‘क्लिन बागलुङ’ अभियान संचालन 

  • असोज १३, २०८१

नारायण रिजाल- बागलुङ।     बागलुङ नगरपालिकाले सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रलाई सफा र सुन्दर बनाउनका निम्ती ‘क्लिन बागलुङ अभियान संचालन गरेको छ । आईतबार देखी अभियानको शुभारम्भ भएको छ । नगरलाई सफा र सुन्दर नगर बनाउनका निम्ती प्रत्येक घरमा छुट्टा—छुट्टै रङ्गका बाल्टी व्यवस्थापन गरेर ‘जिरो वेस्ट’ अर्थात सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान समेत संचालन गरेको हो । 
अभियानको शुभारम्भ गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बजार क्षेत्रका वडा नं. १, २, ३ र ४ मा यो अभियानलाई तिब्रता बनाउने बताए । नगरपालिकाले हरेक घरमा दुई बाल्टी निःशुल्क उपलब्ध गराएको छ भने एक बाल्टी घरधनीले किन्नुपर्ने प्रावधान बनाएको छ । ‘क्लिन बागलुङ बनाउने अभियानमा सवै नागरिकको उत्तिकै दायित्व हुन्छ । हरेक घरमा निस्कने फोहोरको बर्गिकरण गर्नका निम्ती यो अभियान संचालन गरेका हौं नगरप्रमुख श्रेष्ठले भने,—‘अब घरबाटै फोहोरको बर्गिकरण हुन्छ । बजार क्षेत्रमा बसोबास गर्ने नागरिकको पनि दायित्व होस भन्ने उद्देश्यले तिन वटा बाल्टीमा एक किन्नुपर्ने प्रावधान बनाएका हौं जसको मुल्य ४५० रुपैयाँ पर्छ त्यो नागरिकले किन्नुहुनेछ अनि फोहोरको बर्गिकरण घरबाटै गर्नुहुनेछ ।’ सवैलाई निःशुल्क दिँदा यसको अपनत्व घट्ने हुँदा एउटा बाल्टी किन्नुपर्ने प्रावधान बनाएको नगरप्रमुख श्रेष्ठले बताए । 
नगरपालिकाले प्रदान गरेका ३ वटा बाल्टीमा कुहिने, नकुहिने साथै सीसाजन्य वस्तु त्यसमा संकलन गरिनेछ । संकलन गरेका तीन थरी फोहोरलाई छुट्टाछुट्टै गाडीले संकलन गरेर व्यवस्थापन गरिने छ ।   त्यसका लागि नगरपालिकाले वितरण गर्ने रातो, निलो र हरियो बाल्टी जस्तै फोहोर संकलन गर्ने गाडी पनि तीन रंगको बनाएको छ । यसरी संकलन गरिएको फोहोरलाई डम्पिङ साईडमा पनि बर्गिकरणको स्थान बनाईएको छ भने त्यसका लागि पुरानो ठेक्का प्रबृत्ति हटाई नगरपालिकाले नै कर्मचारी खटाउने बताईएको छ ।
 डम्पिङ साईटलाई थप व्यवस्थापन
नगरपालिकाले विगत डेढ दशकदेखी फोहोर फाल्नका लागि प्रयोग गरिएको स्थान बागलुङ नगरपालिका—१ काठेखोला छेउको खुदुर्केेमा रहेको डम्पिङ साईटलाई थप व्यवस्थापन गरेको छ ।  पुरानो फोहोरलाई अयन्त्रै व्यवस्थापन गरी नयाँ फोहोरलाई बर्गिकरण गरेर यसको उचित सदुपयोगका गर्न काम अगाडी बढाएको छ । नयाँ फोहोर व्यवस्थापनका निम्ती डम्पिङ साइड क्षेत्रमा केही संरचना निर्माण गरिनुका साथै पानीबाट जोगाउनका निम्ती टहरा समेत निर्माण गरिएको  नगरप्रमुख श्रेष्ठ बताउँछन ।
‘बागलुङ नगरलाई ‘क्लिन’ बागलुङको रुपमा चिनाउनका निम्ती फोहोरको बर्गिकरण गरी व्यवस्थापनमा लागेका छौं नगरप्रमुख श्रेष्ठले भने,—‘कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन मिलाइएको छ ।  अस्पताल जन्य फोहोर, सीसा समेतलाई शून्य बनाउने कोरियाली प्रविधिको मेसिन भित्राएर यसको व्यवस्थापन गर्नेछौं । पहिलो चरणमा घरघरबाट नै यो अभियान संचालन हुनेछ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा पनि भूइँ ढलान गरेर जस्तापताले छाएको छ ।’ उनले कुहिने फोहोरको व्यवस्थापन बानपा ४ कुँडुलेमा गर्ने र अन्य फोहोरको व्यवस्थापन पुरानै डम्पिङ साईडमा गर्ने बताए । 
फोहोरलाई प्रसोधन गरिने
फोहोरलाई प्रसोधन गर्ने मेसिन संचालनका निम्ती प्राविधिकले फिल्डमै सहयोग गर्ने र नगरपालिकाका कर्मचारीलाई सवै काम हस्तान्तरण गर्नेछन । दैनिक १ टन प्लाष्टिक जन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँसम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म खुदुर्के क्षेत्रमा फोहोर फाल्दै आएको थियो ।  अहिले उक्त फोहोराको डंगुर पनि खाली गराइएको हो । 
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्टिक जन्यलाई पुन प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । हाल थुपारिएको फोहोरमाथी माटो राखेपछि दुबो रोपेर हरियाली पार्क बनाउने योजना पनि नगरपालिकाको रहेको छ  । बागलुङ नगरपालिकाले डम्पिङ साईडको व्यवस्थापन गरेपछि कालिगण्डकी करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई दुर्गन्धले छुने छैन ।  
बागलुङ नमुना शहर बन्ने
नगरपालिकाले थालेको यो अभियानले सफा र सुन्दर बागलुङ बनाउने अभियानले सार्थकता पाउने जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा बताउँछन । उनले बागलुङलाई नमुना शहरको रुपमा विकास गरी आन्तरिक तथा बाह्र पर्यटक भित्राउनका निम्ती पनि यस्ता क्रियाकलापले सहयो पु¥याउने बताए । 
अभियान संचालन सँगै आम नागरिकले पनि नगरपालिकाको प्रशंसा गरेका छन । ‘अब बागलुङ बजार सफा हुने छ कोही कसैले पनि फोहोर गर्न मनाई छ बागलुङ नगरपालिका—३ की पोटकुमारी जिसीले भन्छिन—‘ हामीले विदेश जाँदा जसरी जुन फोहोर पनि निश्चित ठाउँमा फाल्छौं यहाँ पनि यस्तै गर्नुपर्ने छ । नगरपालिकाको यो अभियानमा हामी नागरिकले साथ दियौं भने सफा र सुन्दर सहर बन्ने छ । यसमा सवैले हातेमालो गरौं ।’ उनले अब कोही कसैले पनि जथाभावी फोहोर फाल्न नहुने र यदी फालेको पाईएमा कारबाही गर्न समेत पछि नहट्न नगरपालिकालाई आग्रह गरेकी छन । 
बागलुङ बजार क्षेत्रमा अहिले झण्डै ५ हजार घरधुरी रहेका छन  नगरपालिकाले यस पाली झण्डै १५ हजार बाल्टी बाड्ने योजना बनाएको छ । सवैलाई
 

प्रतिक्रिया