बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ नगर समितिले भोटेकोशीका बाढि पिडितका लागि राहत रकम सहयोग गरेको छ । रास्वपा बागलुङ नगरसमितिले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । मंगलबार नगर सभापती रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पश्चात रकम संकलन गरी सहयोग रकम जम्मा गरिएको हो ।
गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढिले ठुलो धनजनको क्षती बनाएको र विपदको बेला पार्टीको तर्फबाट केही सहयोग गरौ भन्ने उद्देश्यका आफ्नै नेता तथा कार्यकर्ताबाट रकम जुटाएर कोषको खातामा जम्मा गरिएको रास्वपा बागलुङ नगरसमितीका सह सचिव महेन्द्र रिजालले जानकारी दिए । रास्वपाकाले आफ्ना पार्टीका पदाधिकारी, सदस्य र शुभेच्छुकसँग सहयोग रकम संकलन गरी एक मुष्ट रुपमा कोषमा जम्मा गरेको हो । कोषमा २३ जना पदाधिकारी तथा सदस्यहबाट प्राप्त रकम जम्मा गरिएको रिजालले जानकारी दिए । रास्वपाले अन्य सदस्य तथा शुभेच्छुकहरुलाई पनि विपदको बेला आफुले सक्दो सहयोग गर्न आग्रह समेत गरेको छ ।