बागलुङ- जिल्ला सदरमुकाममा बुधबार देखी पहिलो पटक रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको सुरु भएको छ । रोटरी डिस्ट्रिकको आयोजना तथा रोटरी क्लब अफ बागलुङको संयोजनमा चार दिन सम्म उक्त कार्यक्रम संचालन हुने भएको छ ।
कार्यक्रम उदघाटन सत्रमा बोल्दै रोटरी डिष्ट्रक गर्भनर इलेक्ट जितेन्द्र राज भण्डारीले १४ वर्ष देखि १६ वर्ष सम्माका युवाहरुको क्षमता बिकास हुने भन्दै तालिममा सहभागी युवाहरुले आगामी दिनमा आफ्नो उद्धेश्य के भनेर चिन्नका लागी यस तालिमले महत्वपुण भुमिका निबार्ह गर्ने बताए । भण्डारीले ४ दिनको राइला कार्यक्रममा तालिम मात्र नभएर गण्डकी प्रदेशको १८ वटा रोटरी क्लवबाट आएको ६२ जना युवाहरुले बागलुङका विभिन्न प्रर्यटकीय स्थलहरुको अबलोकन गरी ती क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले गण्डकी प्रदेश भरीका युवाहरुको लागी रोटरी क्लव बागलुङले बागलुङमा गर्न गईरहेको कार्यक्रमले समग्र बागलुङको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने भन्दै आगामी दिनमा पनि रोटरीले डिस्ट्रका विभिन्न कार्यक्रमहरु बागलुङमा ल्याउनका लागी अनुरोध गरे । उनले रोटरीले हरेक वर्ष भरक खालको कार्यक्रमहरु गर्दै आईरहेको भन्दै यस्ता खालका कार्यक्रमले समाजमा सकरात्मक सन्देश जाने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डिस्ट्रक गर्भनर नोमिनी रजेन्द्र धोजु, काठेखोला गाउँपालिका प्रमुख अम्मर बहादुर थापा, रोटरी डिष्ट्रकका असिस्टेन गर्भनर भरत कुमार श्रेष्ठ, रोटरी डिस्ट्रकका न्यू जेनेरेसन कमिटी चेयरमेन सुवाष सिक्देल, २०२१ का रोटरी युथ लिडरसिप अवार्ड (राइला) का बिजेता बिप्लब क्षत्री, राइला कार्यक्रमका राइला रिजन कमिटि चेयर जयराम पौडेल, रोटरी क्लव अफ वालिङका शाखा अध्यक्ष युवराज पाठक, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडलले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम रोटरी डिस्ट्रक राइला सव कमिटि चेयर केवी क्षत्रीको अध्यक्षता, रोटरी क्लव अफ बागलुङका अध्यक्ष सन्जय कुमार श्रेष्ठ स्वागत मन्तव्य, कार्यक्रमका सम्योजक भवनराज बरालले धन्यबाद मन्तव्य, रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा युवा नेतृत्व समेत चयन गरिनेछ । तीन दिने कार्यक्रममा बिहान ६ बजे देखि बेलुका १० बजे सम्म रोटरीले निर्माण गरेको तालिका अनुसार तालिम, सिकाई, छलफल, पर्यटकीय स्थलको भ्रमण, योगा, मार्च पास लगायतका कार्य हुने राइला कार्यक्रममा संयोजक तथा रोटरी क्लवका उपाध्यक्ष रामकृष्ण शर्माले जानकारी दिए ।
“राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउदै बगालुङको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य हो” संयोजक बरालले भन्नुभयो “सहभागी युवा छनौट सम्बन्धीत जिल्लाको रोटरी क्लवले नै गर्दछ, सहभागी र अतिथिलाई पर्यटकीय स्थल कालिका मन्दिर, लामो पुल, पञ्चकोट र शालिग्राम संग्रहालयको प्रत्यक्ष अवलोकन गराइनेछ ।”