बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेका छन । शर्माले जैमिनी नगरपालिका –५ विनामारेमा रहेको दलित उत्थान प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन ।
बाल विकास कक्षा देखी कक्षा ५ सम्म अध्ययनरत ५५ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री सहयोग गरेका हुन । उपप्रमुख शर्माले शर्माले विगत १५ वर्ष देखी नै आफ्नो जन्मदिनको अवसरमा यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका छन । ‘हामीले जन्मदिन मनाउने नाममा अनावश्यक खर्च गर्नुहुँदैन भन्ने सन्देश दिनका निम्ती सानो सहयोग गर्दै आएको हुँ उपप्रमुख शर्माले भने–‘लामो समय देखी यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत साना–साना नानि बाबुसँग आफ्नो जन्मदिन मनाउँदै आएको छु । यस वर्ष पनि भाई बैनी सँगै रमाईलो गर्दै जन्मदिन मनाईयो ।’
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले आफुले शैक्षिक सामाग्री प्रदान गरेको शर्माले बताए । विद्यार्थीको शैक्षिक उन्नतीको लागि जन्नदिन मनाउने खर्च शैक्षिक क्षेत्रमा खर्चिएको छु । शर्माले भने, ‘शिक्षा क्षेत्रको उन्नयनका लागि मेरो निरन्तर प्रयास रहने छ । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं ।’ उनले यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग प्रतिवद्धता व्यक्त गरे । शर्मा गत स्थानिय तहको निर्वाचतमा जैमिनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । उनि नेपाली काँग्रेस बागलुङको जिल्ला सचिव समेत हुन ।
कार्यक्रममा जैमिनी नगरपालिकाका–५ विनामारेका वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापा, कार्यपालिका सदस्य गिता कुमारी विक, नेपाली काँग्रेस जैमिनी नगरपालिका –५ का सभापति खुमबहादुर रोका, वडा सदस्य विष्णु शर्मा, पुर्व कार्यपालिका सदस्य देवी नेपाली लगायतले उपप्रमुख शर्माले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई गरेको सहयोगले उनिहरुमा थप हौसला प्रदान भएको बताए ।
यस विद्यालयमा अधिकाशं विद्यार्थी दलित तथा विपन्न परिवारकै अध्ययनरत रहेका छन । विद्यालय व्यववस्थापन समितिका अध्यक्ष प्रमान्न विकको अध्यक्षता, शिक्षक राधा विकको स्वागत र प्रध्यानध्यापक रामकुमार विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।