अवरुद्ध पोखरा- बागलुङ सडक ७ दिनपछि खुल्यो 

  • भदौ २५, २०७८

भदौ १८ गते अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ठाउँ–ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फि संचालनमा आएको छ ।  साविकको धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई  राष्ट्रिय राजमार्गसंग जोड्ने सडक पहिरोले पुर्दा ७ दिन यता चार जिल्लालाई समस्या भएको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे आठ किलोमिटर लम्बाइमा ११ वटा पहिरो झरेपछि सडक अवरुद्ध बनेको थियो । बाटो खुलाउनका लागी मध्यपहाडी लोकमार्गको पर्वत खन्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निरन्तर काम गरिरहेको थिए ।
 बाटो सुचारु भएसंगै चार जिल्ला भित्रने तथा बाहिरिने सवारी आफ्नो गन्तव्य तर्फ लागिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । गत भदौ १८ गते झरेको पहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प हुँदा धौलागिरि क्षेत्रमा इन्धन लगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो । इन्धनको अभाव देखिएपछि प्रशासन कार्यालयले टोकन प्रणाली मार्फत डिजेल वितरणको व्यवस्था मिलाएको थियो । तिजको समयमा फलफुल तथा तरकारीको आयात तथा निर्यात गर्न समस्या भैरहेको भएपछि अहिले धौलागिरीका चारै जिल्लामा बैकल्पिक मार्गबाट तरकारी तथा फलफुल भित्राईएको छ ।
 जसका कारण फलफुल तथा तरकारीको मुल्य केहि बढेको व्यवसायीले बताएका छन् । त्यसैगरि, सवारी साधन चल्न नसक्दा स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरकै भर पर्नुपर्ने अवश्था रहको । त्यस्तै, पहिरोले ईन्टरनेट सेवाको फाईबर तार पुरेपछि अझैसम्म बागलुङमा चुस्तदुरुस्त गतिमा ईन्टरनेट सेवा चल्न सकेको छैन । फाईबर तारमा समस्या आईरहँदा जिल्लामा संचार सेवा प्रभावित बन्न पुगेको छ ।
 

प्रतिक्रिया