बागलुङ- राष्ट्रिय भूमि आयोग बागलुङको अध्यक्षमा धर्मबहादुर कुँवर नियुक्ती भएका छन । मन्त्रीपरिषको निर्णय अनुसार शुक्रबार देखी लागु हुने गरी २८ जिल्लामा आयोगका अध्यक्ष नियुक्ती गरेको हो । बागलुङको ढोरपाटन नगरपालिका–५ निवासी कुँवर लामो समय देखी राष्ट्रिय जनमोर्चाको राजनितिमा सक्रिय छन । उनि हाल राजमोको जिल्ला उपाध्यक्ष हुन । मन्त्रिपरिषद्को अघिल्लो बैठकले नै त्यसबारे निर्णय गरेको थियो । तर, नियुक्तिका विषयमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाई भएको हो । त्यहीकारण यसबारेको निर्णय समेत सरकारले सार्वजनिक गरेको छैन । गठबन्धन भित्रको झमेलाकै कारण आयोग गठन भएको ४ महिनापछि बल्ल जिल्ला समिति विस्तारको काम सुरू भएको हो । आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । ती जिल्लाका ६८ स्थानीय तहमा जग्गा वितरण गर्ने प्रक्रिया नै अघि बढाइसकेको छ । सत्ता गठबन्धनमा भाग लगाउँदा बागलुङका लागि राजमोका भाग परेको थियो । सरकारले गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए ।