बागलुङ- दिपेन्द्र बहादुर थापा सबैले चिनेको बुझेको नाम हो । बागलुङ नगरपालिका–११ रायडाँडामा जन्मिएर राजनितिक र सामाजिक क्षेत्रमा सक्रिय तथा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बागलुङ क्षेन नं. १ प्रदेश सभा (१) का प्रत्यक्ष तर्फका उम्मेदवार हुन । नेपाली काँग्रेसको तर्फबाट थापा पाँच दलिय गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रस्तुत भएका छन । २०२२ साल फागुन २२ गते रायडाँडामा जन्मिएका थापा आफ्नो माध्यामिक तहको अध्ययन जैमिनी नगरपालिका–४ मा रहेका जनता मावि सर्कुवामा गरे । विद्यालय तह देखी नै निकै सक्रिय थापा २०३५ सालमा सर्कुवा माविमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा बहुदलको पक्षमा वकालत गर्दै गर्दा थापा त्यो बेला वारेण्टमा परेका थिए । २०३९ साल देखी महाविद्याजन मावि रायडाँडामा शिक्षक रहेर काम गरेका थापा बहुदल आए सँगै काँग्रेसको मुल राजनितिमा होमिए । उनि २०४३ सालमा घरको नजिकै रहेको विद्यालयमा हुँदा खादाको शिक्षकको जागिरै छाडेर २०४६ सालको जनआन्दोलनमा सक्रिय भुमिका खेले ।
थापा २०४७ सालमा अन्तरिम गाविस अध्यक्ष हुँदै २०५४ सालको निर्वाचनमा तत्कालिन रायडाँडा गाविसको निर्विरोध गाविस अध्यक्षमा निर्वाचित भएका थिए । विकट गाउँ रायडाँडाको विकासमा अग्रणी भुमिका खेलका थापा तत्कालिन दमेक,कुश्मिसेरा रायडाँडा कलस्टरमा काँग्रेसको कार्यबहाक अध्यक्ष भएर काम गरेका थिए । उनी २०५९ सालमा नेपाली काँग्रेसको जिल्ला सचिव भए भने २०६२।०६३ सालको जनआन्दोलनमा पनि महत्वपुर्ण भुमिका खेलेका थिए । २०७२ मा जिल्ला सभापति भएर काँग्रेसको जिल्ला नेतृत्व हाँकी सकेका छन । २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रदेश सभाको उम्मेदवार भएका थापा तत्कालिन बाम गठबन्धनका उम्मेदवार सँग पराजय भोग्नुपरेको थिए । हरेक गाउँ र टोलको विकास र जनताको आवश्यकता बुझेका थापा संसदिय यात्राको लागि यो दोस्रो प्रयास हो ।
विभिन्न सामाजिक संस्थामा समेत सक्रिय थापा बागलुङ जिल्लाको विकासका निम्ती अग्रणी भुमिका खेलेका छन । सरल स्वभाव र स्पष्ट बत्ताको रुपमा परिचित थापालाई अन्य राजनिति दलमा आश्थावानले पनि निकै मन पराउँछन ।
अघिल्लो पटक काँग्रेस एक्कलै हुँदा पनि निर्वाचनमा दरिलै उभिएका थापालाई यसपटक भने गठबन्धनको साथ रहेको छ । थापा यस पटक भने प्रदेश सभामा आफु पुग्ने दाउमा छन । गठबन्धनको साथ रहेका कारण थापालाई चुनाव जित्न पनि सहज रहेको कार्यकर्ता बताउँछन । थापाले यस क्षेत्रमा आफु पदमा हुँदा वा नहुँदा जहिले पनि विकासका निम्ती निरन्तर खटेको बताउँछन । उनले गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्दै गर्दा यहाँका जनताको हरेक समस्यालाई उजागर गरी हरेक वर्गको सम्बोधन हुने निति निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले आफुले पूरा गर्नै नसक्ने एजेन्डा, झुटा आश्वासन र नाराहरू नगर्ने र सम्भावनाका आधारमा प्राथमिकता अनुसार काम गर्ने बताए । म यहाँको हरेक भुगोल बुझेको व्यक्ति हुँ यहाँका नागरिक सँग निरन्तर साथमा छु । मलाई यहाँको समस्या, सम्भावना र चुनौती सबै थाहा छ । थापाले भने,–‘यस क्षेत्रको आर्थिक, सामाजिक परिवर्तन हुने गरी मैले कार्ययोजना बनाएको छु । गरिब विपन्न, दलित, महिला, आदिवासी जनजातिहरूको समस्या समाधान र पूर्वाधार विकास सँगै युवालाई स्वदेशमै रोजगारी लगायतका कार्यक्रमलाई कसरी अगाडी बढाउन सकिन्छ त्यो हेरेको छु । मुख्य कुरा सवै नागरिकका सहज स्वास्थ्यको पहुँच, सर्वसुलभ निःशुल्क शिक्षा लगायतका विषय प्राथमिकता दिनेछु । उनले आफु राजनितिमा कुनै प्रतिशोध साँचेर नआएको भन्दै सधै निष्ठा पुर्वक जनताको माझमा रहेको बताए । थापाले निर्वाचन जितेर गएपछि गाउँ फर्किन्ननकी भन्ने जनताको गुनासो आउन आफुले नदिने र समय समयमा जनता माझ जाने बताए ।
थापा सँग नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी प्रतिस्पर्धी छन । केसी पनि २०७० सालको संविधान सभाको निर्वाचनमा काँग्रेसका स्व. हरि खड्का सँग पराजित भएका थिए । थापा र केसीको संसदिय यात्राका लागि यो दोस्रो प्रयास हो । यस पटक बागलुङमा पाँच दलीय गठबन्धन र नेकपा एमाले बीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको बागलुङमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले चुनावमा होमिएको छ ।