विश्व हिन्दु महासंघ बागलुङको अध्यक्षमा जब्बर बहादुर लामिछाने

  • फाल्गुण २७, २०७९

बागलुङ -     विश्व हिन्दु महासंघ बागलुङको अध्यक्षमा जब्बर बहादुर लामिछाने चयन भएका छन । शनिबार बागलुङ सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट लामिछानेको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्ष रमेश राजभण्डारी उपाध्यक्षमा गौरिशंकर शर्मा सुवेदी, चन्द्र प्रसाद सापकोटा, पार्वती शर्मा, सचिवमा हरि प्रसाद उपाध्याय, सहसचिव धनराज सापकोटा, चुडामणी शर्मा आचाय र कोषाध्यक्ष टेक बहादुर केसी संगम रहेका छन । 
अधिवेशनको उद्घाटन गर्दै विश्व हिन्दु महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकर खरालले नेपालमा पश्चिमी दर्म संस्कृतिको हावी हुँदै गएको हुँदा आफ्नो धर्म रक्षाका निम्ती सवै लाग्नुपर्ने बताए । उनले हिन्दुधर्म सनतान धर्म रही रहेका पुर्खौ देखी मान्दै आएको आफ्नो संस्कृतिलाई जोगाउन आवश्यक रहेको बताए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाह, महासंघका केन्द्रीय सदस्य जगन्नाथ आचार्य, कास्कीका अध्यक्ष पार्वती पौडेल, म्याग्दीका अध्यक्ष डण्डपाणी शर्मा, इस्कोन बागलुङका संयोजक अच्युतदास लगायतले बोलेका थिए । 
कार्यक्रम विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, जिल्ला सदस्य विश्वनाथ रेग्मीको स्वागत र हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया