबाट स्ववियू सभापति मनिष थापा चयन भएको सहायक क्याम्पस प्रमुख हरि प्रसाद पाण्डेले जानकारी दिए । क्याम्पसको संचालक समिति ३५ सदस्यीय बन्ने बताईएको छ । 
 

प्रतिक्रिया