• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

डिल्लीरामलाई भोट माग्दै स्वर्णिम वाग्ले भन्छन्: हरेक क्षेत्रमा अब्बल छन उनलाई जिताउनुहोस 

  • कार्तिक ३०, २०७९

काठमाण्डौ-  अर्थविद डा.स्वर्णिम वाग्लेले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) का उम्मेदवार काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीको प्रशंसा गर्दै मंसिर ४ गतेको निर्वाचनमा सानदार मतका साथ जिताएर पठाउन आग्रह गरेको छन । वाग्लेले सामाजिक सञ्जाल मार्फत सुवेदी गण्डकी प्रदेश सभाका निम्ती अब्बल र सक्षम व्यक्ति भएका कारण बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) का मतदातालाई उनलाई नै जिताएर पठाउनुपर्ने बताएका छन । उनले सुवेदी सार्वजनिक शिक्षा नितिमा दख्खल र कमिटमेण्ट रहेको व्यक्ति भनेर परिभाषा गरेका छन भने अर्थ राजनितिक विषयमा पकट र सांगठनिक विषयहरुमा पनि जुजारु रहेको बताएका छन । वाग्लेले गण्डकी प्रदेश र नेपालको राष्ट्रिय मुद्धाहरुमा आफुहरु सुवेदी सँग सहकार्य गर्ने प्रतिवद्धता समेत गरेका छन । 
सामाजिक सञ्जालमा भिडियो मार्फत नै वाग्लेले भनेका छन –‘नमस्कार म स्वर्णिम वाग्ले  बागलुङ क्षेत्र नं. १ (ख) ख बाट गण्डकी प्रदेश सभाका उम्मेदवार युवा नेता डिल्लीराम सुवेदीलाई सानदार मतका साथ जिताएर पठाईदिनु होला ।  उनिसँग मेरो भेट भएको करिब ३÷४ वर्ष अगाडी हो । सार्वजनिक शिक्षा नितिमा उनको दख्खल उनको कमिटमेण्ट उनको प्यासन्ट देखेर म असाध्यै प्रभावित भएको थिए । पछि हाम्रो संगत र सहकार्य बढ्दै जाँदा खेरी समग्र अर्थ राजनितिक विषयहरुमा उनको पकट  एउटा सांगठनिक विषयहरुमा उनको चाँही जुजारु पन र  एक किसिमको अन्तराष्ट्रिय सहभागिताहरु, अन्तराष्ट्रिय सञ्जालहरु सँग गाँसिएर नेपालको सामाजिक क्षेत्र त्यसमा पनि शिक्षा र स्वास्थ्य पोषण सामाजिक सुरक्षाका विषयमा उनले एउटा अग्रणी भुमिका नै खेल्न सक्ने सम्भावना म देख्दैछु र अगामी दिनमा उनी प्रदेश सभाका सांसद भएपछि राष्ट्रिय स्तरमै गण्डकी प्रदेश र नेपालका राष्ट्रिय मुद्धाहरुमा नै हाम्रो सहकार्य जारी रहने म आश्वासन पनि दिन चाहन्छु । धन्यबाद ’ 
वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । राष्ट्रसंघको आर्थिक सल्लाहकार । नेपाली अर्थतन्त्रको क्षेत्रमा निकै प्ररिचित नाम हो  वाग्ले । लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर डिग्री लिएका वाग्ले हार्वर्डबाट मास्टर्स डिग्री गरे र अष्ट्रेलिया विद्यावारिधि उपाधि प्राप्त गरेका थिए । वाग्लेले यूएन एजेन्सी र विश्व बैंकमा झन्डै २० वर्ष काम गरे । उनि नेपाली काँग्रेसको घोषणा पत्र तयारी समितिको सदस्य भएर काँग्रेसको संकल्प पत्र लेखनमा मुख्य भुमिका खेलेका थिए । 
 

प्रतिक्रिया