बागलुङ- नेपाली काँग्रेस बागलुङको कोषाध्यक्षमा श्रीधर कंडेल मनोनित भएका छन । मंगलबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङको बैठकले कंडेललाई कोषाध्यक्षमा मनोनित गरेको हो । काँग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सभापति जितबहादुर शेरचनले कंडेललार्ई कोषाध्यक्षमा मानोनित गरेका हुन । पार्टीको आन्तरिक व्यवस्थापनका लागि विधान तह कोषाध्यक्ष मनोनित गर्नुपर्ने भएकाले बैठकले सर्वसम्मत रूपमा कंडेललाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरिएको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।
जिल्लाको काठेखोला गाउँपालिका–७ लेखानीका कंडेल काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए । विद्यार्थीकाल देखी नै काँग्रेसको राजनितिमा सक्रिय कंडेल नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि हुन भने, अन्य विभिन्न राजनितिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल संस्थामा नेतृत्व गरेका छन । कोषाध्यक्षमा मनोनित भए सँगै कंडेलले बागलुङ काँग्रेसको संस्थागत विकासका लागि सवै तह सँग समन्वय गरेर अगाडी बढ्ने बताए ।