धौलागिरी पोजेटिभ समुहको समन्वय बैठक सम्पन्न

  • चैत ७, २०७८

बागलुङ- एचआईभि एड्सको क्षेत्रमा काम गर्ने धौलागिरी पोजेटिभ समुह बागलुङको जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । सेभ द चिल्डेन, द ग्लोबल फण्ड र एनईपिएनको सहयोगमा संचालित संक्रमितका लागि स्वास्थ्य शिक्षा, पोषण र गुणस्तरीय जिवन यापनका सम्बन्धी कार्यक्रमको बारेमा बैठकमा समिक्षा तथा छलफल भएको थियो । संस्थाले संक्रमितको हेरचाह तथा उपचार गर्दै आएको छ । संस्थाले १ सय ७० जना संक्रमितलाई नियमित औषधी उपचारका लागि सहयोग गर्दै आएको छ भने १ सय ५८ जना संक्रमितका लागि अन्य सहयोग प्रदान गर्दै आएको छ । एचआईभी संक्रमितहरुको आवाजको वकालत हकहित संरक्षण र जिवन स्तर उकास्नका लागि स्थापना भएको संस्थाले विगत लामो समय देखी यसै क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको सहयोगमा हाल १९ जना संक्रमित बालबालिकाले नियमित मासिक १ हजार रुपैयाँ प्राप्त गर्दैै आएको संस्थाका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । संस्थाले संक्रमितले औषधी उपचारका लागि धौलागिरी अस्पताल आउँदा सहज होस भन्ने उद्देश्यले सामुदायिक हेरचाह केन्द्र संचालन गरेको छ । उत्त केन्द्रमा हाल ६० जना संक्रमितले नियमति सेवा लिएको अध्यक्ष खत्रीले बताए । संस्थाले समाजमा लुकेर रहेका संक्रमितहरु पत्ता लगाई उनिहरुको नियमित उपचारमा सहयोग गर्दै आएको छ । बैठकमा जिल्लास्थित विभिन्न सरोकारवाल संस्थाहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया