भरत सापकोटा -बागलुङ। बाग्लुङको काँठेखोला गाउँपालिका- ५ बिहुँकोट गौश्वरामा आयोजित माघेशक्रान्ति मेला बिबिध कार्यक्रम गरि सम्पन्न गरिएको छ। हरेक वर्ष माघ १ देखी सुरु हुने मेलामा लख्खेश्वर उतर गंगा र सहश्रधारामा बैद्धिक बिधि द्वरा पुजा आजा,तोरण तार्ने र सहश्रधारा स्नानन् गर्ने प्रचलन रहेको छ ।
स्थानिय कला लोकसंस्कृति र सभ्यताको पहिचान लख्खेश्वर उत्तरगंगा प्रबद्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको कार्यक्रम संयोजक ईन्द्र पुन जानकारी दिए । स्थानिय लोक संस्कृतिको पहिचान गरि संरक्षण गरि युवा पुस्तामा पुस्तान्तरण गर्ने समेत पुनले बताए। कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले माघिपर्व संग हाम्रो एउटा सभ्यता जोडिएको र त्यसको संरक्षण अभावमा लोप हुनु चिन्ता बिषय भएको बताए।
थापाले यस्ता संस्कृत झल्लकिने कार्यक्रम र यस्ले आफ्नो धर्म र परम्परा जोगाउन हुनाले यस्ता सांस्कृतिक कार्यक्रमले संरक्षण मा महत्वपुर्ण काम भुमिका खेल्ले बताए। यहाँ रहेको लख्खेश्वर उत्तर गगां(सहश्रधारा) लाई संरक्षण गर्न सकेमा आन्तरिक पर्यटनको सम्भावना रहेकाले यस्को प्रचारप्रसार पनि ध्यान पुग्नुपर्ने थापाको भनाई थियो ।
माघ १गतेबाट ४गते सम्म संचालित कार्यक्रममा साबिक वडा स्तरिय पुरुष भलबिल प्रतियोगिता आयोजना गरिएको थियो सो प्रतियोगितामा १५ को टिम सहभागिता रहेको थियो जस्मा कालिका युवा क्लब रेश प्रथम,सृजना सांस्कृतिक परिवार जुकेपानि द्धितिय ,यिनिहरु क्रमश ४०,३०हजार मेडल, ट्रफि र प्रमाण प्रदान गरिएको थियो।त्यस्तै खुल्ला सामुहिक नृत्य प्रयोगिता,प्रथम दि साईनिङ्ग डान्स ग्रुप बाग्लुङ, द्धितिय नेपाल साँस्कृतिक संघ बाग्लुङ ,अमर मा बि बिहुँ तृतिय भएको थिए ।क्रमश प्रथम ,द्धितिय,तृतियले १०हजार,६हजार,३हजार मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो सो प्रतियोगितामा ९टिमको सहभागिता रहेको थियो। सो कार्यक्रम मा वडा ५का वडा अध्यक्ष ग्यामनाथ वडा ४ का वडा अध्यक्ष लक्षमण पुन कार्यपालिका सदस्य टिका संगम विक समग कंडेल,नेपालि काग्रेस जिल्ला सहसचिव ज्ञानकुमारी शर्मा श्रीष , कार्यपालिका सदस्य भुमा पुन, मगर संघ केन्द्रिय सदस्य सु.कृष्णबहादुर पुन,काँठेखोला ४वडा सदस्य नरबहादुर पुन नेपालि काग्रेस वडा ५ का सभापति हरि सापकोटा नेकपा एमाले वडा ५अध्यक्ष हिरालाल सापकोटा नेकपा एस का श्याम पुनलगाएतले शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष सुंबेदार मोहन पुन अध्यक्षता संचालित कार्यक्रमको स्वागत संस्थाका सदस्य एवंम ईन्जिनियर भरत पुनले गरेका थिए भने । शिक्षक द्वय दुर्गा पुन र सन्तोष पुन संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।