बागलुुङ, - नेपाल निजामती कर्मचारी युनियन बागलुङ नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले कर्मचारीहरु जुन सुकै पेशागत संगठन प्रति आस्था भएता पनि जनताको सेवामा भने निपक्ष ढंगले लाग्नुपर्ने बताए । श्रेष्ठले कर्मचारी—कर्मचारी बिचको एकताका भयो भने सिंगा कार्यालय र नगरपालिकाकै विकासमा टेवा पुग्ने हुँदा जो जता भए पनि एक भएर लाग्नुपर्ने बताए । उनले कर्मचारी आफ्नो काम प्रति उत्तरदायित्व भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले कर्मचारी युनियनले टे«ड युनियनको अधिकारको पक्षमा रहेका भन्दै अहिले सवै तह सम्म युनियनको नेतृत्व पुगेको बताए ।
अधिवेशनले मित्रलाल सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नेत्र प्रसाद सापकोटा, मन्जु कार्की, किरण थापा मगर, सचिवमा गोकुल सापकोटा, सहसचिवमा राजु किसान, र कोषाध्यक्षमा सुवास गैरे रहेका छन ।
समितिको सदस्यहरुमा सुरज श्रेष्ठ, लक्ष्मी, श्रेष्ठ, हरिप्रसाद शर्मा, विष्णुप्रसाद शर्मा, पुरुषोत्तम गौतम, माधवी शर्मा, प्रदीप भारती, सारदा सुवेदी आचार्य, र गिता शर्मा रहेका छन ।
युनियनले पाँच जनाको सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा डिल्लीप्रसाद शर्मा, गिता सापकोटा कंडेल, काशीराम शर्मा, केयरसिंह थापा र नरबहादुर थापा क्षेत्री रहेका छन । सल्लाकारको रुमामा रहेका काशिराम शर्मा नेपाल निजामती कर्मचारी संगठनबाट युनियनमा प्रवेश गरेका हुन ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल, क्षेत्र नं. १ प्रदेश सभा (क) का सभापति हरिबहादुर जिसी सन्तोष, नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति एवं नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विषेश पराजुली, आधिकारी टे«ड युनियन बागलुङका उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रथम अधिवेशनका संयोजक मित्रलाल सापकोटाको अध्यक्षता, माधवी शर्माको स्वागत र गोकुल सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।