बागलुङ - भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकीमो नयाँ भवन बन्ने भएको छ । कुल ४ करोड ३० लाख रुपैयाँको लागत रहेको स्वास्थ्य चौकी भवन निर्माणका लागि भारतीय राजदुतावासले ४ करोड ७ लाख १२ हजार ६२७ रुपैयाँ र ५ प्रतिशत रकम गाउँपालिकाबाट बेहोर्ने गरी दुतावाससँग सम्झौता भएको थियो । दुतावासले भवन निर्माणका निम्ती २ करोड ९४ लाख ८३ हजार २८७ रुपैँयाँमा सोले तिलक निर्माण सेवा प्राली मार्फत ठेक्का सम्झौता गरेका काम अगाडी बढाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी निर्माण हुन लागेको अध्यक्ष अधिकारीले जानकारी बताईन
भवनको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन ।
पुरानो भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकी भवन जिर्ण रहेका कारण गाउँपालिकालको अनुरोधमा भारत सरकारले सहयोग गरेको अध्यक्ष अधिकारीले बताईन । उनले नेपाल–भारतबिचको द्विपक्षीय सहकार्य अन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवर्धनमा टेवा पुग्ने भनाई व्यक्त गरिन । भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच भवन बनाउने गरी गत कात्तिक २४ गते सम्झौता भएको थियो । स्वास्थ्य क्षेत्रको विकासका निम्ती छिकेकी राष्ट्रको सहयोग आम नागरिकलाई प्रत्यक्ष फाईदा हुने उपाध्यक्ष भिमसेन वन बताउँछन । गत फागुनमा सम्झौता भएको भवन निर्माणको काम निर्माण कम्पनीले १५ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको उपाध्यक्ष वनले जानकारी दिए ।