तित्याङमा पन्ध्रसय ओखरको विरुवा राेपिने 

  • माघ २३, २०८०

बागलुङ- जिल्लाको बागलुङ नगरपालिका—९ तित्याङमा दाँते ओखरको विरुवा लगाउने अभियान सुर गरिएको छ । बागलुङ नगरपालिकाको आयोजना एनआईएमबी तथा लुम्बिनी विश्व शान्ति फोरमको सहकार्यमा एक हजार पाँच सय ओखरका विरुवा लगाउने अभियान सुरु गरिएको बागलुङ नगरपालिका कृषि शाखाका कृषि प्राविधिक राहुल केसीले जानकारी दिए ।
 बागलुङ नगरपालिकाले ५० प्रतिशत अनुदान दिने र स्थानीय किसानले ५० प्रतिशत खर्च व्यहोर्नेगरी सतबाँझ बैतडीबाट ल्याईएका ओखरका विरुवा लगाउन सुरु गरिएको उनले जानकारी दिए । प्रति विरुवा ६० रुपैयाँ परेको उक्त ओखरका विरुवाका लागि किसानले प्रति विरुवा ३० रुपैयाँ लागत व्यहोर्नेछन् । एक हजा पाँच सय विरुवामध्ये दुई सय ५० विरुवा एनआईएमबी बैंक र लुम्बिनी शान्ति फोरमले सहयोग गरेका थिए । 
पाँच वर्षबाट उत्पादन दिन सुरु गर्ने उक्त ओखरर आठ दश वर्षमा एउटै बोटबाट ६० देखि एक सय केजीसम्म उत्पादन दिने केसीले जानकारी दिए । ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।
 ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ । एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
 ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ । ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ । ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।
ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।
 

प्रतिक्रिया