गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका लोकन्द्र गैरे सर्वसम्मत

  • चैत २, २०७९

बागलुङ - बागलुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत निर्वाचित भएका छन । क्याम्पसमा क्रियाशिल चार वटै विद्यार्थी संगठनको सहमतमा गैरे सर्वसम्मत अध्यक्षमा निर्वाचन भएका हुन । २०७४ सालमा महेन्द्र मावि नरेठाँटीमा नेविसंघको सभापति भएर विद्यार्थी राजनिति सुरु गरेका गैरे २०७६ सालमा गलकोट बहमुखी क्याम्पसको इकाइ कोषाध्यक्ष हुँदै हाल सचिव रहेका छन ।  

लामो समयको छलफल पछि क्याम्पसका स्ववियुका सवै पदमा सर्वसम्मत नयाँ नेतृत्व चुन्न सफल भएको छ । स्ववियुको उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम निर्वाचित भएकी छन भने सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा रहेको निर्वाचन अधिकृत नवराज गौतमले जानकारी दिए । 
समितिको सह–सचिवमा अनेरास्ववियुका सुस्मा पन्त रहेका छन भने कोषाध्यक्षमा अनेरास्ववियु (छैठौं) का गणेश सापकोटा रहेका छन । समितिको सदस्यहरुमा नेविसंघका हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौ)का विनिता गौतम रहेको निर्वाचत अधिकृत गौतमले जानकारी दिए । आगामी चैत्र ५ गते निर्वाचनको मिति तय भए अनुसार क्याम्पसमा विहिबार मनोनय दर्ताको समय थियो । मनोनयन दर्ताको समयमा कुनै पनि पदमा अन्य व्यक्तिको दरखास्त नपरेपछि पछि सवै पदमा सर्वसम्मत भएको हो ।  निर्वाचन अधिकृतको कार्यालयले सवै प्रक्रियाहरु पुरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गरेको छ भने प्रमाणपत्र वितरणको काम पछाडी गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष गैरेले आफ्नो पहिलो प्राथमिकता भनेकै विद्यार्थीको हक हितका लागि रहेको बताए । उनले क्याम्पसमा रहेका विभिन्न समस्यालाई सहजीकरण गरेर आगामी दिनमा गलकोट बहुमुखी क्याम्पसलाई शैक्षिक हबको रुपमा विकास गर्ने बताए । 
२०७३ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी विच प्रतिस्पर्धा भएको थियो । त्यो बेला नेविसंघका गुमानसिंह भण्डारी निर्वाचित भएका थिए । 

May be an image of 11 people and people standing

प्रतिक्रिया