बागलुङ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना रोग संक्रमण विरुद्धको अभियानमा सवै जुट्नका लागि आग्रह गरेका छन ।
मुख्यमन्त्री भएपछि पहिलो पल्ट बागलुङ आएका पोखरेलले नेपाली काँग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै कोरोनाको तेस्रो लहरबाट बच्नका लागि सवै नागरिक सचेत हुनुपर्ने बताए । उनले दैनिक संक्रमण दर बढ्दै गएको हुनाले यसको न्युनिकरणका निम्ती सवै तहबाट सहयोगको आवश्यक रहेको बताए । उनले गण्डकी प्रदेश सरकारका सवै नागरिक समक्ष अबको केही महिनामा कोरोना विरुद्धको खोप पु¥याउने लक्ष्य रहेको पोखरेलले बताए ।
पोखरेलले आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्ताएको हुँदा सोचे अनुसार काम हुन नसकेकको र आगामी वर्ष समयमा नै सवै क्षेत्रलाई समेटने गरी बजेट ल्याउने बताए । ‘हामी अघिल्लो सरकारले बजेट ल्याएपछि आयौं मुख्यमन्त्री पोखरेलले भने,–‘ हतारमा बजेट आयो कतिपय ठाउँमा प¥यो होला, कतिपयमा के भयो, पहिले नै छट्टाएको बजेटमा भने अनुसार काम हुने रैनछ । सवै जिल्लाका आवश्यकताका आधारमा हामी अगामी वर्ष बजेट निर्धारण गर्ने छौं । अनि विकासका कामले झनै फड्को मार्नेछन ।
उनले बागलुङ विकास निर्माणका साथै अन्य क्षेत्रमा पनि अग्रसर जिल्ला भएको बताए । पोखरेलले विकास निर्माणका लागि नेपाली काँग्रेसले अग्रणी भुमिका खोलेको दाबि गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पोखरेलले कार्यकर्तालाई अबका निर्वाचन लक्षित कार्यक्रम तय गर्न ाग्रह गरे । आउँदा केही महिनामा स्थानिय तहको निर्वाचन हुने सम्भावना छ मुख्यमन्त्री पोखरेलले भने,– ‘कोरोनाको जोखिम सँगै अब हामी निर्वाचनमा होमिनु छ । आफ्नो आफ्नो तर्फ बाट अब स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रम तय गरौं । गाउँ गाउँ जाऔं आगामी निर्वाचनमा सवै तह हाम्रो पक्षमा पारौं । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसले अब गाउँ टोल सम्म संगठन सुदृढिकरणको अभियान संचालन गर्ने बताए । कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो । मुख्यमन्त्री पोखरेलले मंगलबार नै बागलुङ नगरपालिका–५ मा निर्माण हुन लागेको सर्वसिद्धि पञ्चकोट धामको समेत दर्शन तथा अवलोकन गरेका थिए ।