गणतन्त्रको संस्थागत गर्न सवैले पहल थालौं 

  • जेठ १७, २०८२

बागलुङ- २०७२ को संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पनाको र  यसलाई कार्यान्वयनमा ल्याउन कानुन निर्माण, निकायहरूको गठन र समन्वय अत्यावश्यक रहेको बताइएका छन ।  १८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा बागलुङमा ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । सहभागीले  

संघीयता र शक्ति बाँडफाँट संघ, प्रदेश र स्थानीय तहबीचको स्पष्ट अधिकार बाँडफाँट र कार्यान्वयन प्रणालीको बारेमा सवै स्पष्ट नभएको बताएका थिए ।  कार्यक्रममा कार्यक्रममा ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अवधारणा प्रस्तुत गरेका थिए । 


कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले नेपाली जनताले ठुलो संघर्षले ल्याएको गणतन्त्रको कार्यात्वयनमा अझै पनि केही चुनौती रहेको बताए । उनले संविधानले निदृष्ट गरेका काम कारबाहीलाई कार्यान्वयको जरुरी रहेको बताए । 
कार्यक्रममा  नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष पिंगलराज गौतम, राजमोका जिल्ला अध्यक्ष तिलक घर्ति मगर, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष सिता सापकोटा, धौलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक भक्तिराम न्यौपाने, शिक्षण सहायक सरोज पन्त, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, राष्ट्रिय जनमोर्चा बागलुङ केन्द्रीय सदस्य गौरीश्वर पाण्डेय, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, पूर्व जनप्रतिनिधि अधिवक्ता लक्ष्मी बाँस्कोटा, नेकपा एकीकृत समाजवादी बागलुङका जिल्ला सचिव शालिकराम शर्मा, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका ईन्चार्ज कुमार विक्रम क्षेत्री, नगर समितिका सहसचिव जिवन शर्मा भूमि आयोगकी जिल्ला सदस्य लक्ष्मी बोहरा, नेविसंघ बागलुङका पूर्व जिल्ला अध्यक्ष विशेष पराजुली, अखिल क्रान्तिकारी बागलुङका अध्यक्ष खिमानन्द कँडेल विकास, धौलागिरि बहुमुखी क्याम्पस स्ववियु सदस्य विवश क्षेत्री, सोम विश्वकर्मा, सागर खत्रीले लगायतले आफ्ना धारणा राखेका थिए ।   कार्यक्रममा सहभागीले उठाएको प्रश्न, जिज्ञासा र खबरदारी पत्रकार मुकेशचन्द्र राजभण्डारीले टिप्पणी गरेका थिए । 

कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदीको स्वागत र नेपाली कांग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया