बागलुङ- नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा क्लिक(सेयर विन प्रतियोगिता संचालन गरेको छ । आइतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिकमले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गर्न सकिने छ ।
प्रथम हुने एक जनाले १४९९ रुपैयाँ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिना सम्म प्राप्त गर्न सक्नेछन् भने द्धितिय हुने पाचँ जनालाई ९९९ रुपैयाँ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिना सम्म प्रदान गरिनेछ । त्यस्तै तृतिय पुरस्कार पाँच जनालाई ७९९ रुपैयाँ बराबरको सजिलो अनलिमिटेड प्यक एक महिना सम्म र चौथो पुरस्कार ११ जनालाई ४९९ रुपैयाँ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने निमित्त कार्यालय प्रमु्ख पुष्पराज लोहनीले बताए ।
प्रतियोगितामा माघ १ गते देखि २१ गते १ बजे सम्म सहभागी हुन सकिने छ । टोकन नम्बरका आधारमा माघ २१ गते लक्की ड्र मार्फत नतिजा सार्वंजनिक गरिने र २२ गते वार्षिकोत्सवका दिन पुरस्कार प्रदान गरिने लोहनीले जानकारी दिए । निमित्त कार्यलय प्रमुख लोहनीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटको संचालन प्रशासन प्रमुख सन्देश भण्डारीले गरेका थिए ।