बाग्लुङ - धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका सुदिप सागर कंडेल सर्वसम्मन निर्वाचित भएका छन । शनिबार क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबै संगठनहरुको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो । कंडेल नेपाल विद्यार्थी धौलागिरी बहुमुखी क्याम्पसका सचिव हुन भने विद्यार्थी गुणस्तर समुहका अध्यक्ष हुन । स्ववियु उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए । स्ववियु सह–सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का खिमानान्द कँडेल र कोषध्यक्षमा नेविसंका सृष्टि आचार्य चयन भएका छन ।
सदस्यहरुमा प्रत्यक्ष तर्फ नेविसंघका कृष्ण बहादुर अठारे, सुनिल गौतम, बिशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन रहेका छन भने अनेरास्ववियुका छैठौंका नगेन्द्र थापा र अनेरास्ववियुका सुनिल पौडेल रहेको निर्वाचत अधिकृत गौतमले जानकारी दिए । समानुपातिक तर्फ नेविसंघका रुपादेवी रोका, अनुरास्ववियुका अस्मिन शेख तस्लिमा मिया, अनेरास्ववियु क्रान्तिकारीका बहुमतका दिवस खड्का र अनेरास्ववियु क्रान्तिकारी विप्लपका सुधन विक रहेका छन । यसअघी बिद्यार्थी संगठनहरुका बीच बिबाद हुँदा चैत ५ गते निर्वाचन हुन सकेको थिएन् । क्याम्पस प्रशासनले चैत्र १८ गतेका लागि निर्वाचत तोकेको थियो । सोही समयमया सर्वसम्मत भएको छ ।