बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको घरघर औं काँग्रेस जिताऔं तथा जनता सँग नेपाली काँग्रेस कार्यक्रम जिल्लाका विभिन्न गाउँ–गाउँमा संचालन भएको छ । यति बेला टोल– टोल सम्म काँग्रेसका नेता तथा कार्यकर्ताहरु जनता समक्ष पुगेका छन । स्थानिय तहको निर्वाचन लक्षित अभियानका घरघरमा पुगरे जनताको समस्या बुझने र तिनको सम्बोधन गर्नका निम्ती वडा देखी जिल्ला केन्द्र तहका नेताहरु खटिरहेका छन । अभियान मंगलबार जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुले र जैमिनी नगरपालिका–२ दमेकमा एकै साथ सम्पन्न भएको छ । कुँडुलेमा भएका कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्फा खड्काले देशका विकास र निकासका निम्ती अब हरेक तहमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताईन उनले गाउँगाउँमा काग्रेसको जनलहर आएका कारण कम्युनिष्टहरु सलबलाएको बताईन । उनले आगामी स्थानिय तहमा हरेक गाउँ नगरपालिकामा काँग्रेसको नेतृत्व स्थापित गर्नका लागि आम कार्यकर्तालाई आग्रह गरेकी छन ।
‘हामी गाउँमा समृद्धि चाहेका छौं । त्यो समृद्धि काँग्रेसकै नेतृत्वमा सम्भव छ खड्काले भनिन् गाउँको विकास र समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसलाई भोट दिउँ र त विकासको महशुस गरौं । उनले देशका महत्वपुर्ण राजनितिक निर्णय काँग्रेसले नै गरेका कारण काँग्रेस जनताको पार्टी भएको बताईन ।
कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचन काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले जनताको घरदैलोमा गएर जनताकै समस्या बुझि आगामी निर्वाचनमा योजना सहित आउने उद्देश्यले काँग्रेसले यो अभियान संचालन गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य धुव्रराज गौतम, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दाह्री, बागलुङ क्षेत्र नं. १ का क्षेत्रीय सचिव गोविन्द बहादुर पौडेल,‘गोपाल’ नेपाली काँग्रेस बागलुङ नगर सदस्य नारायण शर्मा रेग्मी, नेपाल महिला संघ बागलुङ नगरपालिका अध्यक्ष पिंगला जिसी लगायतले बालेका थिए । कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा कार्यक्रमका संयोजक एवं काँग्रेस बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी गराएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बानपा ४ का सभापति बुद्ध विष्टको अध्यक्षता उपसभापति किरण शर्मा कंडेलको स्वागत र सचिव अर्जुन सापकोटाको सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
काँग्रेसलाई मजबुत पार्टी बनाएर देश विकासमा लाग्नेछौं–पाख्रीन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीने आउँदा निर्वाचनमा काँग्रेसलाई मजबुत पार्टी बनाएर देश र जनताको विकासमा लाग्ने बताएका छन । उनले अहिले काँग्रेसको पक्षमा जनलहर आएको हुँदा आगामी निर्वाचनमा काँग्रेस निर्वाचित भए सँगै देश र जनताको विकासमा लाग्ने बताए । नेपाली काँग्रेस बागलुङले संचालन गरेको घरघर जाऔं काँग्रेस जिताऔ, अभियान अन्तगरत मंगलबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा बोल्दै पा्रखीनले अब देशको विकास काँग्रेसले मात्र सम्भव रहेको बताए । उनले सवै नेपाली नागरिकलाई मताधिकारको वातावरण सिर्जनाका निम्ती काँग्रेसले देशव्यापी घर घर जाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको बताए ।
काँग्रेस हरेक नागरिकका समस्या बुझ्नका लागि घरघर जाने अभियान संचालन गरको हो । पाख्रिनले भने,–‘अगामी स्थानिय तह निर्वाचनमा हाम्रा उम्मेदवारहरुले जनताको समस्यालाई समाधान गर्ने गरी अभियान सचालन गर्ने छन । काँग्रेसका पक्षमा जनमत सिर्जना गरौ हरेक नागरिकका समस्या समाधन हुनेछन । ’ उनले आम कार्यकर्तालाई निर्वाचनमा मात्र नभएर अन्य समयमा पनि जनताको घरदैलोमा पुगन आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले आगमी स्थानिय तहको निर्वाचनमा हरेक वडा देखी गाउँ नगरमा काँग्रेसको नेतृत्व स्थापित गर्ने गरी अभियानलाई तिब्रता बनाएको बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख तथा काँग्रेस गण्डकी प्रदेशका सदस्य इन्द्रराज पौडेल, काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, गण्डकी प्रदेश आमन्त्रीत सदस्य नवराज पौडेल, कमल सापकोटा, पदम पुन, महासमिति सदस्य सिताराम रसाईली, महाधिवेशन प्रतिनिधि ओमकार थापा लगायतले बोलेका थिए । कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा बागलुङका जिल्ला सदस्य विष्णु आचार्यले प्रष्ट पारेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस दमेकका सभापति नन्दलाल सापकोटाको अध्यक्षता उपसभापति सन्तोष सापकोटाको स्वागत र क्षेत्रीय प्रतिनिधि मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो । मंगलबार नै वडाको पार्टी कार्यालयको उदघाटन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले राप्रपा, माओबादी केन्द र जनमोर्चाका २ दर्जन भन्दा बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।