• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • कला/मनोरञ्जन

प्रकाश सपुतको ‘बसन्त’को शुभ मुहूर्त बागलुङ कालिकामा

  • भदौ २२, २०८१

बागलुङ-- पछिल्लो समयमा चर्चामा रहेका गायक तथा नायक प्रकाश सपुतको चलचित्र ‘वसन्त’को बागलुङ कालिका भगवती मन्दिरमा शुभ मुहूर्त भएको छ । शनिबार विहान बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले चलचित्रको शुभ मुहूर्त गरी निर्माणको काम अगाडी बढेको जानकारी गराएका हुन । विहान कालिका मन्दिर परिसरमा शान्ति पदयात्रा सहित चलचित्रको शुभ मुहूर्त गरिएको हो ।


पदयात्रामा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, स्वस्तिमा खड्का,खबपु लगायतका कालाकार तथा फिल्मका प्राविधिक टिम सहित बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित स्थानियको बाक्लो उपस्थिति थियो । 
चलचित्रको छायाङ्कन प्रकाशको जन्म गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा शनिबारदेखि नै प्रारम्भ भएको निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल शिरीषले जानकारी दिए । शिरिषका अनुसार चलचित्र ९० प्रतिशत सपुतको जन्मगाउँमा नै हुनेछ भने केही काठमाडौं र तराई भेगमा पनि छायाङ्कन हुने छ । चलचित्रको छायाङ्कनका लागि झण्डै ४५ दिनको समय निर्धारण गरिएको चलचित्र निर्माण कम्पनीले जनाएको छ । 

May be an image of 7 people and text
चलचित्रमा बागलुङको कलासंस्कृती सँगै आफनो यो यात्राको क्रममा भोगेका कुराहरुलाई कथा मार्फत टपक्क टिपिने नायक प्रकाश सपुत बताउँछन । ‘बसन्तको कथा धम्जाको डाँडाबाट सुरु भएर बागलुङ बजार, पोखरा, काठमाडौं हुँदै आफ्नो १५, १६ वर्षको यात्रामा टिपिएको छ,’ सपुतले भने — ‘बागलुङको संस्कृतिलाई फिल्ममा देखाइने छ,’ यहाँको रहनसहन समेटिने छ । यानीमाया, सालैजो, भजन, पञ्चेबाजा, लोकगित, दोहोरीगीत, रत्यौली, मारुनी लगायतका संस्कृति पनि चलचित्रमा प्रस्तुत गनेछौं । चलचित्रमा बागलुङको केही पर्यटकिय गन्तव्यलाई पनि समेटनेछौं । ’
चलचित्र निर्माण टिमलाई शुभकामना दिँदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले चलचित्र बसन्तले बागलुङको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पु¥याउने बताए । बागलुङको माटोमा जन्मिएर हुर्किएर यहाँको रहनसहनलाई चलचित्र मार्फत कथामा टिपेर आम दर्शक माझ ल्याउन लागेको नायक प्रकाश सपुतलाई धन्यबाद प्रकट गरे ।  श्रेष्ठले यो चलचित्र निर्माण सँगै आगामी दिनमा बागलुङ अन्य चलचित्र पनि छायाङ्न हुनेमा विश्वास व्यक्त गरे । 
चलचित्रमा प्रकाश सहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्गबहादुर पुन (खबपु) र शिवांसी श्री सहितका कलाकारको मुख्य अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुती निर्माण हुने चलचित्रमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन भने कथा, संगीत एवम निर्देशन प्रकाश सपुतकै रहेको छ । यस्तै मुख्य सहनिर्देशकको भूमिकामा सपुतकै भाई सुनिल विक रहेका छन् । चलचित्रको छायांकन सुसन प्रजापतिले गर्नेछन् । 

May be an image of 7 people and text
निर्माता कम्पनी गलबन्दी प्रोडक्सनले शुक्रबार हरितालिका तीजको अवसरमा फिल्मको पहिलो फस्टलुक पोष्टर सार्वजनिक गरेको थियो । पोस्टरमा चलचित्रका प्रमुख पाँच कलाकारलाई उनीहरुको क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।  पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारे पनि उल्लेख छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । आउँदो चैत २२ गते प्रर्दशनमा ल्याउने गरी निर्माणको काम अगाडी बढाईएको चलचित्रको काम निरन्तर हुने निर्माण टोलीले जनाएको छ । 

May be an image of 12 people and text

 

May be an image of 9 people, people smiling, temple and textMay be an image of 5 people and text

प्रतिक्रिया