• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

हिजो एउटै पार्टी, आज प्रतिस्पर्धी

  • कार्तिक १६, २०७९

बागलुङ -  आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । विभिन्न राजनितिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरु अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन । हिजोको दिनमा एउटै पार्टीमा रहेर सँगै संगठन हाँकेका पनि पार्टी परित्याग गरेर अर्के पार्टीमा गएर उम्मेदवार भएका छन ।
     नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सँगै भएका काँग्रेसका युवा नेता डिल्लीराम सुवेदी र नवराज पौडेल अहिले दुई राजनितिक दलबाट प्रतिस्पर्धी रहेका छन । उनिहरु दुवै जना बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) मा छुट्टाछुट्टै राजनितिक दलबाट प्रतिस्पर्धी रहेका छन । सुवेदी नेपाली काँग्रेसका उम्मेदवार हुन भने पौडेल काँग्रेस छाडेर नेकपा एमालेबाट उम्मेदवार भएका छन । सुवेदी र पौडेल काँग्रेसको १३ औं र १४ औं महाधिवेशनमा सँगै यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेका थिए । 
    सुवेदी नेपाल विद्यार्थी संघको राजनितिबाट काँग्रेसको मुल राजनितिमा आएका हुन । उनि काठमाण्डौ शिक्षा क्याम्पसको नेविसंघबाट स्ववियु सभापति हुँदै  नेविसंघको केन्द्रीय उपाध्यक्ष भए भने हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन ।३९ वर्षकै उमेरमा प्रदेश सभाको उम्मेदवार भएका सुवेदी यस पटक गण्डकी प्रदेशको प्रदेश सभामा पुग्ने लक्ष्य राखेका छन । सुवेदीले गठबन्धनमा आवद्ध दलकै मतले आफुले जित्नेमा ढुक्क रहेका छन ।  सुवेदीले जिल्लाको दक्षिण भेग बरेङ, बलेवा र जैमिनी समुन्नत्री र विकासमा अग्रणी भन्ने मुल संकल्पका साथ आफु जनता माझ आएको बताएका छन । सुवेदीले जनताको हरेक समस्यालाई समाधानको निकास तर्फ लैजाने बताए ।
काँग्रेसबाट टिकट नपाए पछि एमालेमा
पौडेल पनि नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्ष काँग्रेसको जिल्ला सदस्य हुँदै जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भएका थिए ।
पौडेलले गत स्थानिय तहको निर्वाचनमा जैमिनी नगरपालिकाको नगर प्रमुखको दाबी गरेका थिए । उनकी श्रीमती उषा पौडेलले उपप्रमुखमा उषा पनि काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि थिईन । गठबन्धनमा जैमिनीमा नगरप्रमुख राष्ट्रिय जनमोर्चाको भागमा परेपछि काँग्रेसको भागमा उपप्रमुख प¥यो प्रमुख नपाएपछि पौडेलले आफ्नी श्रीमती उषा पौडेललाई उपप्रमुख बनाउन कस्सीय तर उनले टिकट पाईनन् । काँग्रेसको तर्फबाट जिल्ला सचिव हरिहर शर्मा जैमिनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार भए । पौडेलले अन्तत नेकपा एमालेको चुनाव चिन्हबाट श्रीमतीलाई उपप्रमुखको उम्मेदवार बनाए । स्थानिय तह देखी काँग्रेस सँग भएको मनमुटाव पछि जोडिएन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै हातबाट टिका लगाएर एमालेमा प्रवेश गरे । अहिले उनि नेकपा एमालेको प्रदेश सभाको प्रत्यक्षको उम्मेदवार हुन भने केन्द्रीय सल्लाहकार समेत भएका छन । पौडेलले आफुले यस क्षेत्रमा निरन्तर राजनिति गरेको हुँदा यहाँको जनताले आफुलाई विश्वास गर्ने बताएका छन । उनी दक्षिण भेगको विकासका निम्ती आफ्नो उम्मेदवारी रहेको बताएका छन । 
यस क्षेत्रमा पौडेल र सुवेदी नै मुख्य प्रतिस्पर्धी हुन । सुवेदीलाई राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादीको पनि साथ रहेको छ भने पौडेल एमालेको मात्रै रहेको छ । पौडेल र सुवेदी सँगै प्रदेश सभाका निम्ती मंगोल नेशनल अर्गनाईजेशनका सहविर थापा र राप्रपा नेपालका गोविन्द सापकोटा रहेका छन । 
यस क्षेत्रमा कुल ४६ हजार ८६ मतदाता रहेका छन ।  बागलुङ नगरपालिकाको वडा नं. १२,१३,१४, जैमिनी नगरपालिका, र बरेङ गाउँपालिका यस क्षेत्रमा पर्दछन । प्रतिनिधि सभा तर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, नेपाली काँग्रेस विपीका शिवलाल सापकोटा रहेका छन भने चन्दबहादुर क्षेत्री स्वतन्त्र उम्मेदवार रहेका छन । 

प्रतिक्रिया