बागलुङ- बागलुङमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । कृष्ण सुबेदीको अध्यक्षतामा ‘लायन्स क्लब अफ बागलुङ काठेखोला’ स्थापना भएको हो । लायन्स जिल्ला परिषद ३२५ बी २ अन्तरगत रहेको लायन्स क्लब अफ बागलुङ कालिकाको प्रायोजनमा सो क्लब स्थापना भएको हो । क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः नरेन्द्र कँडेल, अर्नुन प्रसाद कँडेल र जब्बर बहादुर भण्डारी चयन भएका छन् । त्यस्तै क्लबको सचिवमा बलराम कँडेल तथा कोषाध्यक्षमा अर्जुन कँडेल चयन भएको मार्केटिङ तथा संचार अध्यक्ष हिमाल कँडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन डिस्ट्रिक ३२५ बी १ नेपालका सल्लाहकार नरेश कँडेलले युवा जोशलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताए । युवाहरु सामाजिक काममा प्रेरित भैरहेकाले आफुलाई निकै खुसी लागेको उनले बताए ।
क्लबमा हाल सक्रिय युवा सदस्य संख्या ५२ रहेका छन् भने २३ जनाको कार्यसमिति रहेको छ । क्लबले सामाजिक क्षेत्रमा काम गर्ने छ । कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष शिव केसीको अध्यक्षता तथा लायन्स क्लब अफ बागलुङका सचिव देबेन्द्र खड्का्को संचालनमा सम्पन्न भएको थियो ।