बागलुङ । मन्त्री परिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको विधयेकको प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ध्यानकर्षण गराएको छ ।
महासंघ बागलुङले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई उक्त विधेयक सच्चाउन माग गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख मार्फत ज्ञापन पत्र बुझाएको छ । महासंघ बागलुङका अध्यक्ष भवानी प्रसाद रिजाल, महासंघका गण्डकी प्रदेशका अध्यक्ष टिकाराम थापाको नेतृत्वमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाई मार्फत ध्यानकर्षण सहित ज्ञापन पत्र बुझाएका हुन । मन्त्री परिषदमा पेश गरेको विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रृटीपुर्ण रहेको भन्दै जिल्लाका ५१४ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुले ध्यानकर्षण गराएका हुन । वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि प्रहार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले ५ बुँदे माग सहित प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको सामुदायिक विद्यालय महासंघ बागलुङका अध्यक्ष भवानी प्रसाद रिजालले जानकारी दिए ।
महासंघले विद्यालय व्यवस्थापन समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने गरी संघिय शिक्षा ऐन यथाक्य जारी गर्नको लागि माग गरेको छ । शिक्षा ऐनमा सामुदायको स्वामित्व र अगुवाई नै सामुदायिक विद्यालय राख्नुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावक हुनुपर्ने अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठन प्रवन्ध राख्नुपर्ने जनप्रतिनिधि र प्रधानाध्यापक जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधी पाँचवर्षको कायम गनुपर्ने । सामुदायिक विद्यालय संचालन व्यवस्थापन र सुधारमा स्वयंसेवीको रुपमा महासंघलाई भुमिका दिने गरी एनेमा व्यवस्था गर्नेपर्ने माग गरिएको छ ।