बागलुङ नगरको सेवा प्रवाह घुम्ती शिविर पैयुँपाटामा

  • भदौ ९, २०७९

बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर वडा नं. १३ को पैयुँपाटामा संचालन भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ ।  
शिविरमा नगरपालिकाले गरेको पहिलो निर्णय बालमैत्री नगरपालिकाका लागि सुचकहरु पुरा गर्न वडा तहमै विद्यालयका प्रध्यानध्यापक सँग छलफल गरिने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । 
बुधबारको कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले  शुभारम्भ गरेका थिए । शिविरमा चालु आवमा स्विकृत ४७ वटा योजना सम्झौता गरिएको छ भने पुर्वाधार तर्फ ४३ र कार्यक्रम तर्फ ४ वटा रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए । योजना सम्झौतामा महिला अध्यक्ष रहेका २ र पुरुष अध्यक्ष रहेको ५ संस्थागत ४० वटा योजना रहेका छन । योजना समmौता सँगै उपभोक्ता समिति र टोल विकास समितिका बैंक खाता पनि संचालन गरिएको सापकोटाले जानकारी दिए । 

शिविरमा १२४ जनाले सामान्वय स्वास्थ्य परिक्षण सेवा लिएका थिए भने, ५४ जना महिलाको पाठेघरको जाँच गरिएको छ । शिविरमा ३७ जनाको मधुमेह परिक्षण गरिएको थियो भने १८२ जनाको आँखा परिक्षण गरिएको स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए ।  
शिविरमा नयाँ र पुरानो गरी ४८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गको रातो कार्ड ११ जनालाई ‘ख’ वर्गको निलो कार्ड २६ र ‘ग’ वर्गको पहेलो कार्ड जनालाई प्रदान गरिएको प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।  
वडा भित्रको भुभाग समेटीने गरीे करीव १८० रोपनी जमिनको कभरेज लिई २६ वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ६.५ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको कृषि शाखाका प्रमुख राहुल केसीले जानकारी दिए ।  माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाइएको छ ।
शिविरमा वालमैत्री स्थानीय शासनका सूचक स्थानीएकरण गर्ने सम्वन्धमा सम्वन्धित सरोकारवालाहरुलाई अनुशिक्षण गरिएको छ । वडा भित्रका सबै विद्यालयका प्र.अ.हरुबाट विद्यालय सँग सम्बन्धीत बालमैत्री स्थानिय शासनका सूचकहरु पुरा गर्ने प्रतिवद्धता गर्दै वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा १५ सदस्यीय वालमैत्री स्थानीय शासन वडा समिति गठन समेत गरिएको  नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । 
 सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा अन्तर्गत ६० जनाको सामाजिक सुरक्षा भत्ता नविकरण तथा व्यक्तिगत विवरण अध्यावधिक, १२ जनाको सामाजिक सुरक्षा भत्ता नया दर्ता र ३ जनाको व्यक्तिगत घटना दर्ता गरिएको थियो ।   
 शिविरमा उपभोक्ता समिति कृषक लगायतका ४५ जना सरोकारवालालाई योजना कार्यात्वयन, फरफारक, वित्तिय साक्षरता र कृषि प्रविधि सम्बन्धी अनुशिक्षण दिईएको थियो । 
कार्यालयमै सेवा लिन आउँदाको समय बचत र नागरिकको सहजताका लागि वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ । शुक्रबार बागलुङ नगरपालिका १४ नारायणस्थानमा शिविर संचालन हुने बताईएको छ । 
 

प्रतिक्रिया